Wednesday, March 25, 2015

कपालले नै तानिन् डेढ टनको कार

के तपाईंले विश्वास गर्नुहुन्छ, एक किशोरीले आफ्नो कपालको सहाराले डेढ टनक तौल भएको कारलाई तानेकी छिन् । सुन्दा अपत्यारिलो लागेपनि मोरोक्कोकी इकराम साल्हीले यसलाई पुष्टि गरेकी छिन् ।

साल्हीले एउटा रियालिटी टेलिभिजन कार्यक्रममा आफ्नो देशको प्रतिनिधित्व गर्दै १।५ टनको मर्सिडिजलाई आफ्नो कपालले तान्दा त्यहाँ उपस्थित दर्शकहरु हेरेको हेरै भए ।


मोरोक्कोकी सबैभन्दा बलियो महिला बनिन्ः
प्रतिभामाथि आधारित यो टेलिभिजन कार्यक्रममा आफ्नो देशको प्रतिनिधित्व गर्दै साल्हीले उक्त कारलाई ३२ फिट पर सम्म तानिन् । उनको यस्तो शक्तिका कारण उनले मोरोक्कोको सबैभन्दा शक्तिशाली महिलाको रेकर्ड पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छिन् ।

पहिले पनि देखाइसकेकी छिन् यस्तो प्रतिभाः
किशोरी इकराम साल्हीले यस्तो अपत्यारिलो काम गरेको यो पहिलो पटक होइन । उनी ९ वर्षको हुँदा रेन्ज रोवर ४ह्४ एसयुवी कारलाई पनि उनले आफ्नो कपालद्वारा तानेकी थिइन् । रातोपाटी.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...