Friday, May 27, 2016

बुद्ध जस्तै श्रीमान पाउँ !

नेत्र तामाङ । जेठ ८ गते विश्वभरका बौद्धमार्गीले आफ्नो औकतले भ्याएसम्म भव्य रुपमा बुद्ध जयन्ती मनाए । काठमाडौंमा दुईदिने अन्तराष्ट्र्रिय बौद्ध सम्मेलन भयो । लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जयन्ती समारोह उद्घाटन गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख राजनीतिक दलका नेताहरु लुम्बिनी पुगे । राष्ट्रिय सञ्चार माध्यममा पनि यसपटक बुद्ध जयन्तीले राम्रै कभरेज पायो ।

त्यही दिन विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामाले शुभकामना दिए । संयुक्त राष्ट्र संघले यस दिनलाई ‘वेसक डे’ को रुपमा मनायो । सन् १९९९ डिसेम्बर १५ को राष्ट्रसंघको ५४ औं सभाले अन्तरास्ट्र्रिय रुपमा हरेक बर्ष बुद्धको जन्म दिनलाई ‘वेसक डे’को रुपमा मनाउने निर्णय गरेको हो । गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई युनेस्कोले सन् १९९७ देखि विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।

गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर राष्ट्र संघलाई थाह छ । अधिकांश राष्ट्र जानकार छन् । तर, हामी कतिपय नेपाली नै बुद्धको नाम भजाएर खान पल्केकाहरु अझै ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर कराइरहेका छन् । ती नेपाली जसले यी शब्दहरु बोकेर कराउँदै हिड्छन्, उनका शब्दहरु नेपालीबाहेक अरुले सुन्ने पनि होइन ।
ध्रुवसत्य कुरालाई अतिरञ्जित बनाई यस्तो कार्य गर्नेहरुबाट सचेत रहनु हामी सबैको हित हुने देखिन्छ । उनीहरुका कुरा सुन्दा साँच्चै संसारका अरु देशमा बुद्ध नेपाल नभएर अर्कै देशमा जन्मिएका हुन् कि भनेर प्रचार भए जस्तो लाग्छ । यसरी भ्रम फैलाउनु एक किसिमको अधर्म नै हो । सत्य सत्य नै रहन्छ ।

नेपाल बुद्धको देश, नेपाल सगरमाथाको देश भनेर आफुसँग भएका चीजको घमण्ड गर्ने र आफु चाहि केही नगर्ने दलाली प्रथाको अन्त्य हुनुपर्छ । नारा र रटान लगाउनुभन्दा बुद्धका चार आर्य सत्य, पाञ्चशिलका सिद्धान्त र आठ अष्ठ मार्गका सन्देश पालना गर्नु र प्रचार गर्नु नै सही कर्म हो ।

बुद्ध जयन्तीका रोचक तथ्य


Friday, May 20, 2016

सिन्धु युएसएको सहयोगमा नवनिर्मित वनसाँघु भवन हस्तान्तरण

ड्यामसाइड,सिन्धुपाल्चोक । सिन्धु युएसए वेलफेयर सोसाइटी, अमेरिकाको सहयोगमा बनेको वनसाँघु मावि भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । जेठ २ गते एक कार्यक्रमकामाझ सोसाइटीको अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि वंशलाल तामाङले उक्त भवन हस्तान्तरण गरेका हुन् ।

जुरे पहिरोमा परी क्षतिग्रस्त माङ्खा–१ स्थित ड्याम साइटमा नवनिर्मित वनसाँघु माध्यमिक विद्यालय भवन हस्तान्तरण गर्न पाएकोमा निकै खुसी लागेको अध्यक्ष तामाङले बताए ।

जुरे पहिरोपछि अमेरिकामा रहेरै त्यहाँका पहिरोपीडितको लागि सहयोग संकलन अभियानमा लागेको र शिक्षा क्षेत्रमा नै सहयोग गर्ने बोर्डले निर्णय गरेको उनले बताए । ‘हामीले दीर्घाकालीन रुपमा फाइदा पुग्ने ठाउँमा राहत दिने निर्णय गरेका थियौं, स्कुल यस्तो ठाउँ थियो, जहाँ यस भेगका सबै लभान्वित हुन सक्थे,’ कार्यक्रममा तामाङले भने ।

नेपाल पुगेर स्टेज तताउने रहर छः पविता परियार, गायिका(अमेरिकामा रहेकी गायिका परियारसँगको कुराकानी)

गायिका पविता परियार सोलो एल्बमका साथ सांगीतिक फाँटमा आइपुगेकी छिन् । सन् २०१२ मै न्युयोर्कमा तिज गीत रिलिज गरेकी उनले यसपटक आधुनिक गीतहरुको संग्रह ‘दीप’ एल्बम सार्वजनिक गरेकी छिन् ।

गीतकार गीता खत्रीको शब्द, हरि लम्साल, वसन्त सापकोटालगायतको संगीत रहेको एल्बममा ७ वटा गीत छन्  । एल्बम चलचित्र निर्देशक तुलसी घिमिरे र न्युयोर्कस्थित नेपाली नियोगका महावाणिज्यदुत नारायणप्रसाद मैनालीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

रेडियो नेपालबाट गाउन सुरु गरेकी गायिका परियारले न्युयोर्कको सांग्रीला रेस्टुरेन्टमा पनि लामो समय गजल गाएकी थिइन् । हालै राजेशपायल राईसँग पनि संयुक्त गीत गाएकी गायिका परियारसँग नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंशः

तपाईको हालै सार्वजनिक भएको ‘दीप’ एल्बममा कस्ता गीतहरु छन् ?
अनेसासका पूर्व अध्यक्षसमेत रहनुभएकी साहित्यकार, गीतकार गीता खत्रीजीले लेख्नुभएको गीतहरु यसमा समावेश छन् । सबै आधुनिक गीत हुन् । सातवटा गीत एल्बममा राखिएको छ । गीतमा जय कुमार, हरि लम्साल, यश कुमार, उदय सोताङ, बसन्त सापकोटा र महेश खड्काको संगीत रहेको छ । एल्बम जय म्युजिकले बजारमा ल्याएको हो ।

एल्बमको बजार घट्दो छ, सबै म्युजिक भिडियोतिर लागिसकेका छन्, तपाईंलाई नयाँ काइदा ठिक लागेन ?
मलाई आफैंलाई चै एल्बमको बजार घटेजस्तो लागेको छैन । किनकि एल्बम रिलिज भएको एक हप्तामा ५ सय सिडी बिक्री भए । अझै पनि राम्रै गइरहेको छ । म्युजिक भिडियो पनि बनाएकी छु । यस एल्बमका २ गीतका म्युजिक भिडियो तयार भइसकेका छन् ।

एल्बममा संगीत भर्नेहरु टन्नै हुनुहुदों रहेछ, उहाँहरुसँगै प्रत्यक्ष रेकर्ड गराउने समय कसरी जुटाउनुभयो ?
उहाँहरुले नेपालबाटै म्युजिक कम्पोज गरी पठाउनु भएको हो । मैले गीत पठाए । उहाँहरुले म्युजिक कम्पोज गरी पठाउनुभयो । यहाँ पनि नेपाली स्टुडियो खुल्दैछन् । यही गीत गाएर फाइनल नेपालमा गरेकी हुँ ।

नयाँ एल्बम ल्याउनु भएको छ, प्रमोसन तयारी कस्तो छ ?


Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...