Thursday, December 18, 2014

बिदेसिँदै नेपाली पाइलट

नेपालमा दक्षता हासिल गरेर बिदेसिने नेपाली पाइलटको संख्या बढ्न थालेको छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । विदेशमा दुई सय घन्टाको कमर्सियल पाइलट लाइसेन्स सीपीएल लिएर नेपालको हवाई उड्डयन क्षेत्रमा प्रवेश गरेका पाइलट कोपाइलट हुँदै क्याप्टेन बनेर बिदेसिने क्रम बढेको छ। यसरी बिदेसिनेमा बुद्ध एअर र नेपाल वायुसेवा निगमका पाइलट बढी छन्।

निगममा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने करिब ७५ प्रतिशत क्याप्टेन दक्षता हासिल गर्दै बिदेसिने गरेका छन्। पछिल्लो सयम एटीआर जहाज उडाउने बुद्ध एअरका क्याप्टेन पनि बिदेसिएका छन्। बुद्ध एअरका एक प्रशिक्षक क्याप्टेनका अनुसार भर्खरै विवेक ताम्राकार इन्डोनेसिया गएका छन।


अन्य तीन जनाले पनि इन्डोनेसिया जाने तयारी गरिरहेका छन्। डेढ वर्षअगाडि क्याप्टेन प्रकाशबहादुर श्रेष्ठ र ६ महिनापहिला अञ्जन ताम्राकार पनि न्युजिल्यान्ड गएका थिए।

बुद्ध एअरमा दक्षता हासिल गरेका क्याप्टेनले विदेशमा अवसर पाएर जानुलाई सकारात्मक रूपमा नै लिनुपर्ने बुद्धका एक वरिष्ठ पाइलटको भनाइ छ। उनका अनुसार नेपाली पाइलटले पाउने यस्तो अवसरले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छविलाई निकै सकारात्मक रूपमा लिइन्छ।

बुद्धको एटीआर जहाज उडाउने क्याप्टेनले विदेशमा अवसर पाउने गरेका छन्। हाल बुद्धमा २२ जना पाइलट छन्। यीमध्ये एक्जामिनर चार जना छन्। यी चार जना भने कसैको पनि बिदेसिने तयारी नभएको बुद्धका एक पाइलटले बताए। उनका अनुसार क्याप्टेन भने रोलक्रमअनुसार नयाँ आउने भएकाले कुनै समस्या नभएको बुद्ध एअरले बताएको छ।

पाइलट बाहिरिनुले नयाँले अवसर पाउने, कोपाइलटलाई क्याप्टेन बन्ने अवसर आउने र बजारमा रहेको बेरोजगार पाइलटले पनि मौका पाउनसक्ने बुद्ध एअरका मानव संसाधन विभागका प्रबन्धक खगेन्द्र बस्नेत बताउँछन्।

  नेपालमा मासिक चारपाँच लाख रुपैयाँ पाउने प्रशिक्षक क्याप्टेनले विदेशमा कम्तीमा १५(१६ हजार डलरसम्म पाउँछन्।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...