अन्तर्वार्ता लिदै गर्दा नबुझिने र बुझाउन नसकिने डर थियो, तर सबैले अंग्रेजी बुझे अंग्रेजीमै बोले ।
नेत्र तामाङ
काठमाडौं-ताइवानी फिल्म निर्देशक चइवेइ च्याङ छैटौ अन्तराष्ट्रिय आदिबासी फिल्म महोत्सवको अन्तिम दिन खुसी देखिए । गतवर्ष 'ह्वाट मेन डन्ट नो' फिल्म लिएर नेपाल आइपुगेका उनलाई नेपाली दर्शकको फिल्मी मोहले त्यतिबेलै तानेको थियो रे । च्याङले भने 'गत वर्ष एउटै फिल्म लिएर आएको थिए स-साना विद्यार्थीदेखि वृद्धाले पनि मेरो फिल्म हेरेपछि म उत्साहित भएँ ।'
त्यही अनुभव फिल्म क्षेत्रका साथीहरुसँग बाँडेपछि ताइवानीहरु नेपालमा रहेको इन्डिजिनियस फिल्म अर्काइभले आयोजना गरेको फिल्म महोत्सवको सहयोगी समेत बने । ताइवानी इन्डिजिनियस टिभीको एक समुह ५ फिल्म लिएर महोत्सवमा सहभागी हुन आए । च्याङ भन्छन् 'यसपाला पुराना साथी भेटे केही नयाँ साथी पनि बनाए ।' आफैले निर्देशन गरेको 'अलङस होम भिडियो'बाटै महोत्सवको उद्घाटन भएकाले झनै खुसी भएको प्रतिकि्रया दिए ।
च्याङसँगै इन्डिजिनियस टिभिका साहुजी फु जङ पनि महोत्सवमा आईपुगेका थिए । आफुहरुले निर्माण गरेको फिल्म प्रदर्शनका बेला नेपालीले गरेको हुटिङले खुसी भएको उनले बताए । 'हामीले सोचेका थियौ हाम्रो फिल्म हेर्ने कोही हुदैनन्' जङले भने 'तर ठिक उल्टो भइदियो मानिस खचाखच भए उनीहरु फिल्म हेरिरहदाँ सिठी फुक्दै कराए । फिल्म नराम्रो भएर कराएका हुन कि भन्ने शंका थियो पछि बुझ्दा राम्रो लागेर कराएका रहेछन् ।' नेपालीहरु फिल्ममा क्रेजी पाइएको उनले सुनाए ।
उद्घाटनदेखि अन्तिम दिनसम्मै डकुमेन्ट्री निर्देशक कुल्जियस जलजालुका लागि जताततै भिडियो खिच्नुपर्ने दृश्य प्राप्त भयो र खिचिरहे । उनी 'वाकिङ अन द पाथु र 'अ डिफरेन्ट मुभमेन्टु' डकुमेन्ट्री लिएर महोत्सवमा भाग लिन आएका थिए । राजधानीको भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा एकसाथ फिल्म प्रदर्शनीबाट सुरु भएको महोत्सवमा ताइवानी इन्डिजिनियस टिभीका भिडियोग्राफर समेत रहेका उनलाई ताइवानकै न्युज एंकर आबुस बाइंकीनुआनले साथ दिइन् ।
'हाम्रो डकुमेन्ट्री धेरैले गर्ने आन्दोलन र सामाजिक सुरक्षाका शैलीभन्दा फरक छ जुन हाम्रो जातिमा चल्दै आएका छन्' कुल्जियसले भने 'नेपालमा यो डकुमेन्ट्री प्रदर्शन गर्न पाएकोमा साह्रै खुसी छु ।' यसले हरेक मानिसलाई कुनै पनि काम गर्दा फरक शैलीमा पनि गर्न सकिन्छ भनी सोच्न सघाउने उनले बताए ।
न्युज एंकर आबुसका लागि चारदिन निकै रमाईलो भयो रे । उनी भन्छिन् 'नेपाली र हामी उस्तैउस्तै रहेछौ मलाई त एउटै परिवारका मानिस भेटघाटको खुसीयालीमा मनाएको जात्रा जस्तै लाग्यो ।' त्यसो त एक न्युज एंकरको हैसियतमा आएकी उनलाई विभिन्न मानिससँग अन्तर्वार्ता लिदाँ भाषाका कारण समस्यामा परिने पो हो कि भन्ने डर लागेछ । 'अन्तर्वार्ता लिदै गर्दा नबुझिने र बुझाउन नसकिने डर थियो' उनले भनिन् 'तर सबैले अंग्रेजी बुझे अंग्रेजीमै बोले । मलाई धेरै सजिलो भयो ।'
ताइवानी फिल्मटोलीका अनुसार ताइवानमा १४ आदिबासी जनजाति छन् । ताइवानमा पनि शिक्षा विभिन्न नीति र जमिनमा अझै पनि सरकारले जनजातिप्रति दोस्रो व्यवहार गरिरहेको छ । यसैले आफ्ना सुखदुःख बाँडन पाउँदा खुसी लागेको आबुसले बताइन् । महोत्सवमा नेपाली फिल्म अझै रोचक लागेको उनले सुनाइन् । उनले भनिन् 'सबै देशमा जनजाति देखिए र उनीहरुको समस्या उस्तै देखिए ।' नेपाल आई आफ्नो संस्कृति र विभिन्न समस्याबारे धेरैलाई जानकारी गराउन पाएकोमा साह्रै उत्साही भएको उनको प्रतिकि्रया थियो ।
Subscribe to:
Post Comments (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
.jpg)
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
Jamuna Gurung Ghale announcing President Candidate for NRNA in Hotel Radisson, Kathmandu, Nepal ...
No comments:
Post a Comment