Tuesday, January 6, 2015

२५ वर्षअघि मरेकालाई भत्ता ! एकै गाविसमा ६५ मृतकका नाममा भत्ता वितरण

काठमाडौ । वर्षौअघि मृत्यु भइसकेका ब्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता निकासा लिएर हिनामिना भइरहेको छ । वर्षौदेखि यो बेथिति चलिरहे पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बल्ल चाल पाएको छ ।

जाजरकोटको लहँ गाविसमा स्थलगत अनुगमन गर्दा मन्त्रालयले त्यस्ता थुप्रै ‘केस’ फेला पारेको छ, जसमा २५ वर्षअघि मृत्यु भइसकेका ब्यक्तिको नाममा समेत निरन्तर भत्ता गइरहेको छ, कारोबार दैनिकमा खबर छ ।

वडा नम्बर ५ का बले बोहराको मृत्यु भएको २५ वर्ष ९२०४६ मंसिर १६ मा० भइसकेको छ तर उनको नाममा अहिले पनि भत्ता निकासा भइरहेको छ ।

उपसचिव प्रेमप्रसाद घिमिरेको नेतृत्वमा गएको टोलीले बलेको केसलाई सुरुमा प्राविधिक त्रुटी ठान्यो । तर, टोली सदस्यहरु त्यसबेला चकित परे, गाउँभरिका हरेक घरमा यो ‘त्रुटी’ दोहोरिएको देखियो ।

२३ वर्षअघि नै मृत्यु भएका चिनु रोकायाको नाममा पनि त्यसैगरी भत्ता निकासा भइरहेको रहेछ । घर गएर बुझ्दा टोलीले थाहा पायो(तिलकबहादुर ओली, नरबहादुर खड्का, तिलकबहादुर रावल, दलबहादुर ओली र कर्णबहादुर कामीको नाममा पनि भत्ता गइरहेको छ, जबकि उनीहरुको मृत्यु भएकै क्रमशः २१,२०,१६र १५ वर्ष भइसकेको छ ।

खिमा ओली, ज्यामी कामी, बुधे कामी, सुनिजबरा कामीको १० वर्षअघि र कर्णजीत सार्कीको सात वर्षअघि मृत्यु भएपनि उनीहरुको नाममा समेत भत्ता निकासा भइरहेको छ ।

उपसचिव घिमिरे, लेखा अधिकृत दिनेश लम्साल र शाखा अधिकृत सुन्दरबहादुर कार्की सम्मिलित टोलीका अनुसार यो गाविसका ६५ जना मृतकको नाममा गाविसले यसैगरी भत्ता लिइरहेको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...