Friday, August 10, 2012

विदेश सीप सिकेर जानु राम्रो- पुर्णचन्द्र भट्टराई, महानिर्देशक बैदेशिक रोजगार विभाग



बैदेशिक रोजगारमा जाने नेपालीको संख्या वर्षेनि बढ्दो छ । त्यतिकै रुपमा यस व्यवसायमा समस्या पनि थपिदै छन् । बैदेशिक रोजगार विभागका अनुसार २५ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । नेपालीहरुको अवस्था विदेशमा दयानीय भएको सुनिन्छ । विदेशमा रहेका नेपाली श्रमिकको अवस्था सुधार्न बैदेशिक रोजगार विभागले ल्याउने कार्यक्रम र समसमायिक विषयमा विभागका निर्देशक पुर्णचन्द्र भट्टराईसँग गरिएको कुराकानी:
विदेशिने नेपालीको संख्याको अवस्था कस्तो छ ?
चालु आर्थिक वर्षमा विदेशिने नेपालीको संख्या ८ प्रतिशतले बृद्धि भएको देखिन्छ । गएको साल १० प्रतिशतले बृद्धि भएको थियो ।
कुन देशमा बढी जान्छन् नेपाली ? गएको साल मलेशियामा धेरै गएको देखियो । यसपाला कतारमा जाने बढे ।
कतार आकर्षक बन्नुको कारण के होला ? कतारको विकास तीव्र भइरहेकोले पनि हो । सन् २०२० मा कतारले विश्वकप आयोजना पनि गर्दैछ । त्यसैले नेपालीहरु त्यता आकार्षित भएका हुन् ।
मलेसियामा न्युनतम तलब बढेको थियो त्यता जाने घट्नु नपर्ने होइन र ? तलब बढ्ने कुरा राजनीतिक रुपमा मात्र घोषणा भएको रहेछ । त्यहाँको मानव संसाधन मन्त्रालयका अनुसार २०१३ पछि मात्र घोषणा कार्यान्वयन हुने भनिएको छ ।
रोजगारमा गएका नेपालीहरुको अवस्था कस्तो पाउनुभएको छ ? नेपालीहरु धेरै जसो श्रमिकलेबर पदमा जान्छन् । रोजगारका लागि विदेशिएका ७४ प्रतिशत यही पदमा पुगेका छन् । जति तल्लो तहमा गयो उति जोखिम मोल्नुपर्छ । धेरैजसो सीप नलिई विदेश गएका छन् । सीप विना गएकाहरु थ्रीडीडर्टी डिफिकल्ट ड्यामेजमा पर्न सक्छन् ।
श्रमिकको अवस्था सुधार्न तपाईहरुले के गर्दै हुनुहुन्छ ? प्रमुख गन्तव्य मुलुकका रोजगार सम्बन्धी निकायहरुमा हामीले नेपालीहरुलाई सुपरभाइचर धेरै लिईदिनुपर् यो भनी लविङ गरिरहेका छौ । यसले नेपाली कामदारलाई काम गर्न सजिलो हुनेछ र जोखिमहरु हट्दै जानेछन् ।
सीप सिकेर जान के-कस्ता कार्यक्रम छन् ? हामीकहाँ सरकारी तहमा देशभर १४ वटा सीपविकास तालिम केन्द्र छन् । घरेलु उद्योगले पनि तालिम दिइरहेका छन् । नीजिस्तरका कार्यक्रम सिटिइभिटीले साचालन गरेका कार्यक्रममा पनि सीप सिक्न सक्छन् ।
तपाईहरुको तथ्यांकामा भन्दा बढी नेपाली विदेशिएका छन् ती पक्कै चोरबाटो हुदै गएका होलान नि हैन ? पहिले महिलाहरुलाई चोरबाटो हुदै लगिन्थ्यो । अहिले गल्फ कन्ट्रीमा जान स्वीकृति दिइसकेको अवस्थामा चोरबाटो जाने घटेका छन् । तैपनि अनिश्चित प्रकारका श्रम गराउने चोरबाटो रोज्छन् । बोर्डरमा हाम्रो कुनै संगठन छैन । तैपनि हामीले गाउँ नगर साचार माध्यममा चेतनामुलक कार्यक्रम साचालन गरी अनधिकृत रुपमा विदेश नजान सचेत पारिरहेका हुन्छौ ।
तर मानिसहरु त गइरहेका छन् नि ? अवैध दलालहरुको भर पर्दा यस्तो भएको हो । त्यसैले हामीले दलाललाई कानुनी दायरामा ल्याउदैछौ । अहिले सम्म ४० जनाले प्रमाणपत्र लिइसकेका छन् । अवैध दलाल नियन्त्रण गर्दै लाने हाम्रो प्रयास जारी छ ।
त्यस्ता दलाललाई कर्बाही हुदैन ? हामीले गैरकानुनी बाटो रोजगारमा लैजाने त्यस्ता दलाललाई मानव वेचविखनको रुपमा लिएका छौ । श्रम स्विकृति विना रोजगारमा पठाएको प्रमाणित भएमा अभियुक्तलाई वैदेशिक रोजगार ऐन भन्दा मानव वेचविखनको कानुन लगाएर कार्बाही गर्छौ ।
म्यानपावनर कम्पनीले पनि श्रमस्विकृति नलिई पठाइरहेका हुन्छन् नि ? यस्ता कि्रयाकलापलाई निस्तेज पार्न हालै पोखरा तनहुँ इटहरी र झापामा हामीले अनुगमन गरेका थियौ । त्यहाँ अनुमति वेगर म्यानपावरका शाखा खुलेका त्यहाँका साचार माध्यममा बढी तलब देखाएर विज्ञापन गराएका हामीले पायौ । तिनीहरुलाई कारबाही गरिसकेको छ । काठमाडौंमा पनि अनुगमन भइरहेको छ । बढी जसो व्यक्तिले नै सोझै पठाउनेमा यस्तो समस्या आइरहेको छ । यस आर्थिक वर्षमा परेका १ सय ९६ मुद्दा मध्ये १ सय ८६ व्यक्तिगत थिए ।
तर दुतावासले कम्पनी किटेरै पठाउँदा पनि विभागले कारबाही गदैै्रनन् भनिन्छ नि ? दुतावासले चिठी पठाउदैमा हामीले कर्बाही गरिहाल्न मिल्दैन । प्रमाण चाहिन्छ । विधिको शासन अनुसार चल्नैपर्छ । दुतावासले प्रमाणसहित पठाएका म्यानपावरलाई हामीले कार्बाही गरेका छौ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...