Wednesday, December 17, 2014

मामाले नै भाञ्जाको अपहरण गरेपछि...

मनोहर कुमार
राजविराज । सिरहाको लहान नगरपालिका–३ का व्यापारी ३५ वर्षीय गुरुदयाल महतोलाई उनकै मामाले अपहरण गरेको खुलेको छ । उनलाई प्रहरीले बुधबार विहान सकुशल उद्धार गरेको छ ।

अपहरणमा संलग्न यादवका मामालाई पक्राउ गरेको छ । राजविराजस्थित अञ्चल प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले अपहरित महतो र अपहरणका मुख्य योजनाकार उनका मामा भारत मधुबनी डुमरबाना–१ का ३९ बर्षीय महेन्द्र महतोलाई सार्वजनिक गरेको छ ।


भारतीय प्रहरीको सहयोगमा अपहरणमा संलग्न महेन्द्रका भाई वीरेन्द्र महतोलाई पक्राउ गरेपछि बन्धक बनाई लुकाएको भारतको सुपौल जिल्ला कुरिवनबाट मुक्त गराएको प्रहरी बरिष्ठ उपरीक्षक रमेश भट्टराईले जानकारी दिए ।

उनीहरुलाई सप्तरीका प्रहरी नायव उपरीक्षक केदार ढकालको नेतृत्वमा गठित अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्युरो, क्षेत्रीय प्रहरी, अञ्चल प्रहरी, सप्तरी र सिरहा जिल्ला प्रहरी र लहान इलाका प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरिएको प्रबउ भट्टराईले बताए ।

अपहरणकारीले मोवाइल फोनबाट अपहरितका बुबा झमेली महतो र दाजु रामदयाल महतोलाई फोन गरी एक करोड रुपैयाँ फिरौती माग गर्दै प्रशासनलाई खबर नगर्न धम्की दिएका थिए ।

गुरुदयाललाई बन्दुक देखाई गत कार्तिक २९ गते राति ९ बजे पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको पंसेरा गाविस–७ अमहा चोकबाट अपहरण गरिएको थियो । सुनसरीको इटहरीबाट फर्कने क्रममा अपहरणकारीहरुले सिरहाको गोलबजारका लागि महतोको को।१च ६६४१ नम्बरको सुमो गाडी रिजर्भ गरी बाटोमा अपहरण गरेका थिए । अन्नपूर्णपोस्ट.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...