Wednesday, December 17, 2014

मोदी भन्दा सन्नी अगाडि

भारतमा सन् २०१४ मा सर्वाधिक खोजी गुगलमा कसको भयो होला, के तपाई अनुमान गर्न सक्नुहुन्छ । चर्चाका हिसाबले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सर्वाधिक खोजिएका व्यक्ती होलान् भन्ने तपाइलाई लाग्न सक्छ । तर, भारतका शक्तीशाली र चर्चित प्रधानमन्त्री मोदीको चर्चालाई बलिउड नायिका सन्नी लियोनीले उछिनेकी छिन् । सन्नीलाई भारतमा सर्वाधिक धेरै खोजी गरिएको छ ।


सर्च इन्जिन गुगलले सार्वजनिक गरेको ताजा सूचीमा सन्नीले मोदीलाई जित्दै पहिलो स्थान कब्जा गरेकी हुन् । दोश्रो स्थानमा प्रधानमन्त्री मोदी रहँदै गर्दा तेश्रो स्थानमा भने बलिउड नायक सलमान खान छन् । चौथो नम्बरमा बलिउड नायिका कट्रिना कैफलाई खोजिएको छ ।

विश्वमा हलिउड नायिका

गुगलले विश्वमा हलिउड नायिका जेनिफर लोरेन्सलाई खोजिएको जनाएको छ । २४ बर्षकी यी स्टारलाई विश्वभरबाट गुगलमा सर्वाधिक धेरै पटक खोजिएको हो । दोश्रो स्थानमा भने रियालिटी स्टार किम कार्दशियन परेकी छिन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...