Wednesday, March 4, 2015

पुरानै नियमावलीअनुसार लाइसेन्स वितरण सुरु

कडा प्रावधानसहितको नयाँ ‘सार्वजनिक सवारीचालक नियमावली’ लागू गर्न सरकार असफल भएको छ । करिब दुई महिना रोकेपछि बुधबारदेखि पुरानै नियमावलीअनुसार सरकारले लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको छ ।

उपत्यकाबाट बुधबारदेखि पुरानै प्रावधानअनुसार यातायात कार्यालयले लाइसेन्स वितरणका लागि निवेदन लिन थालेको छ । सरकारले नियमावली पारित गरेपछि नयाँ नियमावलीअनुसार मात्र लाइसेन्स वितरण गर्ने भन्दै करिब दुई महिनाअघि लाइसेन्स वितरण प्रक्रिया रोकिएको  छ ।


यातायात मजदुरसँग थप छलफल गर्नुपर्ने भएकोले नियमावली कार्यान्वयन गर्न समय लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए । मन्त्रिपरिषदबाट नियमावली पारित भएको तीन महिना बित्दा पनि सरकारले राजपत्रमा प्रकाशन गर्न सकेको छैन् । गत २५ मंसिरमा मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारीचालक अनुमतिपत्र नियमावली २०७१ पारित गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...