Sunday, January 11, 2015

भाषा परीक्षा पास गर्ने सबै कोरिया जान पाउने

रोजगार अनुमति प्रणाली ९ईपीएस० भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवा कोरिया जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म छ हजार चार सय ३१ नेपाली लैजाने घोषणा गरेको छ ।

मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चालू वर्ष ईपीएसमार्फत जाने १५ देशका कामदारमध्ये नेपाल तेस्रो प्राथमिकतामा छ । पहिलोमा कम्बोडिया र दोस्रोमा इन्डोनेसियाका कामदार परेका छन् । कम्बोडियालाई नौ हजार एक सय ३० र इन्डोनेसियालाई छ हजार सात सय १२ जनाको कोटा छुट्टयाइएको कारोबारमा खबर छ ।


त्यस्तै भियतनामलाई छ हजार चार सय, थाइल्यान्डलाई पाँच हजार चार सय ९५, श्रीलंकालाई चार हजार दुईसय ९४, उज्बेगिस्तानलाई चार हजार दुई सय ५९, मियान्मालाई तीन हजार नौ सय ८१, फिलिपिन्सलाई दुई हजार ८ सय ८२, मंगोलियालाई दुई हजार सात सय २६, बंगलादेशलाई एक हजार चार सय ५३, इस्ट टिमोरलाई पाँच सय ६४, पाकिस्तानलाई सात सय ३१, कृगिस्तानलाई दुई सय २६ र चीनलाई एकसय ६८ छुट्टयाइएको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...