Wednesday, March 4, 2015

दोहोरो नागरिकता लिएर दुईतिर जागिर

झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिएको भन्दै प्रहरीले एक व्यक्तिमाथि पक्राउपुर्जी जारी गरेको छ । ललितपुर(९ बालकुमारी बस्ने राम श्रेष्ठले दुई नागरिकता लिएर दुईतिर जागिर खाएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनको खोजी गरिरहेको हो ।


ललितपुर खुमलटार १४ का श्रवणकुमार शर्माले प्रहरीमा दिएको उजुरीअनुसार श्रेष्ठसँग १६ फागुन २०३१ मा जारी भएको २१९०(०३१(३२ नम्बरको र १८ साउन २०४० मा जारी भएको ४११(०४०(४१ नम्बरको दुईवटा नागरिकता रहेको पाइएको छ ।


उनले पहिलो नागरिकता प्रयोग गरी नेपाल बैंकमा जागिर खाएको र दोस्रो नम्बरको नागरिकता प्रयोग गरी काठमाडौं महानगरपालिका मातहतको २२ नम्बर वडामा जागिर खाएको उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि श्रेष्ठलाई खोजतलास गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको छ । परिसरका निरीक्षक राधाप्रसाद पराजुलीले अभियुक्तको खोजी भइरहेको तर फेला नपरेको बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...