Thursday, January 15, 2015

राम्रो अनुहार हुनेले सित्तैमा खान पाउने रेष्टुरेन्ट



सायद यो नियम त्यति युक्तिसँगत नलाग्न सक्छ । जिउडाल खासै आकर्षक नहुनेहरुका लागि त यो नियम सबैभन्दा अप्रजातान्त्रिक नै लाग्ला । तर मन नपरेरै पनि के गर्नु र रु चीनमा एउटा रेष्टुरेन्टले यस्तै नियम बनाइदिएको छ(आकर्षक बन्न सकेमा सित्तैमा डिनर खान पाइने ।


हेनान प्रान्तको झेन्झोउमा रहेको कोरियन फुड रेष्टुरेन्टले सुन्दर ग्राहकलाई सित्तैमा खाना खुवाउने अफर संचालन गरेको चाइना डेलीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । जनवरी १० देखि फेब्रुअरी ९ सम्मका लागि संचालित यो अफर अन्तरगत हरेक दिन ५० जना सुन्दर ग्राहकले सित्तैमा भोजन गर्न पाउँछन् ।

उक्त रेष्टुरेन्टमा जाने ग्राहकले सुरुमा आफ्नो अनुहार स्क्यान गराउनु पर्नेछ । त्यसरी स्क्यान गरिएका ग्राहकको तस्वीर प्लास्टिक सर्जरी क्लिनिकका डाक्टरहरुले मूल्यांकन गर्छन् । त्यसपछि त्यस समूहका ५ जना सबैभन्दा सुन्दर ग्राहक छनोट गरिन्छ । यसैगरि दिनमा ५० जना सुन्दर ग्राहक छनोट गरि निशुल्क भोजनको अवसर प्रदान गरिन्छ ।

स्मरण रहोस् चीनमा यस्तो खाले उटपट्याङ नियम ल्याउने रेष्टुरेन्ट थुप्रै छन् । केही महिनाअघि दक्षिण पश्चिमी चीनको एक रेष्टुरेन्टले निकै मोटा पुरुष र दुब्ला महिला ग्राहकलाई सित्तैमा भोजन गराउने अफर ल्इाएको थियो ।

मान्छेको सुन्दरता हेरिकन सित्तैमा भोजन गराउने भन्ने कोरियन रेष्टुरेन्टको पछिल्लो नियमप्रति सोसल साइटमा तिब्र आलोचना भएको छ । चिनिया सोसल साइट वेइबोका प्रयोगकर्ताले यस्तो नियमबाट मानिसहरुको आत्मसम्मानमा ठेस लाग्ने भन्दै त्यो रेष्टुरेन्टलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । कतिपय प्रयोगकर्ताले भने सुन्दर भएका कारण आफुले हरेक दिन सित्तैमा खान पाउने भन्दै खुसी समेत व्यक्त गरेका छन् । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...