Saturday, February 28, 2015

माधव नेपालले भने,‘तत्काल संघीयता असम्भव’

एमालेका नेता माधवकुमार नेपालले नेपालमा संघीयता चाहिए पनि तत्काल सम्भव हुने नदेखिएको बताएका छन् । 

नेपाल बुद्दिजीवी परिषद् भक्तपुरको सातौं जिल्ला अधिवेशन शनिबार उद्घाटन गर्दै उनले भने,‘नेपालमा अब संघीयता लागू हुन्छ किनकी अब पछि हट्न मिल्दैन र सकिँदैन पनि तर यो तत्काल सम्भव छैन ।’

नेपालले आत्मनिर्णयको अधिकारसँग संघीयतालाई जोड्न र बुझ्न नहुने बताए । उनले भने,‘स्वायत्तता,स्वशासन र जनसहभागितामूलक अर्थमा संघीयतालाई बुझ्नुपर्छ । 

जातीयतासँग जोड्नु पटक्कै सान्दर्भिक हुन्न ।’ बुद्दिजिीवीले राजनीतिक संक्रमण चिर्न थिंक ट्यांक’ का रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा नेपालले जोड दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...