Tuesday, January 6, 2015

हिसिलाका निम्ती कम्प्युटरबाटै यस्तो हमला

काठमाडौं– लडाइँमा दुश्मनको प्रतिरोधका लागि योजना बनाएजस्तै अब फेसबुक,ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत हुने मानमर्दको प्रतिरोध गर्न एमाओवादी नेता डा। बाबुराम भट्टराईले एउटा डिफेन्स ग्रुप बनाउने भएका छन् ।

यस्तो गर्नुपर्नाको कारण रहेछ,एउटा कार्यक्रममा पत्नी हिसिलाले बोलेको कुरामा चलेको आलोचना । शनिबार अपराह्न बाबुरामले सानेपास्थित डेरामा केही युवाको भेला बोलाए । र,सामाजिक सञ्जालमा भिड्ने एउटा ग्रुप निर्माण गर्न खोजेको बताए ।
फेसबुक र ट्विटर चलाउनेको संख्या पनि निकाले ।ट्विटर कम चलाउने देखेपछि फेसबुकभन्दा ट्विटर अलि वजनदार हुने भन्दै त्यतातिर पनि जोड दिन भने ।

यस्तो हुनुका पछाडिका कारण रहेछ – केही समयअघि खुलामञ्चमा भएको संयुक्त जनसभा । त्यहाँ हिसिलाले गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भाषण गरिन् । त्यो कुरामा असन्तुष्ट नन्दकिशोर पुन पासाङका छोरा दीपेशले फेसबुकमा कार्यकर्ता लगाएर मान्छे जम्मा पार्ने र त्यस्तो भाषण गर्ने रु भन्दै स्ट्याटस लेखे । प्रचण्डपुत्र प्रकाशले दीपकलाई समर्थन भन्दै स्ट्याटस धेरैतिर ट्याग गरे । यसबारे हलचल मच्चिने नै भयो । साँझ लाजिम्पाटमा यसबारे कुरा चल्यो । जनआस्था साप्ताहिकमा खबर छ ।

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA