शनिबार राती ११ बजे ३ लाख नेपालीको मोवाइलमा एउटा म्यासेज आयो । म्यासेजमा भनिएको थियो ‘काठमाडौं उपतयका भित्र किशोर किशोरीहरु व्यावसायीक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीको लागि ९८०८९६९९१२ वा ९८०८९७०१११ मा फोन गर्नु होला ।’
सन्देशमा उल्लेख गरिएको शब्दले सोझै बाल यौन हिंसा बढाएको तथा साइबर अपराध गरेको भन्दै विभिन्न अहिले निकायबाट छानविन समेत भइरहेको छ ।
तर, त्यो वास्तवमा त्यो एसएमएस सन्देश पठाउने कुनै आपराधीक गिरोह भने होइन बालबालिकाको क्षेत्रमा काम गरिरहेको तेर दे जोम फाउण्डेसन रहेछ । फाउन्डेसनले बाल यौन हिंसाबारेमा सर्वेक्षण गर्नका लागि यस्तो अनौठो तरिका अपनाएको रहेछ । तर, यही विधिले गर्दा उक्त संस्था अप्ठ्यारोमा परेको छ ।
प्रहरी भन्छ, ‘सुचना प्रविधिको प्रयोग गरे भ्रम श्रजना गर्नु साइबर अपराध हो । साइबर कानुन अनसार कार्वाहि हुन्छ ।’ ३ लाख जनालाई म्यासेज गर्दा झण्डै ३० लाख जनामा भ्रम श्रजना गरिएको प्रहरी भन्छ ।
प्रहरी स्रोतका अनुसार फाउण्डेशन सम्बद्ध अधिकारीलाई प्रहरीले एक हप्ता अगाडी नै त्यसरी सन्देश नपठाउन सचेत गराएको थियो । तर अधिकारीले प्रहरीको भनाइलाई अस्विकार गर्दै सन्देश पठाएको प्रहरी स्रोतको भनाइ छ । प्रहरी अधिकारीका अनुसार उनीहरुबारे व्यापक अनुसन्धान भइरहेको छ । महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख उत्तम कार्कीका अनुसार अनुसन्धान प्रक्रियामै रहेकाले थप पछि खुल्नेछ ।
हाम्रो गलत नियत थिएनस् संस्था
तर सो म्यासेज पठाउने संस्थाले भने गलत नियतले यस्तो म्यासेज नगरेको भन्दै तथ्याङ्क संकलनको लागि यस्तो म्यासेज गरेको जनाएको छ ।
म्यासेज पठाउने फाउण्डेसनका प्रवेश कर्मचार्यले आफुहरुले गलत मनसायले भन्दा पनि सकारात्मक सन्देश छाड्ने मनसायले यस्तो एसएमएस गरेको बताएका हुन् । ‘आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बाल यौन हिंसाबारे आम मान्छेको धारणा बुझ्नको लागि यस्तो सन्देश छाडिएको हो,’ उनले भने ‘हामी कानुनलाई सहयोग गर्न तयार छौं ।’ रातोपाटी.कमबाट

No comments:
Post a Comment