Saturday, January 10, 2015

ग्यास हाहाकार हुनुको कारण त यस्तो पो रहेछ

पुस २३ गते धादिङस्थित एक ग्यास डिलरमा २ सयभन्दा बढी भरिएका सिलिन्डर लुकाएर राखिएको फेला पर्यो । स्थानीयको उजुरीमा प्रशासनले छापा हान्दा त्यहाँ विभिन्न कम्पनीका सिलिन्डर भेटिएका छन् ।

यसको भोलिपल्टै राजधानीको सिनामंगलस्थित एक डिपोमा पनि २ सयभन्दा बढी सिलिन्डर फेला परे । शुक्रबार त एलपी ग्यास उद्योग संघका अध्यक्ष तथा सुगम ग्यासका सञ्चालक शिव घिमिरेले नै १ सय ४० वटा सिलिन्डर लुकाएर राखेको अनुगमन टोलीले भेट्टायो ।



अनुगमनका क्रममा भेटिएका यी बद्मासीका घटनाबाट पुष्टि हुन्छ,उद्योगीसँग ग्यास छ,तर बजारमा नपठाउँदा उपभोक्ता मारमा छन् । ग्यास लिलिन्डरको कोटा बढाउने नियतले उद्योगी र व्यापारी नै मिलेर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गराउँदा उपभोक्ता खमारमा परेको सरकारी अनुगमनले नै पुष्टि गरेको छ । अझ डरलाग्दो त यस्तो कालोबजारीमा ग्यास उद्योगीका नेताकै अगुवाइ र बिक्रेताको समेत मिलेमतो छ ।

 ‘बजारमा ग्यासका चरम अभाव छ भन्दै हिँड्ने संघका अध्यक्षले नै ग्यास लुकाएको भेटिनुले उद्योगी र बिक्रेताको मिलेमतोमै कृत्रिम अभाव भएको पुष्टि हुन्छ,’ ग्यास बिक्रेता संघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भने,‘उपभोक्तालाई ग्यास छैन भनेर फर्काउने र कृत्रिम अभाव सिर्जना गर्ने उद्योगी तथा बिक्रेतालाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ अनुगमनका क्रममा उद्योग संघका अध्यक्षले नै कालोबजारी गरेको भेटिए पनि उनलाई उन्मुक्ति दिँदा अन्य उद्योगी र व्यापारीसमेत बढी नाफा कमाउन यो हत्कन्डा अपनाउन उत्साहित छन् । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...