Thursday, January 8, 2015

जहाँ व्यावसायिक रुपमै सर्प पालिन्छ

हामीमध्ये धेरै सर्प देख्तैमा तर्सिने गर्छौ । घरछेउछाउ कतै सर्प देखिहाल्यौं भने त्यसलाई तह लगाउने उपाय खोज्न थाल्छौं । तर,संसारमा यस्ता मानिस पनि छन् जो घरमा सर्प पाल्छन् ।

चीनको सिसिकियाओ गाउँका मानिसले यसरी घरमा सर्प पाल्ने गरेका छन् । मासुका लागि गाउँलेहरुले सर्प पाल्ने गरेका छन् । व्यावासायिक सर्प पालन यहाँका धेरै मानिसको जिविकोपार्जनको मुख्य आधार बन्ने गरेको छ ।



 चीनका रेष्टुरेन्टबाट सर्पका मासुको राम्रो माग हुने गरेकाले यस्तो मागलाई ध्यानमा राखेर सर्पको व्यावसायिक खेती गरिएको हो । करिब हजारजनाको आवादी रहेको यो गाउँमा वर्षभरिमा ३० लाख सर्प उत्पादन हुने गरेको छ । अजिंगर,गोमन र वाइपरजस्ता विषालु सर्प पनि यहाँका सर्प फार्ममा टन्नै पालिएका छन् । मासुको प्रयोजनका अतिरिक्त सर्पका अन्य अंगहरुको पनि बजारमा राम्रो माग रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...