Saturday, January 17, 2015

पोथीलाई जिस्काएको भन्दै भाले कुखुरामाथि मुद्दा दर्ता

भारतको सबैभन्दा ठूलो प्रान्त, उत्तर प्रदेशको लखिमपुरमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक दम्पत्तीले पुलिस थानाका सिनियर अफिसर आर के यादवसमक्ष एउटा निकै भिन्न किसिमको मुद्दा दर्ता गरेका छन् ।
पोथी कुखुरा पाल्ने उक्त दम्पत्तीले छिमेकीको भाले कुखुराले आफ्ना पोथी कुखुराहरुलाई जिस्काउने गरेको भन्दै कुखुराविरुद्ध कारवाही गरिनुपर्ने माग पुलिस थानाका सिनियर अफिसरसमक्ष गरेका थिए । उनीहरुको यस्तो उजुरी सुनेर सुरुमा यादव निकै अचम्ममा परे तर उनीहरु यो घटनाप्रति निकै चिन्तित भएको देखेर भाले कुखुरामाथि कारवाहीको आश्वासन दिए ।  



इश्वरदीन र उनकी श्रीमती रामगुनी आफ्नो उजुरी लिएर पुलिस थानामा पुगेका थिए । इश्वरदीनले भने, ‘हामीले करिब आधा दर्जन कुखुरा पालेका छौँ । हाम्रा पोथी कुखुराहरु जब आफ्नो ठाउँबाट बाहिर निस्कन्छन् तब छिमेकीका कुखुराले तिनिहरुलाई जिस्काउने गर्दछन् । यो विषयमा हामी छिमेकीबिच कुटाकुट पनि भइसकेको छ ।
 कुखुरा पाल्ने दम्पतीको भनाइलाई उद्धृत गर्दै पुलिस भन्छन्, ‘गत बुधबार पनि छिमेकीका भाले कुखुराहरु आए र मेरा पोथी कुखुराहरुलाई जिस्काउन थाले । ती कुखुराहरुलाई निकै कष्ट गरेर आफ्ना पोथीहरुबाट छुटकारा दिलाएपछि हामी यति टाढाको पुलिस थानामा आएर कुखुराविरुद्ध मुद्दा दर्ता गरिरहेका छौँ । ’   ती दम्पत्तीले उनीहरुको यस्तो समस्याबाट पार गरिदिन पुलिसलाई आग्रह गरेका छन् । पुलिसले पनि उनीहरुको समस्या समाधान गरिदिने आश्वासन दिएको छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...