Thursday, December 18, 2014

जाडो भयो प्रहरी दाई ? धन्दा नमान्नुस, चैतमा ज्याकेट आउँदैछ

जनधनको सुरक्षार्थ खटिने १५ हजार प्रहरीले यो वर्ष जाडोमा ज्याकेटविना काम्दै ड्युटी गर्नुपर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । दैनिक १२ घन्टाभन्दा धेरै खटिने प्रहरीले चैत्र लागेपछि मात्र जोडोमा लगाउने ज्याकेट पाउने भएका छन् ।

स्रोतका अनुसार जाडो बढेसँगै देशभरका प्रहरी कार्यालय करिव १५ हजार थान ज्याकेट माग्दै प्रहरी प्रधान कार्यालय ताकेता गरिरहेका छन् । तर, प्रहरी प्रधान कार्यालयले भने ज्याकेट नभएको जवाफ फर्काउने गरेको छ ।  प्रहरी प्रधान कार्यालयले ज्याकेट नदिएपछि केही प्रहरीले ड्युटी खटिने बेलामा एउटै ज्याकेट पालैपालो लगाउँछन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...