Thursday, January 8, 2015

यसरी फेल हुदैछ केपी अोलीको प्रधानमन्त्री बन्ने सपना

माघ ८ जति जति नजिक आउँदैछ, नेपालको राजनीतिको कोर्स त्यति त्यति जटिल बन्दै गएको छ । ८ माघ कुरेर बसेका नेपाली जनताले प्रगतिशील संविधान नपाउने त निश्चित नै भयो तर यो मिति नजिकिंदै गर्दा प्रमुख दलका प्रमुख नेताहरू, त्यसमा पनि सबैभन्दा बढी नेकपा एमालेका अध्यक्ष केपी ओलीका लागि तनावमा छन् । माघ ८ नजिकिंदै गर्दा सबैभन्दा बढी वेचैनी ओलीलाई नै भएको छ । राजनीतिमा सपना हुन्छन् ।

सपना पूरा गर्ने बेला अनेकौं झन्झट आइलाग्दा नेताका लागि बेचैनी हुने गर्छ । हो, अहिले यस्तै समस्या छन् ओलीका ।
त्यसमा उनकै आफ्नै कारणले पनि धेरै भूमिका खेलेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय अवस्थाले ओलीको पिएम बन्ने मिसनमा ठूलो धक्का लाग्ने अवस्था देखिएको छ । ठूलो दल र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने, जुन संसारमै कहीं प्रयोग नभएको राजनीतिक अभ्यास थियो, काम गरेका ओलीले माघ ८ पछि मिसन पिएमको सपना बोकेका थिए ।

प्रधानमन्त्री बन्नकै लागि उनले राज्य पुनर्संरचनादेखि शासकीय स्वरूपसम्मका विवादित विषयमा आफ्नो पार्टीको अडान छाडेर कांग्रेसलाई सहयोग समेत पु¥याएको थियो । ओलीकै पार्टीमा यसकोे विरोध भएको थियो । सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा नै उनले माघ ८ मा संविधान जारी गर्ने, त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउने शर्त राखेका थिए ।

धेरै कुरा पहिला हो भन्ने र पछि यो त्यस्तो हो मलाई त थाहै भएन भन्ने शैलीका प्रधानमन्त्री अहिले माघ ८ मा संविधान ल्याउन नसक्ने अवस्थामा पुगे, त्यसको कारण ओली नै बने । ओलीले अहिले पनि संविधानसभामा प्रतिनिधित्व गर्ने परिवर्तनकामी शक्ति माओवादी र मधेशी दललाई सहकार्य गरेर संविधान बनाउने कुरा गरेनन् । बरु उनले भनिरहे–हामीसँग दुईतिहाइ छ । हामी जसरी पनि माघ ८ मा संविधान बनाउँछौं । तर, उनको समयसीमा धेरै पछाडि पुगिसक्यो ।

ओलीले सभामुख नेम्वाङलाई प्रक्रिया अगाडि बढाउन दबाब दिए पनि यो सफल हुन सकेन । बरु विपक्षीहरूले संविधानसभाभित्रै प्रतिवाद गर्ने भनेर अडान लिए । संविधानसभामा रक्तपात गराएर भए पनि संविधान जारी गर्नुपर्ने ओली खेमाको मत छ । तर, कांग्रेस र एमालेभित्रै यो मतमा पूरै नेता छैनन् । ओली कतिसम्म पूर्वाग्रही छन् भन्ने उदाहरण हेर्न बुधबार बालुवाटारमा मधेशी दलका नेताहरूलाई गरेको अपमान हेरे हुन्छ । उनले मधेशी नेताहरूलाई अप्रत्यक्ष रूपमा भारतीय नागरिक भएको समेत भने । ओलीले त्यहाँ युपी र बिहारलाई पनि मधेशमा गाभ्ने भनेर आफूहरूको अपमान गरेको मधेशी दलका नेताहरूको भनाइ छ ।

ओलीले माओवादीलाई समेत धेरै टाढा पु¥याएका छन् । भविष्यमा समेत ओलीलाई माओवादीले प्रधानमन्त्री बनाइदिने सम्भावना कम छ । कांग्रेसले सहयोग नगरेपछि विपक्षी दलहरूको सहयोगमा प्रधानमन्त्री ओलीको एउटा विकल्प बाँकी थियो तर उनले आजको दिनसम्म त्यो विकल्पलाई धेरै जटिल बनाएका छन् । ओलीलाई स्वयम् कांग्रेस सभापति सुशील कोइरालाले पनि पद नछाडिदिने संकेत आफू नजिककाहरूसँग दिइसकेका छन् । यदि ओलीलाई प्रधानमन्त्री बनाए त्यसको परिणाम गंभीर हुने चेतावनी कांग्रेसका केही नेताहरूले दिइसकेका छन् ।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा आफैं प्रधानमन्त्रीको दौडमा लागिसकेका छन् । कांग्रेसभित्र उनी दिनदिनै बलियो बन्दै गएका छन् । ओलीलाई स्वयं एमालेकै माधव नेपाल समूहले प्रधानमन्त्री बनाउने खेलमा असहयोग गरेका छन् । सबै तालमेल मिलाए आफैं प्रधानमन्त्री बन्न सकिने नेपालको दाउ छ । विद्या भण्डारी र झलनाथ खनालको भरमा ओलीलाई प्रधानमन्त्री बन्न कठिन रहेको एमालेकै नेताहरू बताउँछन् ।  जनआह्वान साप्ताहिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...