Saturday, February 28, 2015

मर्न तयार छु तर झुक्न तयार छैन्-प्रचण्ड

बहुमतीय प्रक्रिया रोकेर सहमतिमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले शनिवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

संविधानसभामा अगाडि बढाइएको बहुमतीय प्रक्रियालाई एमाओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराई नेतृत्वको संम्बैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति मार्फत समाधान खोज्न सत्ता पक्ष तयार भएमा आइतवारदेखि नै वार्ता हुन सक्ने जनाउ बिपक्षी गठबन्धनले दिएको छ। 'सम्वाद समिति मार्फत सहमति खोज्न सत्ता पक्ष तयार हुन्छन भने भोलीदेखि नै वार्ता शुरु हुन्छ।


प्रचण्डलाई देखाइदिनुपर्छ भन्नुहुन्छ भने अव कसले देखाउछ हेर्दै जानुहोला' सत्ता पक्षलाई जनबिरोधी,राष्ट्र बिखण्डनकारी,राष्ट्रबिरोधी र बिश्वासघातीको आरोप लगाउँदै गठबन्धनका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने'हामीले एकल जातीय राज्यलाई बहुजातीय राज्य बनाउन खोजेका हौ।
वार्ता हामीले होइन,काँग्रेस एमालेले तोडेको हो। बहुमतीय प्रक्रिया खारेज गरौ,सम्वाद समितिबाट समाधान गर्नेदिशातिर फर्कनुस,वार्ता हुन्छ। अन्यथा द्वन्द हुन्छ। तपाई वार्ता वा द्वन्द के चाहनुहुन्छ,फैसला गर्नुस,बल सत्ता पक्षको कोर्टमा छ।'

सत्ता पक्ष अझै पनि सहमतीय प्रक्रियामा नआएमा जनता महाजंगे भएर अगाडि आउने दाहालले बताए।'अव खबरदारी सभा काठमाडौमा हुने छैन। जनताले जिल्ला जिल्ला कब्जा गर्न थाल्नेछन।' परिवर्तनको प्रक्रियालाई रोक्न खोजिएमा नेपाललाई वर्वाद बनाउन खोज्नेहरुको अन्त्य हुने चेतावनी पनि दाहालले दिए।
'परिवर्तनको प्रक्रियालाई रोक्न खोजियो भने आउने दिनमा नेपाल वर्वाद हुने छैन। नेपाल नेपाली जनताको कब्जामा हुनेछ। नेपाललाई वर्वाद गर्ने तत्वको अन्त्य हुनेछ'
दाहालले भने'अहिले त खवरदारी सभा गरिएको छ। अव खवरदारी सभा हुने छैन। बिद्रोहको सभा हुनेछ। त्यो बिद्रोहको सभालाई काँग्रेस-एमालेले कुनै पनि हालतमा रोक्न सक्नेछैनन।'
सत्ता पक्षलाई तुरुन्तै गल्ती सच्याउन आग्रह गर्दै दाहालले संविधानसभा भित्र र बाहिर रहेका दलहरुको सहमतिमा संविधान निर्माण गर्न आफूहरु प्रतिबद्व रहेको पनि बताए। 'तपाईहरुले गल्ती सच्याउन ढिला गर्नु भयो भने जनताले पूरै सत्ता आफनो हातमा लिनु पर्ने हुन्छ'दाहालले भने।
यसअघि २२ दलको सभामा २२ जना सहभागी रहेको टिप्पणी गर्ने मिडिया प्रति लक्षित गर्दै दाहालले भने'हेप्नुको पनि सीमा हुन्छ। आज मिडियाले के भन्छन सुन्न मन छ।

प्रत्येक जिल्ला सदरमुकाम कब्जा हुन थाल्दा के भन्छौ?।' संविधानसभा काँग्रेस एमालेले नल्याएको उल्लेख गर्दै दाहालले भने'हजारौको बलिदान र गाउँघर र झुपडीबाट संविधानसभा आएको हो।'

काँग्रेस प्रति नरम र एमाले प्रति आक्रामक रुपमा प्रस्तुत भएका दाहालले एमाले भित्र पनि अध्यक्ष केपी ओली प्रति आक्रामक र बरिष्ठ नेता माधवकुमार नेपाल प्रति नरमपना प्रदर्शन गरे।

एमालेलाई काँग्रेसमा गाभिन सुझाव दिदै दाहालले भने'काँग्रेस एमाले दुइ वटा पार्टी होइनन। एउटै पार्टी हो। फरक पार्टी हुनका लागि बिचार,सिद्वान्त र मुद्दा चाहिन्छ।

संविधानसभा भन्दा अगाडिसम्म एमाले अलग्नै पार्टी जस्तो लाग्थ्यो। अहिले त्यस्तो लाग्दैन। एमाले नेपालमा चाहिएको पार्टी होइन। काँग्रेसमा बिलिन भए हुन्छ।'
एमाले भित्रका बामपन्थीहरुलाई आग्रह गर्दै दाहालले भने'तपाईहरुले दिमाग खियाउनु परयो।' चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राखेर अहिले काँग्रेसको एजेण्डामा एमालेले आत्मसमर्पण गरेको आरोप दाहालले लगाए।

'अव एमाले किन चाहियो?'उनले प्रश्न गरे। एमालेले आफूलाई काँग्रेस भन्दा अलग पार्टीको रुपमा राख्नुको अर्थ नरहेको पनि उनले बताए। उनले भने'एमाले काँग्रेससँग पार्टी एकता गरे हुन्छ। काँग्रेस भित्र बसेर भ्रष्टाचार गरे हुन्छ।'

पहिचान र स्वायत्तता माग्नेहरुलाई एमालेले दुश्मनको व्यवहार गरेको आरोप पनि दाहालले लगाए। 'बिस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान तोडने दुस्साहस हुँदैछ। त्यस्तो दुस्साहस तोडेनन भने उनीहरुका लागि महंगो पर्नेछ'दाहालले भने। आफू प्रति शंका नगर्न गठबन्धन दलका नेताहरुलाई आग्रह गर्दै दाहालले भने'म मर्न तयार छु,झुक्न तयार छैन।'
दाहालले सात बर्षीय बालिकाका बलत्कारीलाई फासी दिने कानुन बनाउनु पर्ने बताए। 'प्रधानमन्त्रीजी सात बर्षीय बालिकालाई बलत्कार गर्ने बलत्कारीलाई फासी दिने कानुन बनाउनु परयो। बालिका बलत्कार गर्नेलाई बाँच्ने हक हुने छैन।
फासीमा लडकाएपछि मात्रै त्यस्तो अपराध कम हुन्छ'दाहालले भने।दिल्ली जाने हतारोका कारण आफनो पालो आउनु भन्दा पहिले नै सम्बोधन गर्दै एमाओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले आफूहरुलाई हात्ती र बाघको संज्ञा दिए।

'हात्ती दुब्लायो भने मुसा हुँदैन। बाघ जति दुब्लाएपनि बाघ नै हुन्छ। बिरालो हुँदैन।' आफूहरुको टाउकाको मूल्य ५० लाख तोक्नेहरुले संविधानसभा अपहरण गरेको आरोप लगाउँदै भट्टराईले पश्चिम नेपालको १८ जिल्लाका जनताले संविधानसभा अपहरण हुन नदिन आग्रह गरेको जानकारी गराए।
सत्ता पक्षले ल्याएको नौ बुदे प्रस्तावलाई ०४७ को संविधानको नयाँ संस्करणको संज्ञा दिदै भट्टराईले आफूहरुको आन्दोलनले शहरवासीलाई भने'राजनीतिक क्रान्ति पूरा नभएसम्म आर्थिक क्रान्ति पूरा हुन सक्दैन। बन्द हडताल गर्ने हाम्रो चाहना छैन त्यसैले राजनीतिक क्रान्तिलाई पूरा गरौ।'
आफूहरुले जागिसकेका जनतालाई धोका नदिने उल्लेख गर्दै उनले भने'बाघ बुढो भएपनि घाँस खाँदैन। यो त ट्रेलर हो,सत्ता पक्ष सहमतिमा आएन भने आन्दोलनको आधिवेहेरी आउनेछ। त्यतिवेला साँच्चैको फि ल्म देख्नु हुनेछ।'
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादारले सत्ता पक्षले सहमतिको प्रक्रिया अगाडि नबढाएमा निर्णायक आन्दोलन हुने बताए। 'प्रचण्डलाई पन्छाएर संविधान ल्याउने दुस्साहस नगर्नुस। फेरी मधेशी,थारु,जनजाति लडन तयार छन,प्रचण्डजी पनि लडन तयार हुनुहुन्छ।'
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले लिम्वान,नेवा,मगरात,मधेश प्रदेश बन्ने शर्तमा मात्रै सत्ता पक्षसँग वार्ता हुने बताए। 'हुँदैन भने कुरा गर्नुको अर्थ छैन। त्यतिवेला नयाँ मधेश बिद्रोहले काठमाडौ कब्जा गरेर संविधान बन्नेछ' यादवले भने'आन्दोलन र बिद्रोहले संविधान बनाउँछ।
संविधानसभालाई व्यारेकीकरण गर्ने सत्ता पक्षको रबैको बिरुद्वमा बिद्रोह बाहेक अर्को बिक ल्प छैन। जनता लडन र बिद्रोह गर्न तयार छन,नेताहरु खुट्टा नकमाउनुस।'
तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले एमाले अध्यक्ष केपी ओली प्रति लक्षित गर्दै भने'मधेशी समुदाय न यूपी र बिहारबाट आएका हुन न त कुमाउ र गढवालबाट नै आएका हुन। सत्ता पक्ष मति सुधार गरेर आउनुपर्छ।'
कार्यक्रममा ३० दलीय गठबन्धन अन्य नेताहरुले पनि सम्बोधन गरेका थिए।  अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...