Saturday, January 10, 2015

चम्किलो अनुहार चाहनुहुन्छ भने खानुहोस् हरियो खुर्सानी, थाहा पाउनस् यसका अपत्यारिला फाइदा

कहिलेकाँही कडा र तिखो खाना पनि स्वस्थकर हुने गर्दछ । औषधी धेरैजसो कडा नै हुने गर्दछ तर त्यसको फाइदा निकै मिठो हुने गर्दछ । हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ रु खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ ।

मोटोपन कम गर्छः

यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।


क्यान्सरः

पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई क मगर्ने गर्दछ ।

जवान राख्छः

 हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।

छालाको संक्रमणः

यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियोृ खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउनेछ ।

 मधुमेहः
 हरियो खुर्सानीले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ जसले मधुमेहको खतरा लगभग शून्य हुने गर्दछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन मद्दत पनि गर्दछ । बलियो हड्डीः महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।

इम्युनिटी पावरः

हरियो खुर्सानीमा भिटामिन सि हुने गर्दछ जसले शरिरमा भिटामिन सिको पूर्तिका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ । रातोपाटी.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...