Wednesday, March 25, 2015

पत्नीको सेल्फी भाइरल भएपछि नेताले गरे डिभोर्स

आफ्नी श्रीमतीले इन्टरनेटमा अपलोड गरेको सेल्फी एकाएक भाइरल बनेपछि एकजना पुरुषले डिभोर्स दिएका छन् । श्रीमतीको तस्वीर लोकप्रिय हुँदा आरिसले जलेर डिभोर्स दिए होलान् की भन्ने सोँच्नुहोला रु तर होइन । युक्रेनमा भएको यो घटनामा यस्तो अप्रिय निर्णय लिने पुरुष स्थानीय नेता पनि रहेछन् र श्रीमतीको सेल्फीले बेइज्जेती भएको भन्दै डिभोर्स दिएछन् ।


समाचार अनुसार युक्रेनको आर्किव ओब्लास्ट क्षेत्रकी बासिन्दा ३२ वर्षकी अलिना पोलिटिका नामकी महिला निकै सुन्दर छिन् । उनले आफ्नो अश्लील सेल्फी खिच्दी रहेछिन् र त्यसलाई इन्टरनेटमा अपलोड गर्दिरहेछिन्, जो तत्कालै भाइरल बन्दोरहेछ ।

श्रीमतीको अश्लील तस्वीरहरुका कारण आफ्नो प्रतिष्ठामा धक्का पुगेको महसुस अलिनाका श्रीमान अलेक्जेन्डर पोलिटुखाले गरे । आफुलाई आफ्नो पहिचानका आधारमा नभै सोसल मिडियामा भाइरल बनेका श्रीमतीका नांगा तस्वीरको माध्यमबाट मान्छेले चिन्न थालेपछि उनले १० वर्ष लामो वैवाहिक सम्बन्ध टुंगाउने निधो गरेको बताइएको छ ।


लोग्नेले आफ्नो काम नरुचाएर सम्बन्ध नै टुंगाउने निर्णयका साथ अदालतमा निवेदन गरेको पछिमात्र उनले थाहा पाइन् । छोरो र आफुलाई छाडेर हिँडेका लोग्ने घरमा फर्केर नआएपछि अलिनालाई सायद पछुतो भएछ । उनले सोसल मिडिया मार्फत अहिले आफुले जिवनकै कठीन क्षण भोगिरहेको बताएकी छिन् । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...