Saturday, January 10, 2015

आकस्मिक बिरामी भएको भन्दै अर्थमन्त्रीले लिए न्युयोर्कको उपचार खर्च

अर्थमन्त्री रामशरण महतले विश्वबैंकको केन्द्रीय कार्यालय जाँदा अचानक बिरामी परेको भन्दै मन्त्रिपरिषद्बाट दुई हजार आठ सय ३८ अमेरिकी डलर ९करिब दुई लाख ८४ हजार रुपैयाँ० उपचारखर्च लिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

केही दिनअघि उनी विश्वबैंकको बैठकमा भाग लिन वासिङ्टन डीसी गएका थिए। औपचारिक कार्यक्रम डीसीमा भएकाले उनको न्युयोर्कको औषधिखर्च वैधानिक नहुने हुँदा प्रस्तावमै विश्वबैंकको बैठकमा जाने क्रममा न्युयोर्कमा बिरामी परेको उल्लेख छ। उनले न्युयोर्कको लेनोक्स हिल अस्पतालको बिल पेस गरेका छन्।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले मन्त्री महतको उपचारखर्चसम्बन्धी प्रस्ताव पेस गरे।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...