Saturday, March 22, 2014

आस्था बीलाइ जानुपर्ने फोन मलाई आउँछन्–आस्था राउत

‘सालको पात टपरी गाँसेर..’ 

रिमिक्स गीतबाट गायनमा उदाएकी आस्था राउत हिजोआज स्टेज कार्यक्रममा व्यस्त छिन् । दुई महिना यता स्टेज कार्यक्रममा भ्याईनभ्याई भएको बताउने उनी एभरेस्ट टाइम्ससँगको भेटमा दाङ महोत्सवमा जान हतारिएकी थिइन् ।

उनकै अनुसार पहिलो एल्बम ‘आधार’ आएको केही दिनमै ‘डिमान्ड’ बढ्न थाल्यो । ‘खै त मलाई झुम्के बुलाँकी’, ‘चौबन्दीमा पटुकी’ बोलका गीत हिट भए । फिल्म मायाज् बारको शीर्ष गीत ‘माया, मरिगएँ मायामा’ बोलको गीतले पनि उनलाई धेरैमाझ चिनायो । ‘बोल्ड’ स्वरकी धनी उनले अहिलेसम्म ३५ गीतमा स्वर भरिसकेको बताउँछिन् ।

सानैदेखि गायन क्षेत्रमा रुची राखेकी आस्था आफू सांगीतिक परिवारमा हुर्कन पाएकोमा गर्व गर्छिन् । उनका बुबा हरिबहादर वरिष्ठ लोकगायक हुने भने आमा सबित्री रचनाकार । छोटो समयमै गायनमा बेग्लै पहिचान बनाउन सफल उनै गायिका आस्था राउतसँग नेत्र तामाङले गरेको कुराकानी :

कार्यक्रमहरुमै व्यस्त हुनुहुन्छ ?


हो नि । दुई महिनायता पूर्वमा इलामदेखि पश्चिममा नेपालगंजसम्म पुगियो । रमाइलो भइरहेको छ । श्रोता दर्शकले आस्था राउतलाई मन पराइदिनुभएको छ । निकै खुसी लागिरहेको छ यत्तिको व्यस्त हुन पाउँदा ।

पहिलो एल्बमबाटै प्रशस्तै प्रशंसा पाउनुभयो है तपाईले ?

मेरो पहिलो एल्बम ६ महिनाअघिमात्र रिलिज भएको हो । यसमा रहेका झुम्के बुलाँकी, चौबन्दीमा पटुकी बोलका गीत निकै चर्चित भए । गीत स्तरीय र राम्रो भएपछि श्रोताले मन पराए । फेरि म गीत छनोटमा विशेष ध्यान दिन्छु । सन्देशमुलक र मन छुने खालका गीतहरु भएकाले श्रोता दर्शकले मनपराइदिनुभयो । यसको पछाडि वरिष्ठ संगीतकार सुरेश अधिकारी अंकलको विशेष योगदान छ । उहाँकै सिकाईले म यहाँसम्म आइपुगेकी हुँ ।

झुम्के बुलाँकी कस्तो प्रकारको गीत हो ?

बुलाँकी आमाहरुले मात्र लाएको देखिन्छ । युवा पुस्ताले यसलाई बिर्सन थालिसके । यो लगाउनैपर्छ भन्ने पनि होइन । तर गीतमा छोरी मान्छेलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्छ भन्ने सन्देश छ । यसका लागि छोरीलाई पढाउनुपर्छ ।

सानैदेखिको सोख हो गायनमा लाग्ने ?

१० वर्षदेखि नै गाउन थालेकी । काठमाडौं उपत्यकास्तरीय गीत प्रतियोगितामा म तीनपटक पहिलो भएँ । परिवारिक वातावरण नै सांगीतिक भएकोले मलाई गाउन निकै सजिलो पनि भयो ।

गायन क्षेत्रमा तीनजना आस्था चर्चामा छन्, कार्यक्रमहरु कत्तिको जुध्छन् ?

कार्यक्रम नै जुधेको त छैन । तर आस्था बीलाई जानुपर्ने फोनहरु मलाई आउँछन् । मलाई आउनुपर्ने फोन त्यता जाने रहेछ । स्टेज प्रोग्रामका कुरा पनि यताउता हुन्छन् । अन्तर्वार्ता लिनेहरु पनि कहिलेकही झुक्किने रहेछन् । आस्था तामाङ मास्के भने विदेशमै बढी रहनुहुने भएकोले उहाँलाई त्यस्तो भएको छैन रे ।

तपार्इं अमेरिका पनि जानुभएको रहेछ, फेरि जानुहुन्छ कि ?

पढाईको लागि त्यता पुगेकी थिएँ । बोस्टनमा बसियो । न्युयोर्क लगायत केही सहरहरु घुमियो पनि । मसँगै गएका साथीहरु त्यतै छन् । आफन्तहरु पनि हुनुहुन्छ । त्यता पुगेपछि आमाको याद आइरह्यो । आमाले पकाउनुभएको रायो, चम्सुर, पालुंगोको रसमा भात खान पाल्केको मान्छे ।

ती ठाउँहरु निकै राम्रा भएपनि त्यता मन अडिएन । म आमालाई सम्झिदै प्राय दिनहुँ जसो रुन्थें । मेरो एल्बम पनि गर्नुथियो । त्यसैले नपढिकनै म फर्कें । अहिले गायनमैं व्यस्त भएकोले त्यता गइहाल्ने सोच बनाएकी छैन ।

अर्को एल्बमको तयारी गर्नुभएको छ कि ?

तत्कालै एल्बम निकाल्ने योजना त छैन । बालगीत छन् । अनाथ बालबालिकासम्बन्धी गीत गाएकी थिएँ । तिनलाई मूर्त रुप दिने सोच बनाएकी छु ।




No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...