Sunday, January 11, 2015

ट्याक्सी चालकले फिर्ता गरे गाडीमा भेटेको २५ तोला सुन

चार वर्षदेखि ट्याक्सी चलाउँदै आएका चूडामणि प्रधानले छुटेको धनमाल यात्रुलाई नै फिर्ता गेर इमानदारिताको नमुना पेस गरेका छन् । आफ्नो ट्याक्सीमा भेटिएको १३ लाख रुपैयाँ बराबरको सुन राखेको झोला यात्रुलाई फिर्ता गरेर उनले इमानदारिता देखाएका हुन् । बा१ ज ८२३५ नम्बरको ट्याक्सीचालक प्रधानले शनिबार आफ्नो ट्याक्सीमा करिब २५ तोलाबराबरको सुनका गहना भेटाएका थिए ।



भृकुटीमण्डपको फनपार्कबाट रानीबारी जाने क्रममा निशा श्रेष्ठको गहना उनको ट्याक्सीमा छुटेको थियो । चालक प्रधान आइतबार सो सामान बुझाउन आफैं महशानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेका थिए । इमानदारितापूर्वक सामान फिर्ता गरेपछि प्रधानलाई सुनधनी श्रेष्ठले २० हजार तथा ट्राफिक महाशाखाले पाँच हजार पुरस्कार दिएका छन् ।

महाशाखा प्रमुख डिआइजी केशवप्रसाद अधिकारीले आइतबार उनलाई पुरस्कार प्रदान गरेका हुन् । ट्याक्सीमा श्रेष्ठको तीनवटा सुनको हार,६ वटा सुनको चुरा,पाँचवटा सुनका औंठी ,चारवटा सुनको टप र एक–एकएकवटा सुनको चन्द्रमा,लकेट र चाँदीका पाउजु छुटेको थियो । ती गहना राखेको कालो झोला उनले ट्याक्सीमै छुटाइएकी थिइन् । ट्याक्सी ड्राइभर चूडामणि प्रधान धनभन्दा इज्जत ठूलो भएकाले झोला फिर्ता गरेको बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...