Sunday, January 11, 2015

किन बन्द भयो मुस्ताङ म्याक्स ?


तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चढेपछि चर्चाको शिखरमा पुगेको ‘मुस्ताङ म्याक्स’ मोटर उत्पादन पूर्ण रुपमा बन्द भएको छ । सरकारको वेवास्ताका कारण उत्पादन बन्द गर्नुपरेको हुलास मोटर्स कम्पनीले जनाएको छ ।

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हुलास मोटर्स कम्पनीले विराटनगरको रानीमा कारखाना राखेर मुस्ताङ म्याक्स मोटर उत्पादन गर्दै आएको थियो । आइतबार कम्पनीले पत्रकार सम्मेलन गरेर उत्पादन बन्द भएको जानकारी दिएको छट ।



व्यक्तिगत प्रयोगका लागि सुविधाजनक मुस्ताङ एयुभी उत्पादन गर्ने तयारी भइरहेका बेला सरकारी वेवास्ताले बन्द गर्नुपरेको हुलास मोटर्सका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले बताए । सरकारले युरो थ्री अनिवार्य लागू गर्न दिएको छोटो समय आयातलाई प्रोत्साहन दिने नीति र चर्को करका कारण उत्पादन बन्द गर्न बाध्य भएको गोल्छाको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...