Tuesday, December 16, 2014

सोनाक्षी अब गायिका पनि

बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हाले आफूलाई गायिकाका रुपमा समेत अघि बढाएकी छन् । दवंगबाट बलिउडमा छाएकी सोनाक्षीले खहालै पाकिस्तानी गायक इमरान खानसँग एउटा गीत गाएर आफूमा गायन प्रतिभा पनि हाबी भएको सावित गरेकी छन् ।

सानैदेखि गीत गाउने रहर भए पनि आफू त्यतातिर केन्द्रित हुन नसकेको सोनाक्षी बताउँछिन् । उनले आफूलाई निर्माता निर्देशकले अझै अभिनयका लागि मात्रै अफर गर्ने गरेकाले आफ्नो गायनकला ओझेलमा परेको उनको कथन छ ।

‘अभिनयका लागि मात्रै अफर आयो,कसैले मलाई गीत गाउन भनेन । नत्र म गाइहाल्थेँ नि’,उनी भन्छिन्,‘अहिले भने बल्ल एउटा गीत गाउने मौका मिल्यो ।’ तर उनी सधैं गीत गायर करिअरलाई गायनतिर मोड्ने पक्षमा भने छैनन्, नयाँ पत्रिका दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...