Wednesday, July 18, 2012

एउटा यस्तो स्कुल जहाँ विद्यार्थीलाई शिक्षकले नै दिन्छन् कापीकलम र ड्रेस

हामी अंग्रेजीमै पढ्छौ तर जिके ग्रामर र ड्रइङ किताबहरु हामीसँग छैनन्
नेत्र तामाङ
ललितपुर-सातदोबाटोदेखि ५ किलोमिटरको दुरीमा रहेको ठेचों-१ मा एउटा सानो स्कुल छ । स्कुलको नाम ब्रम्हायणी प्रावि । प्राविमा ३८ विद्यार्थी छन् । चार शिक्षकशिक्षिका । स्कुलमा आउने सबैले पोशाक कापीकलम सित्तैमा पाउँछन् । यही खुसी छ उनीहरुलाई केही दिनदेखि खाजाको व्यवस्था पनि गरिदैछ ।
कक्षा ४ की विशु स्याङतानले भनिन्
'हामीलाई सरमिसले धेरै माया गर्नुहुन्छ क्लासवर्कका लागि पनि उहाँहरुले नै कापीकलम दिनुहुन्छ ।' स्कुलको पढाई पनि नीजि स्तरकै साचालन गर्न लागेका छन् । केही किताबका अभाव रहेको पेमा स्याङतानले बताए । उनले भने 'हामी अंग्रेजीमै पढ्छौ तर जिके ग्रामर र ड्रइङ किताबहरु हामीसँग छैनन् ।'
चारसम्मको पढाई हुने सरकारी स्कुलमा यो सुविधा कुनै संघसंस्था वा कुनै दातृ निकायले गरेको भने हैन । प्राविकै शिक्षकशिक्षिकाले आफ्नो तलबको केही प्रतिशत कटाएर विद्यार्थीलाई नियमित यस्तो सुविधा दिन थालेका हुन् ।
प्राविकी प्रधानाध्यापिका अाजना अधिकारी भन्छिन् 'यहाँ पढ्न आउने धेरजसो श्रमिकका छोराछोरी छन् उनीहरु कापीकलम किनेर पठाउदैनन् हामीले आफ्नै तलबको केही प्रतिशत निकालेर कापीकलम किनिदिन्छौ ।' हरेक छात्राका लागि सरकारले १ सय ५० रुपैया उपलब्ध गराएकोमा त्यसमा थपेर पोशाक किन्दिने उनले सुनाए । 'ड्रेसलाई १ सय ५० आउँछ पाँचसय घटी ड्रेस आउँदैनु अधिकारीले भनिन् ुनपुगेको रकम हामी थप्दिन्छौ छात्रका लागि पनि हामीले नै व्यवस्था गर्दै आएका छौ ।'
अधिकारीको अभियानलाई प्राविका शिक्षकशिक्षिकाले खुसीसाथ सघाइरहेका छन् । स्कुलको अवस्था सुधार्न तुलसीराम महर्जन नीजि स्कुल छाडेर यही स्कुलमा पढाउदैछन् । नीजि स्रोतमा पढाउने उनले भने 'यहाँ मेरो तलब कम छ यही कम तलबको केही भाग विद्यार्थीमा खर्चिन्छु किनभने आँगनको स्कुलमा विद्यार्थी बढाउनुछ ।' तलबकै विषयमा घरमा कचकच परेपनि उनी सेवा गर्न पाएकोमा खुसी छन् ।
ठेचोंकै सुभद्रा महर्जन नस्ररीमा पढाउँछिन् । प्राविमा सबैभन्दा कम तलब उनैको छ । 'स्कुलको आयस्रोत कम छ यसलाई बचायो भने हाम्रो काम गर्ने थलो पनि बच्छ' उनी भन्छिन् 'त्यसैले सक्दो सहयोग त गर्नैपर्यो नि ।'
सबै शिक्षकशिक्षिकाको सहयोगले विद्यार्थी पनि खुसी छन् । अब उनीहरुले दिउँसोको खाजा पनि खाना पाउने भएका छन् । शिक्षिका मैया केसी भन्छिन् 'यसको लागि हामीले तलबबाट थप रकम निकाल्नुपर्छ यसको तयारी हुदैछ ।' तैपनि विद्यार्थीका लागि चाहिने पाठ्यसामग्री अतिरिक्त कि्रयाकलापका सामग्री प्राविमा छैनन् । नस्ररीका विद्यार्थी चिसा भुईमा पढ्न बाध्य छन् । खेलमैदान छैनन् । उनीहरुका लागि चाहिने चित्रहरु शिक्षकशिक्षिकाले नै तयार पारेका छन् ।
प्राविमा विद्यार्थी घट्न नदिन सक्दो सहयोग गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर महर्जनले बताए । उनले भने 'हामीलाई गाविसको सहयोग घट्दैछ स्थानीयको सहयोग पनि त्यति छैन शिक्षकशिक्षिकाको सहयोगमै स्कुल चलेको छ ।'

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...