Thursday, January 8, 2015

रेखासँग फिल्म खेल्न चाहन्छन् अमिताभ

बलिउड अभिनेता अमिताभ बच्चन र रेखालाई लामो समयपछि एउटै फिल्ममा देख्न पाइने भएको छ । यी दुईले बन्दै गरेको फिल्म ‘समिताभ’ मा काम गरेका छन् । यद्यपी यी दुवै एकैसाथ भएको एउटै दृश्य फिल्ममा छैन ।


फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिताभले फिल्ममा रेखा र आफू एकैठाउँ देखा परेको एउटै दृश्य नभएको जानकारी दिए । ‘फिल्ममा म र रेखा एकैठाउँ भएको एउटै सिन छैन । तर उनलाई र मलाई फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने थाहा पाउन तपाईंहरुले फिल्म नै हेर्नुपर्ने हुन्छ ।’

साथै अमिताभले रेखासँग फिल्ममा काम गर्ने इच्छा अझै रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...