Wednesday, December 17, 2014

माघ ८ मै संविधान ल्याउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामवरण यादवले आ-आफ्नो अडान त्यागेर संविधानका विवादित बिषयमा तत्काल सहमति जुटाउन एमाले र एमाओवादीका पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । 

राष्ट्रपति निवास शितल निवासमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको छुट्टाछुट्टै भेटमा राष्ट्रपति यादवले प्रमुख दलले त्याग गरेर भए पनि माघ ८ मा संविधान ल्याउन आग्रह गरेका हुन् ।

बिना शर्त माघ ८ मा संविधान जारी गर्ने भनेर जनताबीच प्रतिबद्धता जनाएको बिषयलाई विर्सन भएन । फेरि विर्सन थाल्यौ भने अन्तर्राष्ट्रिय समुदाय र जनताले राजनीतिक दल र नेतृत्वप्रति के सोच्लान्  यादवले दाहाल र ओलीलाई  गरेको आग्रह उद्धृत गर्दे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, माघ ८ मा  संविधान ल्याउन सकिएन भने राजनीतिक दल र नेतृत्वप्रतिको विश्वसनीयता समाप्त हुन्छ ।


दाहालले कुनै पनि दल एक्लै अघि बढ्न सक्षम नभएको भन्दै संविधान निर्माणको बाटो खोल्न आग्रह गरे । उनले प्रकृयाबाट संविधान जारी गर्न व्यवहारिक रुपमा सम्भव नहुने भन्दै सहमतिबाटै संविधान ल्याउनसमेत आग्रह गरेका थिए ।
संविधान निर्माणको प्रकृया अन्य बिषय जस्तो ख्याल-ख्याल ठान्नु भएन । गम्भीर रुपमा लिनुहोस्, कसैले पनि मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन । त्याग गर्नुपर्छ, राष्ट्रपतिको भनाई थप्दै सल्लाहकार दाहालले भने,माघ ८ मा सम्म संविधानको मस्यौदा पनि दिन सकेनौ भने लज्जाको बिषय हुनेछ ।

छलफलमा एमाओवादी अध्यक्ष दाहालले कांग्रेस र एमालेको नेतृत्वलाई लचिलो बनाउन पहल गरिदिन आग्रह गरेका थिए । विवादित बिषय शासकीय स्वरूप र संघियतामा कांग्रेस र एमालेको अडानले सहमति हुन नसकेको भनाइ दाहालको थियो ।

कांग्रेस र एमाले केही लचिलो हुनासाथ आफू र आफ्नो पार्टीसमेत लचिलो हुन तयार रहेको दाहालले बताएका थिए ।

स्रोतका अनुसार दाहालले एमाले अध्यक्ष ओलीले झापा, मोरङ र सुनसरीलाई मधेससँग जोड्न नमानेकै कारण समस्या उत्पन्न भएको जानकारी गराएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...