Tuesday, February 17, 2015

२२ बर्षीय नेपाली युवा दुबईमा बलात्कृत

दुबईमा नेपाली युवालाई बलात्कार गरेको अभियोगमा एक पाकिस्तानीलाई ५ बर्ष जेल सजायँ सुनाइएको छ ।
एउटै कोठामा सागै बस्दै आएका २२ बर्षीय नेपाली युवकलाई बलात्कार गरेको अभियोगमा उनलाई जेल सजायँ सुनाइएको गल्फ न्यूजले जनाएको छ ।



समाचारमा ती युवकको छोटकरी नाम जीटी भनेर खुलाइएको छ । पीडित युवकले अदालतमा दिएको बयानअनुसार रक्सी पिएर आएका ३१ बर्षीय पाकिस्तानी साथीले सुतिरहेका बेला उनलाई एक्कासी पछाडीबाट समातेर बलात्कार गरेका थिए ।

‘मलाई १५ मिनेटसम्म बलात्कार गर्‍यो, उ बलियो भएकाले प्रतिबाद गर्न सकिँन’ उनले बयानमा भनेका छन्  ।
बलात्कारपछि उनले घरको सुरक्षागार्डलाई खवर गरेपछि प्रहरी आएको थियो । प्रहरी पुग्दा ती पाकिस्तानी सुतिरहेका थिए भने उनको मुखबाट रक्सीका गन्ध आएको थियो ।

अभियुक्त पाकिस्तानीले भने आफुले मदिरा सेवन गरेकाले बलात्कार गरेको सम्झना नभएको दावी गरेका छन् । ल्याब परिक्षणबाट नेपाली युवासँग उनले शारिरिक सम्बन्ध राखेको प्रमाण भेटिएको समाचारमा जनाइएको छ ।

जनवरी २०१४ मा भएको यो घटनाको सुनुवाई सोमबारमात्र भएको हो । अदालतका न्यायाधीश इजत अब्दुलले कैद भुक्तानी गरेपछि मात्र अभियुक्त पाकिस्तानीलाई घर फर्काउन आदेश दिएका छन् । ती पाकिस्तानी दुबईमा सरसफाईको काम गर्दथे । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...