Friday, January 9, 2015

सहरकी एउटी युवतीको डायरी, मसाजमै रमाएँ

२८ वर्षकी भएँ । मेरा श्रीमान पेसाले शिक्षक छन्, तर हाम्रो सम्बन्ध छैन । १४ वर्षकै उमेरमा म काभ्रेबाट बिहे गरेर गोरखा पुगे । श्रीमानसँग जात नमिल्दा ससुरा, आमाजू र जेठाजु सबै मिलेर हामीलाई छुटाउने कोसिस गरे । श्रीमान परे ब्राह्मण र म परे क्षेत्री ।

यसरी जात नमिलेपछि घरमा टिकिनसक्नुभयो । यसपछि श्रीमानको साथ लागेर काठमाडौं आए । यतै छोरी जन्मिइन । छोरी ५ महिनाकी हुदाँ जेठाजू कोठामा आएर श्रीमानलाई लिएर गए ।

अब बाँच्ने कसरी रु छोरीको पालनपोषण गर्ने कसरी रु उपाय खोज्दै जादाँ एक दिन एउटा साथीले भनिन, एक जना राणाको घरमा तिमीले काम गर्नुपछै । काम पाउनु ठूलो थियो मेरा लागि । अनि काम गर्न गइयो, तर काम त अर्के पो रहेछ ।

उनले मलाई ठमेल मसाज पार्लरमा पुर्याइदिइन । पहिलो दिन काम गरेपछि जान मन लागेन तर अर्को उपाय पनि भएन । १५ दिनपछि फेरी त्यहाँ काम गर्न गए । सुरुमा डर लाग्थ्यो कसरी मसाज गर्ने होला, एक जना विदेशी आएका थिए । साहुनीले हुकुमी भाषामा भनिन बच्चालाई तेल लगाइदिएको जसरी लगाइदेउन । तेल लगाएर मसाज गरिदिए । ती खुसी भएर मलाई १ हजार दिए ।

सुरुमा यस्तो काम गर्नुपरेपछि धेरै रोए । बाँच्नका लागि पुरुषलाई शरिर सुम्पनु पर्यो ।  अहिले हरेक दिन चार देखि आठ जनासम्म ग्राहक आउँछन् । पहिले त अस्थायी साधनबारे थाहा थिएन अहिलेचाहिँ प्रयोग गर्ने गरेकी छु ।

मेरा ग्राहक अनेक प्रकारका छन् । सानो उमेरका केटाहरु पनि आउँछन ग्राहक बनेर । उनीहरु बदमास हुन्छन् । दुब्र्यबहार गर्छन, लात्ती हान्छन् । पैसा नतिरी भाग्न खोज्छन । भखैरै एउटा केटोले त्यस्तै गर्यो । त्यो नांगै थियो। सबै कपडा लुकाइदिए । भनिदिए गर्ने बेलामा गर्ने पैसा नतिरी भाग्न खोज्ने, पैसा नतिरी जाने भए नांगै जा, त्यसले खुरुक्कै पैसा दियो, माफी माग्यो, अनि हिड्यो ।

मसाज गर्दा मैले पाउने मासिक तलव भनेको १२ हजार हो । बढी कमाउन त यौनकर्म गर्नेपर्छ । यहीँबाट कमाएको ६ लाख बचत गरेकी छु । अब लगानी गरेर कुखुरापालन गर्ने सोच बनाएकी छु ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...