Wednesday, December 17, 2014

दृष्टिबिहीन छात्रा बलात्कार गर्ने शिक्षकलाई दस वर्ष जेल

पोखरा । दृष्टिविहीन छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई कास्की जिल्ला अदालतले १० वर्ष जेल सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले अभियुक्त दण्डपाणि ढकाललाई जेल सजायका साथै पीडित महिलालाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

लेखनाथ नगरपालिकाको भण्डारढिकस्थित जनप्रकाश उमाविमा शिक्षकका रुपमा कार्यरत ढकालले सोही विद्यालयमा अध्ययनरत दृष्टिविहीन एक छात्रालाई बलात्कार गरेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख छ । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...