Saturday, February 28, 2015

भारतमा रहेका श्रीमानसँग ठाक्कठुक्क परेपछि छोराको निर्मम हत्या

बिदेशमा रहेका आफना लोग्नेसंग टेलिफोनमा झगडा गरेकी निर्दयी आमाले आफनै ९ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेकी छन् ।

प्रहरी निरीक्षक हरी बरुवालका अनुसार नवलपरासीको तम्सरीया स्थित बसन्तपुरकी जमुना जिसी (३१ बर्ष) ले छोरा प्रजितको घाँटीमा शललें थिचेर हत्या गरेकी हुन । छोराको हत्यापछि आफूले पंखामा झुण्डिएर आत्महत्या गर्न गरेको प्रयास सफल हुन सकेन् । शल चुडिएर बचेकी हुन ।

शुक्रवार दिउँसो उनले घरमै छोराको हत्या गरेकी हुन । छिमेकमा भएको बिहेमा जान साथीहरु घरमा आएर बोलाउदा नबोलेर उनि छटपटिएको अबस्थामा भेटिएको छिमेकिहरुको भनाई छ । उनको प्रहरी निगरानीमा  उपचार भैरहेको छ । श्रीमान प्रकाश भारतिय सेनामा कार्यरत छन । उनकी छोरी छन ।

अनुसन्धानमा खटिएका बरुवालका अनुसार घटना अघि उनले  श्रीमानसंगको टेलिफोनमा निकैबेर बोलेको (झगडा गरेको आसंका) भेटिएको छ । प्रहरीसंग उनले श्रीमानलाई पनि हत्या गर्ने धम्कि दिएकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...