Thursday, January 15, 2015

केपी, गोकर्ण, गगन, बाबुराम, कमल थापासहित १० जना उत्कृष्त सभासद्

‘उत्कृष्ट सभासद् २०७१’ को मत परिणाम सार्वजनिक रुपमा घोषणा गरिएको छ ।

न्यूज भित्ताले अनलाइन भोटिङबाट उत्कृष्ट १० जना सभासद् चयन गरेको हो । पौष २६ गते अनलाइन भोटिङ प्लेटफर्म खोलेर जुरीले मत परिणाम प्राप्त गरेको थियो ।


तीनकुने सुविधानगर स्थित नेशनल भिजन होटलमा आयोजित समारोहको सुरुआतमा पेन एण्ड इंक पब्लिकेसन्सका प्रवन्ध निर्देशन जीवन नेउपानेले जुरी र साक्षीको नाम सार्वजनिक गरेका थिए ।

जुरीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्की र वरिष्ठ पत्रकार तथा संचार अनुसन्धानकर्ता विनोद भट्टराई थिए । त्यसैगरी साक्षीका रुपमा वरिष्ठ पत्रकार तथा नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधान थिए । newsbhitta.com

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA