Wednesday, December 17, 2014

उपराष्ट्रपतिकी श्रीमतीलाई पनि साढे नौ लाख

सचेन गौतम/नयाँ पत्रिका
काठमाडौं,  पुस
सरकारले उपराष्ट्रपति परमानन्द झाकी श्रीमती नविनाको उपचारका लागि झन्डै साढे नौ लाख रुपैयाँ दिएको छ । परराष्ट्र मन्त्रालयले रकम भुक्तानी पनि गरिसकेको छ ।
मन्त्रिपरिषद्को गत ४ मंसिरमा बसेको बैठकले नविनालाई नौ लाख ३० हजार एक सय १३ रुपैयाँ दिने निर्णय गरेको हो । उपराष्ट्रपति झाको दबाबमा सरकारले निर्णय गरेको स्रोतको दाबी छ ।
उपराष्ट्रपति झाकी पत्नी नविनाको भारतको म्याक्स केयर अस्पतालमा उपचार भएको थियो । नेपाली दूतावासमार्फत सरकारले अस्पताललाई भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले आर्थिक सहयोग गर्दा अर्थ मन्त्रालयको समर्थन माग्नुपर्ने कानुनी व्यवस्था छ । तर, नविनालाई मन्त्रिपरिषद्ले ठाडो निर्णय गरेर रकम दिएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार उपराष्ट्रपति झाकी श्रीमती कुनै सार्वजनिक पदमा छैनन् । ‘आर्थिक सहायताका नाममा मन्त्रिपरिषद्बाट ठाडै निर्णय भएर आउँछ, यसका आधारमा हामी रकम निकासा गर्न बाध्य छौँ,’ स्रोतले भन्यो । शक्तिमा भएका व्यक्तिले पहुँचका आधारमा उपचार खर्च लिइरहेका छन् ।
उपराष्ट्रपतिको मासिक तलब ८६ हजार चार सय २० रुपैयाँ छ । यसका अतिरिक्त अन्य सुविधा पनि छन् । सरकारले नै आवासको व्यवस्था गरेको छ ।
मंसिरमै सरकारले दानबहादुर विश्वकर्मालाई पाँच लाख, डा. मुरलीप्रसाद सिंहलाई एक लाख, तेजबहादुर पन्तलाई दुई लाख, मञ्जु पन्तलाई तीन लाख र लक्ष्मणकुमार श्रेष्ठलाई दुई लाख स्वास्थ्य उपचार खर्च दिएको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...