
जर्मनी पहिलो पल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । त्यसपछि उसले १९७४ र १९९० मा विश्वकप जित्यो । अहिलेको सफलतासँगै जर्मनी चौथोपल्ट च्यम्पियन भयो । यसो त जर्मनी दक्षिण अमेरिकी भुमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिम बनेको छ । सेमिफाइनलमा ब्राजिलविरुद्ध ७–१ को फराकिलो जित निकालेको जर्मनीलाई फाइनलमा भने अर्जेन्टिनाको कडा चुनौती बेहोर्नुप¥यो । अर्जेन्टिनी टिममा लियोनेल मेसी भएकाले पनि धेरैले विश्वकपका हकदारका रुपमा हेरिएको थियो । तर जर्मनीसँग कडा प्रतिस्पर्धामा मेसीको कौशल टिक्न सकेन । अर्जेन्टिना सेमिफाइनलमा डच टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै फाइनलमा आएको थियो ।
अर्जेन्टिना फाइनलमा आइपुगेपछि नेदरल्यान्डका स्ट्राईकर स्नाइडरले कुनैपनि हालतमा जर्मनीले विश्वकप जित्ने दाबी गरेका थिए । नेदरल्यान्ड ब्राजिललाई ३–० ले हराउदै तेस्रो स्थानमा चित्ता बुझाएर घर फक्र्यो । यो टोली अघिल्लो पटकको उपविजेता थियो । घरेलु मैदानमा आयोजना भएपनि ब्राजिलको प्रदर्शन भने खराब रह्यो । स्ट्राईकर नेमार घाइते भएपछि उनीहरुको दशा सुरु भएको बताइन्छ ।
गोल्डेन बल
लियोनल मेसी, अर्जेन्टिना
गोल्डेन बुट
जेम्स रेड्रिग्वेज, कोलम्बिया
उत्कृष्ट गोलकिपर
म्यानुएल नोए, जर्मनी
उत्कृष्ट युवा खेलाडी
पउल पोग्बा, फ्रान्स
जर्मनीलाई तीन अर्ब ५० करोड ५० लाख

उरुग्वेका स्ट्राइकर लुईस स्वारेज बेलाबेलामा असामान्य ब्यवहारबाट विवादमा तानिन्छन्।
रोचक रोचक

९ब्यवसायिक फुटबलका महंगा खेलाडी उनी स्वारेज ब्राजील विश्वकपमा सबैभन्दा विवादित रहे। इटालीबीरुद्ध समुहचरणको खेलमा इटालीका रक्षक जर्जियो चेलिनीलाई ढाडमा टोकेपछि स्वारेज विश्वकप नसक्दै घर फर्किएका थिए। मैदानमा विपक्षी खेलाडीलाई टोक्न माहिर स्वारेजले यसअघि पनि इङ्लियस प्रिमियर लिगमा प्रतिद्वन्दी खेलाडीलाई टोक्दै आएका थिए। स्वारेजले मैदानमा विपक्षी खेलाडीलाई टोकेको यो तेस्रो पटक थियो। विश्वकपमा चेलिनीलाई टोकेपछि भने उनी विश्वभर आलोचित बने। चेलिनीलाई टोकेपटि स्वारेजको विषयमा प्रतिमिनेट ४८ हजारको संख्याका आलोचित ट्वीट भएका थिए। टोकाईलाई लिएर फिफाले स्वारेजलाई चारमहिने प्रतिबन्धको कारबाही समेत गरेको छ। प्रतिबन्धको कारबाहीमा परेका २७ बर्षीय स्वारेज आगामी सिजनका लागि बार्सिलोनामा आवद्ध भएका छन्।
No comments:
Post a Comment