Tuesday, December 16, 2014

तीन नेतालाई उपचार गर्न पाँच करोड,जनताको भागमा मात्रै रु. ३४८

सत्तारुढ दलका तीन नेताको उपचारमा सरकारी ढुकुटीको पाँच करोड रुपैयाँ सकिएको छ । जबकि सरकारले प्रत्येक नेपालीलाई औषधि उपचारका लागि वार्षिक तीन सय ४८ रुपैयाँ मात्रै छुट्याएको छ ।

सरकारी तथ्यांकअनुसार दैनिक ६ सय गरिब र निमुखा जनता अस्पताल पुग्नै नपाएर ज्यान गुमाइरहेका छन् ।अस्पतालसम्म पुगेका सयौं सर्वसाधारणले पनि पैसाको अभावले उपचार पाइरहेका छैनन् । विभिन्न रोग तथा दुर्घटनाबाट नेपालमा दैनिक करिब ८ सयको ज्यान गुम्छ ।


त्यसमध्ये ६ सय अस्पताल पुग्न नपाएरै मर्छन् । ‘गाउँमा अस्पताल नै छैन,रोग लागिहाल्यो भने तत्कालै ल्याइपुर्याउने अवस्था पनि छैन,त्यसैले अधिकांश ग्रामीण बासिन्दा उपचार अभावमै मृत्युवरण गर्छन्,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बाबुराम मरासिनीले भने ।

प्रधानमन्त्री सुशील कोइरालाको उपचारमा सरकारी ढुकुटीबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीको उपचारमा पनि एक करोड २६ लाख ३५ हजार सकिएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालको उपचारमा लागेको सम्पूर्ण उपचार पनि सरकारले नै व्यहोर्ने भएको छ । पिसाव नलीमा समस्या देखिएपछि उनले पनि अमेरिकामा शल्यक्रिया गराएका थिए । खनालको उपचारको बिल नआएकाले खर्चको विवरण नआए पनि उनको उपचारमा पनि करिब १ करोड खर्च भएको हुन सक्ने अर्थ मन्त्रालय स्रोतको दाबी छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...