Saturday, January 10, 2015

अब ठमेल र दरबारमार्गमा २४ सै घन्टा व्यापार

काठमाडौं महानगरभित्रका दुई प्रमुख व्यापारिक केन्द्र अब २४ सै घन्टा खुल्ने भएका छन् । अबको एक महिनापछि काठमाडौंको प्रमुख व्यापारिक केन्द्र दरबारमार्ग र ठमेल क्षेत्रका सबै बजार २४ सै घन्टा खुला हुने भएका हुन् ।

स्थानीय प्रशासनले महानगरबासी र यहाँ भित्रने पर्यटकका रात्रि जीवनका लागि यस्तो व्यवस्था गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी आयुक्तको कार्यालयले यस विषयमा गृहकार्यसमेत अघि बढाइरहेकाले बढीमा एक महिनाभित्र दुवै व्यापारिक केन्द्र २४ सै घन्टा सञ्चालन हुने राजधानीमा खबर छ ।


महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरित्तः महानिरीक्षक विज्ञानराज शर्माले यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिए । त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले केही प्राविधिक पाटो टुंगिएपछि दुवै स्थानलाई २४ सै घन्टा खुला गर्ने उद्घोष गरेका छन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...