Wednesday, December 17, 2014

पत्नीको खुट्टा भाँचेर १० दिनसम्म घरैमा बन्धक

ध्रुव भट्टराई

२ पुस, बिराटनगर । महिलामाथि घरेलु हिंसाका घटना बढिरहेका बेला मोरङमा एक युवकले आफ्नी पत्नीलाई नराम्री भन्दै चिर्पटले हानेर खुट्टा भाँचेका छन् । घाइते युवतीलाई १० दिनपछि उद्धार गरेर अस्पताल भर्ना गरिएको छ ।

परिवारकै सदस्यबाट कुटपिटपछि घरमै बन्धक बनाइएकी मोरङ गोविन्दपुर(७ की पार्वती सहनीलाई १० दिनपछि छिमेकीले उद्धार गरेर अस्पताल पुर्‍याएका हुन् ।



स्थानीयका अनुसार सहनीलाई पति, सासु र ससुराले नराम्री भन्दै चिर्पटले हानेर तिघ्राको हड्डी भाँचिदिएका थिए । पति विजय मुखियाले गत मंसिर १७ गते चिर्पटले हानेर पार्वतीको दायाँ खुट्टा भाँचिदिएको पीडितले प्रहरीमा दर्ता गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा पार्वतीको तिघ्राको हाड भाँचिएर टुक्रा टुक्रा भएको उल्लेख छ । कुटपिटमा संलग्न पति पक्राउ परेका छन् ।

घटना सार्वजनिक हुने डरले पति विजय र सासू ससुराले हात(खुट्टा बाँधेर पार्वतीलाई घरकै कोठामा थुनेर राखेका थिए । छिमेकीले थाहा पाएपछि पार्वतीलाई उद्धार गरी बुधबार खुट्टाको शल्यक्रिया गरिएको छ ।
पार्वतीकी आमा सुमिता सहनीका अनुसार ज्वाइँ विजयले घरायसी विवादमा २१ वर्षी पार्वतीलाई चिर्पटले हानी खुट्टा भाँचिदिएका हुन् । ‘पतिले नराम्री भन्दै पिट्दा खुट्टा भाँचियो,’ अस्पतालको शैयाबाट पार्वतीले रुँदै भनिन्, ‘पीडा सहँदै १० दिन ओछ्यानमा बिताएँ ।’

घटना सार्बजनिक भएपछि माइती पक्ष पुग्दा पार्वती ओछ्यानमा छटपटाइरहेकी थिइन् । उनलाई उद्धार गरी मंसिर २९ गते उपचारका लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल भर्ना गरिएको हो ।
पार्वती र विजयबीच पाँच वर्षअघि मागी विवाह भएको थियो । माइती पक्षले विवाहमा २५ हजार नगद र एउटा गाईसमेत दाइजो दिएका थिए ।

विवाहको केही समयपछि विजय पैसा कमाउन भन्दै भारत गएका थिए । पञ्जाबमा मिस्त्री काम गर्दै आएका विजय लामो समयपछि भर्खरै घर फर्केका हुन् । विजय र पार्वतीका छोराछोरी छैनन् । लोग्ने लामोसमय विदेशमा बस्दा पनि उनी सासू ससुरा स्याहारेर घरमा बसेकी थिइन् ।

‘केहीसमय अघि मात्रै घर आएका उनले मलाई नराम्री भन्दै पटक(पटक कुटपीट गरे,’ आँसु पुछ्दै पार्वतीले अनलाइनखबरसँग भनिन् ।

विजयलाई इलाका प्रहरी कार्यालय सिँजुवाले नियन्त्रणमा लिएको छ । पार्वतीका बुवा रामप्रभुले इलाका प्रहरी कार्यालय सिँजुवामा गत मंसिर २९ गते ज्वाइँ विजयसहित सम्धी सम्धिनी विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रभु ढकालले पार्वतीलाई विजयले कुटपिटपछि घरैमा खुट्टामा काम्रो बाँधेर राखेको बताए । ‘खुट्टामा काम्रो लगाएको अवस्था थियो भन्ने जानकारी आएको छ,’ ढकालले अनलाइनखबरसँग भने, ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।’ अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...