Saturday, January 17, 2015

चिम्पान्जीको प्रेमले झुकायो प्रशासनलाई

चिडियाखानामा वर्षौं सँगै रहेका दुई चिम्पान्जीलाई छुटाउने योजना बनाएको प्रशासनले अन्ततस् हार मान्नुपरेको छ । त्यो पनि चिम्पान्जीको एक–आपसको प्रेमका कारण ।

प्रशासनले भारतको लखनउस्थित चिडियाखानामा रहेका दुई चिम्पान्जीलाई छुटाउने योजना बनाएको तीन–चार महिनाभन्दा बढी भएको थियो । प्राविधिक कारणले यसअघि उक्त कार्य सकिएको थिएन ।

स्विडेनको कोलमार्डेन वाइल्डलाइफ पार्कमा सन् १९९२ मा जन्मेका दुई चिम्पान्जीलाई तीन–चार वर्षपछि मैसुर चिडियाघरमा पठाइएको थियो । त्यहाँबाट २००७ मा लखनउ चिडियाघरमा लगिएका यी दुई चिम्पान्जीले नाम पनि पाए– निकिता र जेसन ।


चिडियाघरमा अन्य सबै कुरामा राम्रो पाइए पनि निकिता गर्भवती नभएपछि चिडियाघर प्रशासनले निकितालाई कानपुर चिडियाघरमा पठाउने निर्णय गरेको थियो । तर, दुई चिम्पान्जीबीच देखिएको प्रेम र त्यसको सार्वजनिक सञ्जालमा देखिएको समर्थनका कारण प्रशासनले आफ्नो निणर्यलाई उल्टाएको छ । अब कुनै पनि बहानामा चिम्पान्जीको यो जोडीलाई टुटाइनेछैन ।

कानपुरको चिडियाघरमा अर्को चिम्पान्जी छ– छज्जु । निकितालाई त्यहाँ पुर्‍याउने प्रशासनले गरेको निर्णय बाहिर आएपछि सामाजिक सञ्जालमा अमेरिकाको न्युजर्सीबाट विरोधको स्वर सुनिन थाल्यो । न्युजर्सीमा एक युवकले निर्णयको विरोधमा फेसबुकबाट अभियान चलाए । अभियानमा झन्डै २० हजारभन्दा धेरैले एक हप्तामा नै साथ दिए ।

सामाजिक सञ्जालको यो अभियान आफ्नो ठाउँमा छ, निकिता र जेसनलाई छुट्याउने प्रयास गर्दा पनि बारम्बार समस्या देखिएको थियो । लखनउकै चिडियाघरमा निकिता र जेसनलाई अलग राखेको समयमा दुवैले केही खाएका थिएनन् । दुवैको आनीबानीमा फरक देखिएको थियो । त्यसैले, उनीहरूलाई छुट्याउँदा ठूलो समस्या आइपर्न सक्ने प्रशासनले निक्र्योल निकाल्यो ।

उता, पशु अधिकारकर्मीले प्रशासनको पछिल्लो निर्णयलाई स्वागत गरेका छन् । उनीहरूले २० वर्षभन्दा बढी सँगै रहेका यी दुई चिम्पान्जीलाई छुट्याउँदा हृदयाघात हुन सक्नेसम्म चेतावनी दिएका थिए ।

पशु अधिकारकर्मीले गरेको अध्ययनमा निकिता र जेसन एक–अर्कालाई खुब प्रेम गर्ने पाइएको थियो । उनीहरूले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख थियो, ‘जेसन र निकिता गहिरो प्रेममा छन् । जेसनले पहिले निकितालाई खाना खुवाएपछि मात्र आफूले खान्छ ।’

चिडियाघर प्रशासनले पशु अधिकारबारे काम गर्ने संस्थाका विभिन्न रिपोर्टको अध्ययन गर्‍यो । नभन्दै निकिता र जेसनबीचको प्रेम पुष्टि भयो, जब चिडियाघरले दुई चिम्पान्जीको ‘फिडिङ बियेभियर’को अध्ययन गर्‍यो । र, प्रशासन अन्त्यमा निष्कर्षमा पुग्यो । यसअघि प्रजननका लागि निकितालाई कानपुर पठाउने निर्णय गलत रहेछ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...