Tuesday, December 16, 2014

२८ मै ६० जस्तो देखिएपछि

चीनको हेनान प्रान्तकी हु जुआन भर्खरै २८ वर्षकी भइन् । तर, एउटा अनौठो रोगका कारण दुई बच्चाकी आमा यिनी ६० वर्षभन्दा बढीकी हजुरआमाजस्ती देखिन्छिन् ।

क्युटिस लाक्सा नामको रोगबाट पीडित भएका कारण जुआन यस्ती देखिएकी हुन् । ११ वर्षअघि पहिलो सन्तानको जन्म दिएलगत्तै उनलाई यो रोगले समातेको थियो । यस्तो रोगले अनुहारको भन्दा अन्यत्रको छालालाई भने असर गर्दैन ।



चिनियाँ वेबसाइट ‘सांघाइस्ट’का अनुसार यस्तो रोग लागेपछि उनी चरम निराशामा परेकी थिइन् र एकपटक आत्महत्याको प्रयाससमेत गरेको बताएकी छिन् ।  उनी ऐना हेर्दिनन् र अक्सर घरबाट बाहिर पनि निस्कन्नन् ।

असमयमै बुढी देखिए पनि उनका श्रीमान्ले भने उनलाई उत्तिकै माया गर्ने गरेको बताएकी छिन् । यो रोगको कुनै उपचार सम्भव छैन । जुआन कस्मेटिक सर्जरीका लागि सांघाई पुगकी छिन् । डाक्टरले उनको सर्जरी गर्ने बताएका छन्, तर कति सफल हुन्छ भनेर भन्न सकेका छैनन् । यस्तो रोगबाट हाल संसारमा करिब १० जना मात्र पीडित भएको बताइन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...