Sunday, July 17, 2011

आर्थिक विधेयक २०६८

नेपालसरकारको अर्थ सम्वन्धीप्रस्तावहरुलाई

कार्यान्वयन गर्न केही महसुल कर पोतशुल्कर दस्तुर

लगाउन लगाई राखेकोलाई चालु राख्नहेरफेरगर्न तथा



राजस्व प्रशासन सम्वन्धी प्रचलित केही नेपाल कानूनलाई संशोधन गर्नसमेत आवश्यक भएकोलेप्रस्तुत विधेयक पेश गर्नुपरेकोहो।



प्रस्तुत विधेयकको व्यवस्थाले राजश्व कर शुल्क पोत र दस्तुरकोनिर्धारण यस्तोकर दस्तुरकोदर वढाउन



घटाउन वा आंशिक वा पुरै छुट दिने व्यवस्थाको अलावा भन्सार महसुल कृषि सुधार शुल्क स्वास्थ्य सेवा कर शिक्षा सेवा शुल्क चलचित्र विकास शुल्क प्रदुषण नियन्त्रण शुल्क सवारी साधन कर सडक निर्माण तथा सम्भार दस्तुर रजिष्ट्रेशन दस्तुर लगायतका शुल्क दस्तुर कर सम्वन्धी व्यवस्थाहरु निर्धारण गर्नको अलावा आयकर ऐन २०५८ अन्तःशुल्क ऐन २०५८ मूल्य अभिवृद्धि कर ऐन २०५२ भन्सार ऐन २०६४ राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ र मदिरा ऐन २०३१ मा समयानुकूल संशोधन समेत गरिएकोछ ।



द्रष्टव्य ः- योविधेयक अर्थविधेयक हो।









भरत मोहन अधिकारी उप प्रधानमन्त्री तथा अर्थमन्त्री

नेपाल सरकारकोअर्थसम्बन्धी प्रस्तावलाईकार्यान्वयन गर्नबनेकोविधेयक



प्रस्तावना ः नेपाल सरकारको आर्थिक बर्ष २०६८÷६९ को अर्थ सम्बन्धी प्रस्तावलाईकार्यान्वयन गर्नकेही महसुल कर पोत शुल्क र दस्तुर लगाउन लगाईराखेकोलाईचालूराख्न वा हेरफेर गर्नतथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाईसंशोधन गर्नसमेत वााछनीय भएकोले



नेपालकोअन्तरिम संविधान २०६३ कोधारा ८३ बमोजिमकोव्यवस्थापिका- संसदकोहैसियतमा संविधान सभालेयोऐन बनाएकोछ ।



१। संक्षिप्त नाम र प्रारम्भ ः १ यस ऐनकोनाम ूआर्थिक ऐन २०६८ू रहेकोछ ।



२ यस ऐनकोदफा १२३४५ र १० तुरुन्त प्रारम्भ हुनेछन्र अन्य दफाहरु सम्वत्२०६८ साल श्रावण १ गतेदेखि लागुहुनेछन्।



२।भन्सार महसुल ः १ विदेशबाटनेपालभित्रपैठारीहुने

मालवस्तुहरुमा अनुसूची-१ बमोजिम भन्सार महसुललगाइने र

असूलउपर गरिनेछ ।

२ नेपालबाट विदेशमा निकासी हुने मालवस्तुहरुमा

अनुसूची-२ बमोजिम भन्सार महसुल लगाइनेर असुलउपर गरिनेछ ।

३।भन्सार सेवा दस्तुर ः नेपालबाट विदेशमा निकासी हुनेर विदेशबाट

नेपालमा पैठारी हुनेमालवस्तुकोप्रति प्रज्ञापनपत्रमा निकासी बापत

छ सय रुपैयाँर पैठारी बापत पाँच सय रुपैयाँभन्सार सेवा दस्तुर

लगाइनेर असुलउपर गरिनेछ ।

तर निकासी महसुल लाग्ने मालवस्तुहरु कूटनैतिकतथा

महसुल सुविधामा निकासी वा पैठारी हुनेमालवस्तुहरु तथा महसुल

तिरी अस्थायी पैठारी हुने मालवस्तुहरु हवाईमार्गबाट यात्रुले

आपुूसँगै लैजाने मालवस्तुहरु र पाँचहजाररुपैयाँसम्म मूल्यको

निकासी वा पैठारी हुने मालवस्तुहरुमाभन्सारसेवादस्तुरलाग्ने

छैन ।

४।कृषि सुधार शुल्क ः आर्थिक वर्ष२०६८÷०६९ मा अनसूचीु-१ को

दफा १६ मा उल्लिखित मालवस्तुपैठारी हुँदा पैठारी मूल्यमा पाँच

प्रतिशतका दरलेकृषि सुधार शुल्क लगाइनेर असुलउपर गरिनेछ ।

तर त्यस्ता मालवस्तुहरुको पैठारी हुँदा भन्सार महसुल लाग्नेरहेछ भनेत्यस्तोपैठारीमा कृषि सुधार शुल्क लाग्नेछैन ।



५।अन्तःशुल्क ः आर्थिक वर्ष२०६८÷०६९ मा नेपालभित्रकोमिल वा

कारखानामा उत्पादन वा तयार भएका मालवस्तु पदार्थवा पैठारी

भएका मालवस्तु पदार्थवा सेवामा अन्तःशुल्क ऐन २०५८ बमोजिम

अन्तःशुल्क लगाईनेर असुलउपर गरिनेछ ।

६।मूल्य अभिवृद्धि कर ः आर्थिक वर्ष२०६८÷०६९ मा मूल्य अभिवृद्धि

कर ऐन २०५२ बमोजिम मूल्य अभिवृद्धि कर लगाइनेर असुलउपर

गरिनेछ ।

७।स्वास्थ्य सेवा कर ः १आर्थिकवर्ष २०६८÷०६९मानेपाल

सरकारले प्रदान गर्ने स्वास्थ्य सेवार सामुदायिक अस्पतालहरुले

प्रदान गर्ने स्वास्थ्यसेवाबाहेककाअन्य निकायहरुले प्रदान गर्ने

स्वास्थ्य सेवाहरुमाजारीबिजक मूल्यको पाँचप्रतिशतकादरले

स्वास्थ्य सेवा कर लगाईनेर असुलउपर गरिनेछ ।

२ उपदफा १बमोजिमको स्वास्थ्यसेवाकर त्यस्तो

सेवा प्रदान गर्ने व्यक्तिसंस्था वानिकायले बिजकजारीगरी

असुलउपर गर्नुपर्नेछ ।

३ उपदफा २ बमोजिम स्वास्थ्य सेवा कर असुल गर्ने

व्यक्ति संस्था वा निकायले असुलगरेको रकमर सोको विवरण

चौमासिक रुपमा प्रत्येक चौमासिक अवधि समाप्त भएकोपच्चीस

दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिलागर्नु

पर्नेछ ।



४ उपदफा ३ बमोजिमको म्यादभित्र कर दाखिला नगरेमा वार्षिक पन्ध्रप्रतिशत ब्याज र विवरण दाखिला नगरेमा प्रति विवरण एक हजार रुपैयाँअसुलउपर गरिनेछ । तीन महिनासम्म पनि बाँकी स्वास्थ्य सेवा कर नबुझाउने व्यक्ति संस्था वा निकायद्वारा साचालित कारोबारलाई कर अधिकृतले बन्द गर्न आदेश दिन सक्नेछ ।



५स्वास्थ्य सेवा कर बुझाउनेस्वास्थ्य संस्थालेस्वेच्छिक रुपमा मूल्य अभिवृद्धि करमा दर्ताहुन पाउनेछन्।



६ उपदफा ५ बमोजिम दर्ताभएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा कर असुल नगरी मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेछ ।



७ उपदफा ५ बमोजिम मूल्य अभिवृद्धि करमा दर्ता

भएका स्वास्थ्य संस्थालेदर्ताकोमितिलेपाँच वर्षसम्म मूल्य अभिवृद्धि

कर मात्र असुल गर्नुपर्नेछ ।

८ उपदफा १ बमोजिमको स्वास्थ्य सेवा करको

कार्यविधि आन्तरिक राजस्व विभागलेनिर्धारण गरेबमोजिम हुनेछ ।

९ स्वास्थ्य सेवा करकोप्रशासन आन्तरिक राजस्व विभाग

र सो विभाग अन्तर्गतका कार्यालयबाटहुनेछ । त्यस्तो कार्यालय

नभएकोजिल्लामा सोविभागलेतोकेकोप्रकि्रया बमोजिम कोष तथा

लेखा नियन्त्रक कार्यालयलेस्वास्थ्य सेवा करकोप्रशासन गर्नेछ ।

८।शिक्षा सेवा शुल्क ः १ आर्थिक वर्ष२०६८÷०६९ मा निजी क्षेत्रबाट

साचालित देशभरिका उच्चमाध्यमिकशिक्षाभन्दा माथिको शिक्षा

प्रदानगर्ने शिक्षण संस्थाहरु काठमाडौं उपत्यकाभित्र तथा उप-

महानगरपालिका नगरपालिका र जिल्ला सदरमुकाम तथा आन्तरिक

राजस्वविभागले तोकेको स्थानमा संचालित शिक्षण संस्थाहरुको

हकमा सवैतहकोशिक्षा प्रदान गर्नेशिक्षण संस्थाहरुलेअसुल गर्ने

भर्नाशुल्क र मासिक शिक्षण शुल्कमा एक प्रतिशतका दरलेशिक्षा

सेवा शुल्क लगाइनेर असुलउपर गरिनेछ ।

स्पष्टीकरणः यस दफाकोप्रयोजनकोलागि ूनिजी क्षेत्रबाट

साचालित शिक्षण संस्थाू भन्नालेतालिम तथा पुनर्ताजगी तालिम

प्रदान गर्नेसंस्था बाहेक प्रचलित कानून बमोजिम दर्ताभएका र

निजीक्षेत्रबाट साचालित विश्वविद्यालय महाविद्यालय विद्यालय

तथा प्राविधिक शिक्षालय लगायत जुनसुकैकिसिमकोशिक्षा प्रदान

गर्नेनिकायलाईजनाउनेछ ।

२ उपदफा १ बमोजिमकोशुल्क पिछडिएका एवंदुर्गम

क्षेत्रका विपन्नवर्गका विद्यार्थीहरुकोहितमा खर्चगरिनेछ ।

३ उपदफा १ बमोजिमको शिक्षा सेवा शुल्क त्यस्तो

शिक्षण संस्थाहरुलेबिजक जारी गरी असुलउपर गर्नुपर्नेछ । कुनै

शिक्षणसंस्थाले शिक्षा सेवाशुल्क असुल हुने गरी बिजक जारी

नगरेमाआन्तरिक राजस्वकार्यालयले प्राप्त सूचनाका आधारमा

त्यस्ता शिक्षण संस्थाकोसम्पूर्णकागजात तथा आर्थिक र प्रशासनिक

कक्ष आफ्नोकब्जा तथा नियन्त्रणमा लिन सक्नेछ ।

४ उपदफा ३ बमोजिम शिक्षा सेवा शुल्क असुल गर्ने

शिक्षणसंस्थाले असुल गरेको रकम रसोको विवरण चौमासिक

रुपमाप्रत्येक चौमासिक अवधि समाप्तभएको पच्चीस दिनभित्र

आन्तरिक राजस्व कार्यालयभएको जिल्लामा सो कार्यालयमा र



आन्तरिक राजस्वकार्यालयनभएको जिल्लामाकोषतथालेखा

नियन्त्रक कार्यालयमा दाखिला गर्नुपर्नेछ ।

५ उपदफा ४ बमोजिमकोम्यादभित्र शिक्षा सेवा शुल्क

दाखिलानगरेमा वार्षिक पन्ध्र प्रतिशत ब्याजर विवरणदाखिला

नगरेमा प्रति विवरण एक हजार रुपैयाँअसुलउपर गरिनेछ । तीन

महिनासम्म पनि शिक्षा सेवा शुल्क दाखिला नगर्नेशिक्षण संस्थालाई

नेपाल सरकारलेबन्द गर्नआदेश दिन सक्नेछ ।

६ विदेशअध्ययनगर्न जाने विद्यार्थीलाई शिक्षणशुल्क

बापत विदेशी मुद्राकोसटही सुविधा दिँदा त्यस्तोसटही रकममा एक

प्रतिशत शिक्षा सेवा शुल्क लगाइनेछ र असुलउपर गरिनेछ ।

७ उपदफा ६ बमोजिम विदेशी मुद्राकोसटही सुविधा

उपलब्धगराउने बैङ्कले शिक्षा सेवाशुल्कबापत संकलनगरेको

रकम अर्को महिनाको पन्ध्र गतेभित्रराजस्वखातामा जम्मागरी

सोको विवरणसहितको जानकारीसम्बन्धितआन्तरिकराजस्व

कार्यालयमा पठाउनुपर्नेछ ।

८ शिक्षा सेवा शुल्क संकलन सम्बन्धी अन्य कार्यवििध

आन्तरिक राजस्व विभागलेनिर्धारण गरेबमोजिम हुनेछ ।

९ शिक्षा सेवा शुल्ककोप्रशासन आन्तरिक राजस्व विभाग

र सो विभागअन्तर्गतका कार्यालयबाट हुनेछ। त्यस्तो कार्यालय

नभएकोजिल्लामा सोविभागलेतोकेकोप्रकि्रया बमोजिम कोष तथा

लेखा नियन्त्रक कार्यालयलेशिक्षा सेवा शुल्ककोप्रशासन गर्नेछ ।

१० जिल्ला शिक्षा कार्यालय वा अन्य सरकारी निकायले

शिक्षणसंस्थालाई जुनसुकै किसिमको सेवासुविधावासिफारिश

उपलब्धगराउँदा त्यस्तो शिक्षण संस्थाले साविकमाबांकीरहेको

बक्यौताशिक्षा सेवा कर तथा शिक्षा सेवा शुल्क बुझाएकोप्रमाण

पेश गरेपछि मात्र सोसेवा सुविधा वा सिफारिश उपलब्ध गराउनु

पर्नेछ ।

९।सडक निर्माण तथा सम्भार दस्तुर र सवारी साधन कर ः आर्थिक वर्ष

२०६८÷०६९ मा अनुसूची-३ बमोजिम सडक निर्माण तथा सम्भार

दस्तुर र सवारी साधन कर लगाइनेर असुलउपर गरिनेछ ।

१०।सडक मर्मत तथा सुधार दस्तुर ः आर्थिक वर्ष२०६८÷०६९मा

सडकमर्मततथासुधारगर्न विदेशबाटनेपालमापैठारीहुने

पेट्रोलमा प्रितलिटर चार रुपैयाँर डिजेलमाप्रति लिटरदुईरुपैयाँ

सडक मर्मत तथा सुधार दस्तुर भन्सार बिन्दुमैलगाइनेर असुलउपर

गरिनेछ ।

११।घरजग्गा रजिष्ट्रेशन दस्तुर सेवा शुल्क र रोक्का दस्तुर ः आर्थिक वर्ष

२०६८÷०६९ मा अनुसूची-४ बमोजिम घरजग्गा रजिष्ट्रेशन दस्तुर

सेवा शुल्क र रोक्का दस्तुर लगाइनेर असुलउपर गरिनेछ ।

१२।चलचित्र विकास शुल्क ः आर्थिक वर्ष२०६८÷०६९मा अनुसूची-५

बमोजिम चलचित्र विकास शुल्क लगाइनेर असुलउपर गरिनेछ ।

१३।प्रदुषण नियन्त्रण शुल्क ः १ आर्थिक वर्ष २०६८÷०६९ मा

नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथाडिजेलमा प्रति लिटर

पचास पैसाका दरलेप्रदुषण नियन्त्रण शुल्क लगाइनेर असुलउपर

गरिनेछ ।

२ उपदफा १ बमोजिमकोशुल्क नेपाल आयल निगमले

असुल गरी प्रत्येक महिनाकोशुल्क अर्कोमहिनाकोपच्चीस गतेभित्र

राजस्व खातामा दाखिला गर्नुपर्नेछ । सोअवधिभित्र दाखिला नगरेमा

वार्षिक पन्ध्रप्रतिशत व्याज सहित असुलउपर गरिनेछ ।

३ यस दफा बमोजिमको प्रदुषण नियन्त्रण शुल्कको

प्रशासन आन्तरिक राजस्व विभागलेनिर्धारण गरेबमोजिम हुनेछ ।

१४।टेलिफोन स्वामित्व शुल्क ः १ आर्थिकवर्ष २०६८÷०६९मा

टेलिफोन जडान गर्नेग्राहकबाट टेलिफोन स्वामित्व शुल्क बापत एक

हजार रुपैयाँ असुलउपर गरिनेछ । टेलिफोनको स्वामित्व परिवर्तन

भएकोअवस्थामा टेलिफोनकोस्वामित्व प्राप्त गर्नेव्यक्तिबाट समेत

त्यस्तोशुल्क असुलउपर गरिनेछ ।

तर अग्रीम भुक्तानी ह्

आफैं एक्टर


आठवटा डी अक्षर मिलेर नै एट डी बनेको हो । डीको पूरा रुप डाइमेन्सन । यसलाई नेपालीमा परिदृश्य भनिन्छ । यसमा आठ किसिमका परिदृश्य हेर्न सकिन्छ । स्मेल इफेक्ट वाइन्ड इफेक्ट वाटर इफेक्ट स्मोक इफेक्ट बबल इफेक्ट लेजटिकर इफेक्ट थन्डर इफेक्ट र स्ट्रोब लाइट इफेक्ट । यी इफेक्टले नै फिल्मलाई भरपुर मनोराजक बनाउँछन् ।
गएको साता काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा साथीहरुको ठूलै भीड थियो । उनीहरु ुएट डीु फिल्म हेर्न जम्मा भएका ।

कोही चस्मा लिएर भित्र पस्दै थिए । कोही बाहिर निस्कँदै । भीडमा श्रीजता विकसँग भेट भयो । बौद्ध आरुबारीको गि्रनतारा चाइल्ड हेभेनको ५ कक्षामा पढ्ने उनी फिल्म हेरेर बाहिर निस्कँदै थिए । ुनिकै रमाइलो फिल्म यस्तो कहिल्यै हेरेको थिइनँु आँखाबाट चस्मा हटाउँदै उनले भने ुआफैं एक्टर बनेजस्तो लाग्यो ।ु उनले ुजेटप्याक एडभेन्चरु र ुओसन जंगलु फिल्म हेरेका थिए ।

श्रीजतासँगै पढ्ने अरु साथी पनि फिल्म हेर्न आएका थिए । उनीहरुले पनि उस्तै प्रतिकि्रया जनाए । ६ कक्षा पढ्ने मिथुल कुमारले त यो फिल्म हेर्न पाएकोमा आफंैलाई भाग्यमानी ठाने । साधारणतय टेलिभिजनमा कार्टुन हेर्ने उनी हलमा आएर डरलाग्दो फिल्म हेर्न पाएकामो दंग थिए । पात्रसँगै उड्ने गुड्ने उप्रुने हाम्फाल्ने । उड्दा आकाशमा पुग्दा निकै रमाइलो भएपनि ओर्लने बेला निकै डर लागेको उनीहरुले बताए ।

ुसमुद्रभित्र पस्दा सर्प आए मलाई नै टोक्लाझैं गरेु ओसन जंगल हेरेपछि सेतु विकले भने ुखुट्टामुन्तिर पनि सर्प आएझंै कुन्नि के हो चल्थ्यो पानी पनि जिउ भिजाउन आए मलाई त निकै डर लागेको थियो ।ु सेतु पुरानो बानेश्वरमा रहेको रात्नराज्य स्कुलको २ कक्षामा पढ्दैछन् । उनकै सहपाठी मिनबहादुर नेपालीलाई भने त्यत्ति डर लागेन रे ।

ओसन जंगलमा पुग्दा जिउ नै सििरंग भयो रे उनीहरुको । लामा-लामा रंगीन सर्पको आक्रमण नै सििरंग पार्न काफी थियो । समुद्रमा भएका विभिन्न जीवजन्तुबाट बच्दै भाग्दा कहिलेकाहीँ चट्टानमा ठोकिन्थे । त्यतिबेला हामी बसेको ठाउँ पनि थरथरी हल्लियो । बल्लबल्ल हामी चढेको जहाज बाहिर निस्कियो । यतिबेला त फिल्म पनि सकिएको रहेछ ।

सेन्ट जोन्स भक्तपुरको ८ कक्षामा पढ्ने निराजन विक जोरपाटीकी रविता सिजुवाल र पि्रयांका तामाङले पनि फिल्मबाट भरपुर मनोराजन लिए । एट डी फिल्म हेर्न चस्मा भने अनिवार्य चाहिन्छ । तर बजारमा पाइने साधारण चस्मा भने होइन । यो चस्मा फिल्म हल आफैंले दिन्छ ।

आठवटा डी अक्षर मिलेर नै एट डी बनेको हो । डीको पूरा रुप डाइमेन्सन । यसलाई नेपालीमा परिदृश्य भनिन्छ । यसमा आठ किसिमका परिदृश्य हेर्न सकिन्छ । स्मेल इफेक्ट वाइन्ड इफेक्ट वाटर इफेक्ट स्मोक इफेक्ट बबल इफेक्ट लेजटिकर इफेक्ट थन्डर इफेक्ट र स्ट्रोब लाइट इफेक्ट । यी इफेक्टले नै फिल्मलाई भरपुर मनोराजक बनाउँछन् ।

सबैभन्दा पहिले त फिल्मी बजारमा थि्रडी आएको थियो । यो सन् १९५० देखि प्रचलनमा थियो भनिन्छ । तर थि्रडीको प्रचलन २००९ मा अवतर नामक अंग्रेजी फिल्मबाट थालियो । अहिले फोर डी फाइभ डी सिक्स डी सेभेन डी हुँदै एट डीसम्म आइसकेको छ ।

यो फिल्म हेर्दा विभिन्न इफेक्ट आउने हुँदा डर पनि लाग्छ । कहिले सिट यताउता हल्लिन्छ । कहिले पानी पर्छ । खुट्टामा सर्प आएजस्तो हुन्छ । फिल्ममा काटमार भयो भने हामीलाई पनि लाग्ने हो कि भन्न भाव हुन्छ । त्यसैले फिल्म हेर्नुअघि मानसिक रुपमा तयार हुनुपर्छ । फिल्म प्रत्येक दिन सिटी सेन्टरमा लाग्छ । सिटी सेन्टरमा यो फिल्म हेर्न ४९० रुपैयाँ तिर्नुपर्छ । विद्यार्थीले भने एकसय पचासमा हेर्न सक्छन् ।

गत साता सिटी सेन्टरको एट डी फिल्मले दोस्रो वार्षिकोत्सव पनि मनायो । आर्थिक रुपमा कमजोर अपांग असहाय र अनाथका लागि निशुल्क फिल्म देखाएको क्रेजी एम्युजमेन्ट प्रालिका प्रबन्ध निर्देशक अमृत अग्रवालले जानकारी दिए । प्रविधि विकासबारे बालबालिकालाई जानकारी दिन पनि यस्तो फिल्म चलाएको उनले बताए ।

थि्रडी चस्माले कसरी काम गर्छ

थि्रडी स्टेरियोस्कोपिक चस्मा नौलो भने होइन । हामीलाई थाह भएकै कुरा हाम्रो दिमाग र आँखाले गर्ने काममा भिन्नता छ । कुनै दुश्य देख्नका लागि यी दुवैको आवश्यकता पर्छ । आँखाले देखेको वस्तुलाई दिमागले अनुभूति गराउँछ ।

तेस्रो आयाम अर्थात थि्रडी भनेको आँखा र दिमागको मिश्रित कार्य हो । सामान्यतः दुई आँखाको दुरी ६।५ सेन्टिमिटर हुन्छ । दुई आँखाले एउटै दृश्यलाई भिन्नाभिन्नै कोणमा हेरिरहेको हुन्छ । यही दुई कोणबाट आएका दृश्यलाई दिमागले मर्ज गरी एउटा बनाउने काम गर्छ । फरक कोणबाट आँखाले एउटा वास्तविक तस्बिर बनाउँछ ।

देब्रे र दाहिने आँखाले देखेका केही फरक दृश्यले दिमागलाई त्यो दृश्यको गहिराइ पत्ता लगाउन सघाउँछ । अनि स्टेरियोस्कोपिक दृश्य तयार हुन्छ । ठिक यसरी नै वस्तुलाई दुइटा क्यामराले खिची तयार पारिएको सामग्री थि्रडी हो । जसरी हाम्रो आँखाले देखेको वस्तुलाई दिमागले तयार पार्छ ।

थि्रडी फिल्म हेर्न थि्रडीका लागि बनेको विशेष चस्मा लगाउनैपर्छ । तीमध्ये प्रचलनमा आएको चस्मा हो- यानग्लिफ र पोलराइज्ड । यी दुवै प्रकारका चस्मा फिल्म हेर्न प्रयोग गरिन्छ । टेलिभिजन र कम्प्युटरमा हेर्न भने एक्टिभ एलसिडी सटर नामको चस्मा बनेको छ । चस्मा लगाएर फिल्म हेर्दा देखिएका वस्तु आफ्नै अगाडि भइरहेझैं लाग्छ । पर्दामा केही आए आफैंलाई छोएजस्तो लाग्छ । आफैं पात्र भएजस्तो लाग्छ ।

फिल्म हेर्नका लागि बनेका यानग्लिफ चस्मामा दुईथरि सिसा प्रयोग गरिन्छ- रातो र निलो रंगको । सन् १९५० मै यो चस्मा बजारमा आएको हो । चस्माविना फिल्म हेर्दा रातो र निलो रङ ओभरल्याप भएको देखिन्छ ।

बायाँ आँखामा रहेको रातो लेन्सले निलो रङ ब्लक गर्छ । दायाँ आँखामा रहेको लेन्सले रातो कलर ब्लक गर्छ । यी दृश्यलाई दिमागले मिश्रण गरेपछि थि्रडी बन्छ ।

अर्को चस्मा पोलराइज्ड बिनारङका लेन्सबाट थि्रडी फिल्म हेर्न सकिन्छ । यो चस्मा दुई मोडलमा उपलब्ध छ- रेखात्मक पोलराइज्ड र वृत्ताकार पोलराइज्ड । रेखात्मक चस्माको एउटा लेन्समा होरिजेन्टल फिल्टर र अर्को लेन्समा भर्टिकल फिल्टर प्रयोग गरिएको हेन्छ । वृत्तमा क्लकवाइज फिल्टर र अर्कोमा एन्टिक्लकवाइज फिल्टर ।

यसमा दुई प्रोजेक्टरबाट एकैसाथ सिल्भर स्क्रिनमा दुइटा दृश्य प्रकाशले पोलराइज्ड गरी विभिन्न अंशमा फ्याँक्छ । प्रत्येक लेन्सले दुईमध्ये एउटा दृश्य फिल्टर गर्छ । यसरी आँखाले फरक दृश्य देख्छ । यी दुई दृश्यलाई दिमागले मर्ज गरी एउटै दृश्यमा बदल्छ जुन थि्रडी हो ।

यही आयाममा पानी गन्ध बतासजस्ता अरु थप आयाम थपेर एट डी बनेको हो । फिल्म हेर्दा आफैं पात्र बनेझैं लाग्ने निकै मजा आउने र थकानसमेत लाग्ने गर्छ ।

सुटिङ क्यामरा

सुटिङ क्यामरा पनि आँखाकै कार्यअनुसार दुइटा लेन्स भएको हुन्छ । यही क्यामराले एकैचोटि खिचिन्छ । फिल्म हलमा प्रयोग गरिने प्रोजेक्सन एकैसाथ दुई लेन्सबाट खिचिएको दृश्य फाल्न सक्ने हुन्छ ।

फिल्म हल रमाइलो खालको हुन्छ । सराउन्ड साउन्ड र सिल्भर स्क्रिन भएकैले रमाइलो लाग्ने हो । वास्तविक कलर र दृश्य पर्दामा उतार्नु नै यसको विशेषता हो ।


Thursday, July 7, 2011

तीजका गीतको म्युजिक भिडियो छायाँकन धमाधम



ु…चलेको रीत रमाइलो तीज सँगी हो आउँ नाचौ सँगसँगैु
आइतबार दिउँसो थापाथलीको शिवमन्दिरमा ुतीज विशेष कार्यक्रम-२०६८ु लेखिएको तुल राखिएको थियो । तुल मुनि रातो हरियो साडी लगाएका महिला गीत गाउँदै ताली बजाउदै थिए । सिमसिम पानीमा उनीहरु तीजका गीत गाउँदै थिए ।




सम्झना बुढाथोकी र शंकर विसीका साथ दिदै अरु पनि नाच्दै थिए शिवमन्दिरको प्रगंणमा । छायाँकन हेर्न दर्शक जम्मा भएका थिए । निर्देशन गर्दै थिए प्रकाश भट्ट । लोकदोहोरी प्रति धेरैले चासो राख्न थालेपछि पछिल्लो समय यसै सम्बन्धि म्युजिक भिडियो बन्ने क्रम बढेको छ ।

तीज आउन एक महिना भन्दा बढी समय छ । तर तीज सम्बन्धी म्युजिक भिडियो धमाधम बन्दैछन् । ुअहिलेसम्म मैले २३ वटा तीज सम्बन्धी म्युजिक भिडियो निर्देशन गरिसकेंु कलाकार एवं निर्देशक शंकर विसीले भने ुअरु निर्देशकले पनि उत्तिकै बनाइरहेका छन् ।ु लोकगीतमा छाएका पशुपति शर्मा निशा सुनार खुमन अधिकारी देवी घर्ती विष्णु माझी शर्मिला गुरुङ लगायतका कलाकार नै तीजका गीतमा छाएका छन् । कलाकारहरुका अनुसार तीन दर्जन बढी तीज सम्बन्धी म्युजिक भिडियो बनिसकेका छन् । अहिले शंखपार्क भृकुटीमण्डप थापाथलीको शिवमन्दिर लगायत सहरका विभिन्न भागमा भिडियो छायाँकन भइरहेको उनीहरुले बताए । यस्ता छाँयाकंन साउनको दोस्रो सातासम्म चल्ने कलाकारहरुले जानकारी दिए ।



Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...