Thursday, January 8, 2015

संविधान देखाएर ‘कु’ को डिजाइन

जति होहल्ला सत्तारुढ दलले गरे पनि माग ८ मा संविधान नबन्ने भएको छ । सहमतिका लागि नेताहरूले गरेका बैठक असहमतिमा रुपान्तरित हुन थालेका छन् । सहमति द्वन्द्वतिर फर्कनुको कारण सत्ता पक्षभित्रको अनुदारवादी खेमाले गरेको डिजाइनमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको समेत सहभागिता देखिएपछि यस्तो हुन पुगेको हो ।



एक सातअघि संविधानसभामा नियम र प्रक्रिया सबै निलम्बन गरेर मैले संविधानसभाको ड्राफ्ट गर्छु भनेर सुवास नेम्वाङले मुख खोलेपछि केही शीर्ष नेताहरू संविधान देखाएर ‘कु’ को तयारी भइरहेको थाहा पाएपछि उनीहरू छाँगाबाट खसे जस्तै बन्न पुगेका थिए । यो रहस्यमय डिजाइन भित्र बाहिर संविधान चाँडो दिने भने पनि भित्र भने संविधान सभालाई ‘कु’ गरेर परिवर्तनकारी संविधान बन्नै नदिने र सेनालाई समेत संलग्न गराएर थाइल्याण्डमा जस्तै सेनाका आडमा सत्ता चलाउनेसम्मको उद्देश्य रहेको जानिफकारहरू बताउँछन् ।

नेम्वाङ किन अग्रसर ?

 नेम्वाङलाई यो डिजाइनको बाहिरी पर्दामा फुत्त यसै देखाइएको होइन ।

 देख्दा सरल र नम्र बोल्ने नेम्वाङलाई नै सार्दा संविधानसभामा ६० वर्षदेखि उठाएका एजेन्डालाई निस्तानबुद गर्न सकिन्छ भन्ने कुरा बडो सोचविचार गरिकन सारिएको थियो । अघिल्लो संविधानसभामा संविधानसभाको बैठक नबोलाएर चर्को खप्की खाएका नेम्वाङलाई अघि सारेर पहिलाको दोष पखाल्न पनि यो डिजाइन कामयाबी बन्ने निष्कर्ष डिजाइनकारहरूको थियो ।

 नेम्वाङले मात्रै एक्लै यो भनेका हुन् त रु उच्च स्रोत भन्छ, होइन । नेम्वाङलाई मुख खोल्न लगाउँदा डिजाइनका सबै कुरा सतहमा नआउने भएकाले मात्र यसो गरिएको हो । संविधानसभाका सबै प्रक्रिया र नियम निलम्बन गर्नु भनेको संविधानसभा ‘कु’ नै गर्नु हो र सभाध्यक्षले संविधान ड्राफ्ट गर्ने विधिको वकालत गर्नु पनि एक प्रकारको ‘कु’ कै प्रस्ताव हो । यस्तो प्र्रस्ताव अन्यत्रै तयार पारेर राखेको संविधानको ड्राफ्टलाई नेम्वाङ मार्फत सार्वजनिक गर्नु मात्रै थियो ।

सभाध्यक्षको प्रस्ताव सुनेर एकसाताअघिको बैठकमा कालकूट विष एक्लै नखानु भनेर नेताहरूले नेम्वाङलाई व्यंग्य समेत गरेका थिए । परिवर्तन पक्षधर नेताहरूले हुन्छ भनेको भए– नेम्वाङले संविधानसभालाई ‘कु’ गरेर अन्यत्रै बनाएको संविधानसभाको ड्राफ्ट यति बेला बाहिर आइसक्थ्यो तर ‘कु’ को डिजाइनको सुईंको राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रबाट मात्र होइन, सेना र सरकारको गुप्तचर निकायबाट समेत एमाओवादी र मधेशी नेताहरूले थाहा पाएका थिए ।

 अझ नेम्वाङसहितको डिजाइनको कांग्रेसबाटै ढिलै भए पनि प्रतिवाद भएपछि प्रधानमन्त्री समेत पछिहट्न बाध्य भएका थिए ।

डिजाइनमा को को संलग्न ?

 माघ ८ मा संविधान आएपछि प्रधानमन्त्री केपी बन्ने भित्री समझदारी र सम्झौता नेका र एमालेबीच भएको थियो । संविधान माघ ८ मा नआउने देखेपछि एमाले अध्यक्ष केपी ओली र सुवास नेम्वाङले तयार पारेको डिजाइनमा सुशील कोइरालाले ओके गरिदिएका थिए । स्रोतका अनुसार सभाध्यक्ष नेम्वाङको बालुवाटार निवासमा नेम्वाङ र ओली बीच चार पटक भेटघाट भएको थियो । ओलीले तयार पारेको सूत्रलाई सरल तरिकाले बाहिर ल्याउने जिम्मा नेम्वाङले लिएका थिए । ओलीले सबै कुरा मिलाएपछि सुशीललाई बालुवाटारमा नेम्वाङजी तपाईं र मबीच विशेष कुरा गर्नुप¥यो भनी कन्भिन्स गरेको एमाले स्रोतको दाबी छ ।

ओलीले संविधान बन्दा त्यसको जस तपाईंलाई जाने, एमाओवादी र मधेशी प्रतिको हेराइ र बुझाई पनि एउटै, धर्म र संघीयतामा पनि एउटै सोच भएकाले दुई दल मिली लामो समयसम्म सत्ता चलाउन सकिने भनेर सुशीललाई ओलीले चक्मा दिएका थिए । पछि ओली, नेम्वाङ र सुशीलबीच बैठक भएपछि ओलीको डिजाइनलाई कोइरालाले सहमति जनाइदिएका थिए । तीन नेताबीच संविधानसभालाई नदेखिने गरी ‘कु’ गरेर संविधान जारी गर्ने र परिआएको खण्डमा सेना समेत उतारेर विरोधीहरूलाई ठीक पार्ने सहमति समेत बनेको थियो ।
 सेना परिचालन 

सेना परिचालनको कुरा यसै बाहिर आएको होइन, यो पनि ओली, सुशील र नेम्वाङको डिजाइनमा आएको जानिफकारहरू बताउँछन् । सैन्य स्रोतका अनुसार सुशीलले रक्षा मन्त्रीको हैसियतमा सेना प्रमुख गौरवलाई बालुवाटारमा बोलाएर माघ ८ आउँदैछ प्रबन्ध मिलाउनु भनेका थिए ।
नेम्वाङले संविधानसभाभित्र बलवान खालका जीउडाल भएका पुरुष र महिला प्रहरीको संख्या ह्वात्तै बढाउनुलाई समेत कम आँक्न मिल्दैन । यसले पनि त्यो डिजाइनलाई पुष्टि गर्छ । डिजाइनका रहस्यात्मक पर्दा ओपन भएको अवस्थामा ओली, नेम्वाङ, सुशील डिजाइनको प्रतिवाद परिवर्तन पक्षधर दलहरूले गरे भने राजा महेन्द्र र ज्ञानेन्द्र बन्ने सपना तुहिने निश्चित छ । यी तीनको डिजाइन अनुसार संविधान बने मुलुक भयानक द्वन्द्व र गृहयुद्धमा फस्ने संकेतहरु देखिन थालेका छन् । आजको जनआह्वान साप्ताहिकले नयाँ खुलासा गरेको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...