Saturday, July 19, 2014
Friday, July 18, 2014
सन्नी लियोन भन्दा कम छैनन् नेपाली पनि.....
दोहारी गायिका ज्योती मगरले 'पिरतीमा दम छ' नामक नयाँ सोलो एल्बम बजारमा ल्याएकी छन् ।
एल्बममा 'पिरतीमा दम छ' र 'जिम्मवाल बाउको छोरी' बोलका गीत रहेका छन्। गीतमा ज्योतिबाहेक रामचन्द्र काफ्ले र रामजी खाँणको स्वर रहेको छ। गीतको शब्द ज्योतिकै हो ।
म्युजिक भिडियोमा उनैले अभिनय गरेकी छिन् । बलिउड नायिका सन्नी लियोन भन्दा कम छैन उनकाे नाच
हेर्नुहोस भिडियो
Monday, July 14, 2014
फिफा विश्वकप २०१४-जर्मनी-रोचक पक्षहरू

जर्मनी पहिलो पल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । त्यसपछि उसले १९७४ र १९९० मा विश्वकप जित्यो । अहिलेको सफलतासँगै जर्मनी चौथोपल्ट च्यम्पियन भयो । यसो त जर्मनी दक्षिण अमेरिकी भुमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिम बनेको छ । सेमिफाइनलमा ब्राजिलविरुद्ध ७–१ को फराकिलो जित निकालेको जर्मनीलाई फाइनलमा भने अर्जेन्टिनाको कडा चुनौती बेहोर्नुप¥यो । अर्जेन्टिनी टिममा लियोनेल मेसी भएकाले पनि धेरैले विश्वकपका हकदारका रुपमा हेरिएको थियो । तर जर्मनीसँग कडा प्रतिस्पर्धामा मेसीको कौशल टिक्न सकेन । अर्जेन्टिना सेमिफाइनलमा डच टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै फाइनलमा आएको थियो ।
अर्जेन्टिना फाइनलमा आइपुगेपछि नेदरल्यान्डका स्ट्राईकर स्नाइडरले कुनैपनि हालतमा जर्मनीले विश्वकप जित्ने दाबी गरेका थिए । नेदरल्यान्ड ब्राजिललाई ३–० ले हराउदै तेस्रो स्थानमा चित्ता बुझाएर घर फक्र्यो । यो टोली अघिल्लो पटकको उपविजेता थियो । घरेलु मैदानमा आयोजना भएपनि ब्राजिलको प्रदर्शन भने खराब रह्यो । स्ट्राईकर नेमार घाइते भएपछि उनीहरुको दशा सुरु भएको बताइन्छ ।
गोल्डेन बल
लियोनल मेसी, अर्जेन्टिना
गोल्डेन बुट
जेम्स रेड्रिग्वेज, कोलम्बिया
उत्कृष्ट गोलकिपर
म्यानुएल नोए, जर्मनी
उत्कृष्ट युवा खेलाडी
पउल पोग्बा, फ्रान्स
जर्मनीलाई तीन अर्ब ५० करोड ५० लाख

उरुग्वेका स्ट्राइकर लुईस स्वारेज बेलाबेलामा असामान्य ब्यवहारबाट विवादमा तानिन्छन्।
रोचक रोचक

९ब्यवसायिक फुटबलका महंगा खेलाडी उनी स्वारेज ब्राजील विश्वकपमा सबैभन्दा विवादित रहे। इटालीबीरुद्ध समुहचरणको खेलमा इटालीका रक्षक जर्जियो चेलिनीलाई ढाडमा टोकेपछि स्वारेज विश्वकप नसक्दै घर फर्किएका थिए। मैदानमा विपक्षी खेलाडीलाई टोक्न माहिर स्वारेजले यसअघि पनि इङ्लियस प्रिमियर लिगमा प्रतिद्वन्दी खेलाडीलाई टोक्दै आएका थिए। स्वारेजले मैदानमा विपक्षी खेलाडीलाई टोकेको यो तेस्रो पटक थियो। विश्वकपमा चेलिनीलाई टोकेपछि भने उनी विश्वभर आलोचित बने। चेलिनीलाई टोकेपटि स्वारेजको विषयमा प्रतिमिनेट ४८ हजारको संख्याका आलोचित ट्वीट भएका थिए। टोकाईलाई लिएर फिफाले स्वारेजलाई चारमहिने प्रतिबन्धको कारबाही समेत गरेको छ। प्रतिबन्धको कारबाहीमा परेका २७ बर्षीय स्वारेज आगामी सिजनका लागि बार्सिलोनामा आवद्ध भएका छन्।
Sunday, July 13, 2014
Tuesday, July 1, 2014
तीन शेर्पा दिदिबहिनी केटु हिमालको अारोहणमा
एभरेस्ट टाइम्स पाक्षिक पत्रिकामा तीन दिदीबहिनीबारे यसरी छापिएको थियो ।
तीन शेर्पा दिदीबहिनी केटु हिमाल आरोहणको तयारीमा छन् । पाकिस्तानमा रहेको यो हिमाल सगरमाथापछिको अग्लो हिमाल हो । तर, आरोहण अनुभवीहरु केटु हिमाल सगरमाथाभन्दा जोखिमपूर्ण भएको बताउँछन् । ‘किलर माउन्टेन’का रुपमा चिनिन्छ केटुलाई । यही जोखिमपूर्ण हिमालको चुचुरोमा पुग्ने साहस गर्दैछन् माया शेर्पा, पासाङ ल्हामु शेर्पा र दावा याङजुम शेर्पा ।
ओखलढुंगाकी माया यसअघि नै दुईपटक सगरमाथाको चुचुरोमा पुगिसकेकी छिन् । भन्छिन्, ‘२००६ मा नेपालबाट गएँ, २००७ मा तिब्बतबाट ।’ आमादब्लम, कुमारी, छोयु, बरुन्छेजस्ता आधादर्जन हिमालको चुचुरोमा उनले यसअघि नै आफ्नो उपस्थिति जनाइसकेकी थिइन् । रसियाको ‘काङतेङ री’ हिमाल पनि नापिसकिन् उनले । काङतेङ री रसियाकै अग्लो हिमाल हो । श्रीमान पर्वतारोही नै हुन् । नाम आर्नोल्ड कोस्टर । छोरी चार वर्षकी भइन् । परिवारको सहयोग छ । त्यसैले मायाको साहस बढेको छ । र त, केटु चढ्ने रहर गर्दैछिन् ।
सोलुखुम्बुकी पासाङ ल्हामुको आफ्नो बेग्लै परिचय छ । नेपाल माउन्टेनियरिङ एसोसियनले दिने आरोहण तालिममा प्रशिक्षण दिने एक्ली महिला हुन् उनी । उनले सन् २००७ मा सगरमाथा आरोहण गरिसकेकी छिन् । आफूलाई फ्रिलान्स गाइड बताउने उनी अमेरिकाको स्याटल हिमालमा गाइड बनेर बेलाबेला पुग्छिन् । उनी पनि विवाहित नै हुन् । तर, उनका श्रीमान भने ‘क्लाइम्बिङ’ भन्दा फरक क्षेत्रका हुन् । पासाङ भन्छिन्, ‘तैपनि मलाई खासै अप्ठेरो छैन, परिवारको अनुमति छ, सहयोग छ ।’ आमादब्लमलगायत अन्य आधादर्जन हिमालको चुचुरोमा उनी पनि पुगिसेककी छिन् । नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पासँग नाम मिल्दा खुसी छिन् उनी । भन्छिन्, ‘संयोग नै भनौ, मेरो नाम र उहाँको नाम मिलेको छ, यसमा दुःख मान्नुपर्ने कुनै कारण देख्दिनँ ।’
टोलीकी कान्छी सदस्य हुन् दावा याङजुम । उनी दोलखाकी । सन् २०१२ मा सगरमाथा आरोहण गरेकी उनी हालै छोयुको चुचुरोमा पुगेर आएकी हुन् । आमादब्लमलगायतका अन्य ‘पिक’हरुमा उनले पनि पाइला राखिसकेकी छिन् । श्रीमान पासाङ तेन्जिङ शेर्पा १० पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । गाउँ नै आरोहीहरुले भरिभराउ भएपछि आफूलाई सानैदेखि आरोही बन्न मनलागेको उनले सुनाइन् ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर संसार नियालिसकेका तीनैजना दोस्रो अग्लो हिमाल किन चढ्दैछन् त ? ‘केटु आफैमा जोखिमपूर्ण हिमाल हो, संसारका आरोहीहरु यो हिमालको चुचुरोमा आफ्नो पाइला राख्न चाहन्छन्, तर जोखिम मोल्नुपर्छ, यसैले हामीले पनि आँटेका हांै,’ तीनैजनाको आवाज मिसियो, ‘केटुमा पहिलो नेपाली महिला पुग्दैछन्, यो रेकर्ड राख्ने कुरा छँदै छ ।’
माया भन्छिन्, ‘केटु हरेक क्लाइम्बरको सपना हो, खतरा मोलेर चढ्नुपर्छ, सायद एकचोटि चढछन् आरोहीहरु, तर सगरमाथा अर्कोपटक पनि चढ्न सकिन्छ ।’ पासाङ भन्छिन्, ‘एभरेस्ट इज नट इनफ ।’ खतरा मोल्नुपर्ने भनिएको हिमाल केटुको विजयमा लागेका छन् उनीहरु । तीनैजना केटुको तयारीमा दौडधुप गर्दैछन् । अभियानलाई सफल पार्न सहयोगी पनि चाहियो ।
जोखिमपूर्ण हिमाल चढ्ने तयारी कस्तो चल्दैछ त ? ‘नेपालमा केटुसँग मिल्ने कुनै हिमाल छैन, त्यसैले हामीले तयारीका लागि कतै अभ्यास भने गर्न पाएनौ,’ पासाङले भनिन् । ‘किलर माउन्टेन’ भनेकाले विरलै आरोहीहरु यहाँ चढ्ने आँट गर्छन् । बाटो राम्रो छैन । केटु सगरमाथाभन्दा जम्माजम्मी २३७ मिटर होचो छ । हरेक हिमाल आरोहण जोखिमपूर्ण हुन्छन् । तर, तीमध्येमा बढी जोखिमपूर्ण केटु नै भएको तीन शेर्पा दिदीबहिनीको दाबी छ ।
आँटे नपुग्ने के छ र ? त्यस्तै लाग्छ रे दावालाई । त्यसैले भन्छिन्, ‘कुनै दिन केटु चढ्ने सपना थियो, आज त्यो सपना योजना बन्दै यहाँ आइपुगेको छ, भोलि केटुकै चुचुरो पुग्ने लक्ष्य लिएर जाँदैछौ, आँट गरिसकेका छौं, पक्कै पुरा हुनेछ ।’ थोरै डर, धेरै उत्साह शरीरमा सिञ्चित भइसकेको दावाले सुनाइन् ।
दुई महिनामा आरोहण पूरा गर्ने योजना छ उनीहरुको । आरोहणमा सघाउने दलमा नेपाली नै हुनेछन् । कारण सुनाइन् मायाले, ‘नेपाली दाजुभाइको आत्मीयता र विश्वासले हाम्रो लक्ष्यमा अझ बल मिल्नेछ, त्यसैले आरोहण दल सबै नेपाली नै हुनेछन् ।’ टोलीमा सबै नेपाली हुने भएकोले खर्च धेरै लाग्नेछ । आरोहणकै लागि उनीहरु सहयोग जुटाउन लागिपरेका छन् ।
अहिलेसम्म उनीहरुले ८० प्रतिशत खर्च जुटिसकेको छ । बाँकी भने निकै मुश्किल भइरहेको टोलीले सुनाए । उनीहरुलाई इसिमोड, शेर्पा एडभेन्चर गियर, नेपाल माउन्टेनियरिङ एसोसिएसन, टान, याक माउन्टेन गियर, छोयु ट्रेकिङ, मल्टि एडभेन्चरलगायत दर्जनौं कम्पनी र व्यक्तिहरुले सघाएका छन् । नेपाल सरकारले भने उनीहरुको यात्राका लागि कुनै सहयोग नगरेको उनीहरुले बताए । पर्यटन बोर्डमा लामो समय भएको आन्दोलनले गर्दा प्रक्रिया अगाडि नबढेको गुनासो उनीहरुको थियो । त्यसो त सगरमाथामा भएको दुर्घटनाले पनि उनीहरुको आर्थिक अभियानमा केही अवरोध आयो । अहिले आरोहीका परिवार र शुभचिन्तक शोकमा छन् । हिमाल आरोहणलाई यसवर्ष सकेसम्म टाढैको विषय बनाउन चाहन्छन् । तर, तीन दिदीबहिनी भने शोकलाई शक्तिमा बदल्न लागिपरेका छन् ।
जुन १९ मा उनीहरु पाकिस्तान उड्नेछन् । यसअघि जुन १५ मा जाने तयारी थियो । खर्चकै कारण केही दिन ढिला भएको टोलीको भनाई छ । ‘तर, केटु जाने टोलीका लागि खर्च भने जुटिसकेको छैन,’ माया शेर्पाले भनिन्, ‘सहयोग जुटाउन मुश्किल भइरहेको छ ।’ उनीहरुका अनुसार आरोहण टोली नेपालबाटै जानेछन् । यसैले उनीहरुको खर्च पनि बढी नै लाग्नेछ । ‘अझै पनि दाताहरुबाट सहयोगको आपेक्ष गरिरहेका छौं,’ शेर्पाले भनिन्, ‘किनकि हामीले त्यहाँसम्म अब जसरी नि पुग्नुछ ।’ केटु अभियानमा लागेको टोली २ महिनामा आफ्नो लक्ष्य पूरा गर्ने योजना बनाएका छन् । केटु आरोहण सफल होस् । हाम्रो पनि शुभकामना ।

Subscribe to:
Posts (Atom)
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...