Saturday, January 10, 2015

ठेकेदारको फोहोर बोक्छ महानगरको गाडी

काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीले ठेकेदारको फोहोर बोक्ने गरेको पाइएको छ । महानगरपालिकाकै कर्मचारीहरुले ठेकेदारसँगको मिलेमतोमा सरकारी गाडीलाई निजी क्षेत्रको फोहोर उठाउन प्रयोग गर्दै आएको पाइएको हो ।

महानगर क्षेत्रको प्रत्येक वडामा फोहोर उठाउने ठेकेदार छन् । उनीहरुले प्रत्येक घर, पसल, सुपरमार्केट, होटल, रेस्टुरेन्ट तथा अस्पतालबाट मासिक शुल्क लिएर फोहोर उठाउने गरेको राजधानीमा खबर छ ।



मासिक शुल्क लिएपछि उनीहरुले नै ती फोहोर ल्यान्डफिल्ड क्षेत्र ९नुवाकोटको सिसडोल० पुर्‍याउनुपर्ने हुन्छ । तर, हाल ठेकेदारहरुले आफ्नो फोहोर टेकुस्थित महानगरपालिकाको ‘फोहोर संकलन केन्द्र’ मै थुपार्ने र त्यसका निम्ति महानगरपालिकाकै गाडी सित्तैमा प्रयोग गर्दै आएका छन् । गत बिहीबार बिहान साढे १० बजे ४१२९ नम्बरको महानगरपालिकाको गाडीले कमलपोखरीको फोहोर उठाउँदै थियो । हरियो रङको सो गाडीले रिक्सामार्फत जम्मा गरिएको ठेकेदारको फोहोर टेकुमा ल्याएर छाडेको थियो ।

टेकुमा जम्मा भएको फोहोर भने महानगरपालिकाले छुट्टै गाडीबाट सिसडोल पुर्‍याउँदै आएको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...