Sunday, July 17, 2011

आफैं एक्टर


आठवटा डी अक्षर मिलेर नै एट डी बनेको हो । डीको पूरा रुप डाइमेन्सन । यसलाई नेपालीमा परिदृश्य भनिन्छ । यसमा आठ किसिमका परिदृश्य हेर्न सकिन्छ । स्मेल इफेक्ट वाइन्ड इफेक्ट वाटर इफेक्ट स्मोक इफेक्ट बबल इफेक्ट लेजटिकर इफेक्ट थन्डर इफेक्ट र स्ट्रोब लाइट इफेक्ट । यी इफेक्टले नै फिल्मलाई भरपुर मनोराजक बनाउँछन् ।
गएको साता काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा साथीहरुको ठूलै भीड थियो । उनीहरु ुएट डीु फिल्म हेर्न जम्मा भएका ।

कोही चस्मा लिएर भित्र पस्दै थिए । कोही बाहिर निस्कँदै । भीडमा श्रीजता विकसँग भेट भयो । बौद्ध आरुबारीको गि्रनतारा चाइल्ड हेभेनको ५ कक्षामा पढ्ने उनी फिल्म हेरेर बाहिर निस्कँदै थिए । ुनिकै रमाइलो फिल्म यस्तो कहिल्यै हेरेको थिइनँु आँखाबाट चस्मा हटाउँदै उनले भने ुआफैं एक्टर बनेजस्तो लाग्यो ।ु उनले ुजेटप्याक एडभेन्चरु र ुओसन जंगलु फिल्म हेरेका थिए ।

श्रीजतासँगै पढ्ने अरु साथी पनि फिल्म हेर्न आएका थिए । उनीहरुले पनि उस्तै प्रतिकि्रया जनाए । ६ कक्षा पढ्ने मिथुल कुमारले त यो फिल्म हेर्न पाएकोमा आफंैलाई भाग्यमानी ठाने । साधारणतय टेलिभिजनमा कार्टुन हेर्ने उनी हलमा आएर डरलाग्दो फिल्म हेर्न पाएकामो दंग थिए । पात्रसँगै उड्ने गुड्ने उप्रुने हाम्फाल्ने । उड्दा आकाशमा पुग्दा निकै रमाइलो भएपनि ओर्लने बेला निकै डर लागेको उनीहरुले बताए ।

ुसमुद्रभित्र पस्दा सर्प आए मलाई नै टोक्लाझैं गरेु ओसन जंगल हेरेपछि सेतु विकले भने ुखुट्टामुन्तिर पनि सर्प आएझंै कुन्नि के हो चल्थ्यो पानी पनि जिउ भिजाउन आए मलाई त निकै डर लागेको थियो ।ु सेतु पुरानो बानेश्वरमा रहेको रात्नराज्य स्कुलको २ कक्षामा पढ्दैछन् । उनकै सहपाठी मिनबहादुर नेपालीलाई भने त्यत्ति डर लागेन रे ।

ओसन जंगलमा पुग्दा जिउ नै सििरंग भयो रे उनीहरुको । लामा-लामा रंगीन सर्पको आक्रमण नै सििरंग पार्न काफी थियो । समुद्रमा भएका विभिन्न जीवजन्तुबाट बच्दै भाग्दा कहिलेकाहीँ चट्टानमा ठोकिन्थे । त्यतिबेला हामी बसेको ठाउँ पनि थरथरी हल्लियो । बल्लबल्ल हामी चढेको जहाज बाहिर निस्कियो । यतिबेला त फिल्म पनि सकिएको रहेछ ।

सेन्ट जोन्स भक्तपुरको ८ कक्षामा पढ्ने निराजन विक जोरपाटीकी रविता सिजुवाल र पि्रयांका तामाङले पनि फिल्मबाट भरपुर मनोराजन लिए । एट डी फिल्म हेर्न चस्मा भने अनिवार्य चाहिन्छ । तर बजारमा पाइने साधारण चस्मा भने होइन । यो चस्मा फिल्म हल आफैंले दिन्छ ।

आठवटा डी अक्षर मिलेर नै एट डी बनेको हो । डीको पूरा रुप डाइमेन्सन । यसलाई नेपालीमा परिदृश्य भनिन्छ । यसमा आठ किसिमका परिदृश्य हेर्न सकिन्छ । स्मेल इफेक्ट वाइन्ड इफेक्ट वाटर इफेक्ट स्मोक इफेक्ट बबल इफेक्ट लेजटिकर इफेक्ट थन्डर इफेक्ट र स्ट्रोब लाइट इफेक्ट । यी इफेक्टले नै फिल्मलाई भरपुर मनोराजक बनाउँछन् ।

सबैभन्दा पहिले त फिल्मी बजारमा थि्रडी आएको थियो । यो सन् १९५० देखि प्रचलनमा थियो भनिन्छ । तर थि्रडीको प्रचलन २००९ मा अवतर नामक अंग्रेजी फिल्मबाट थालियो । अहिले फोर डी फाइभ डी सिक्स डी सेभेन डी हुँदै एट डीसम्म आइसकेको छ ।

यो फिल्म हेर्दा विभिन्न इफेक्ट आउने हुँदा डर पनि लाग्छ । कहिले सिट यताउता हल्लिन्छ । कहिले पानी पर्छ । खुट्टामा सर्प आएजस्तो हुन्छ । फिल्ममा काटमार भयो भने हामीलाई पनि लाग्ने हो कि भन्न भाव हुन्छ । त्यसैले फिल्म हेर्नुअघि मानसिक रुपमा तयार हुनुपर्छ । फिल्म प्रत्येक दिन सिटी सेन्टरमा लाग्छ । सिटी सेन्टरमा यो फिल्म हेर्न ४९० रुपैयाँ तिर्नुपर्छ । विद्यार्थीले भने एकसय पचासमा हेर्न सक्छन् ।

गत साता सिटी सेन्टरको एट डी फिल्मले दोस्रो वार्षिकोत्सव पनि मनायो । आर्थिक रुपमा कमजोर अपांग असहाय र अनाथका लागि निशुल्क फिल्म देखाएको क्रेजी एम्युजमेन्ट प्रालिका प्रबन्ध निर्देशक अमृत अग्रवालले जानकारी दिए । प्रविधि विकासबारे बालबालिकालाई जानकारी दिन पनि यस्तो फिल्म चलाएको उनले बताए ।

थि्रडी चस्माले कसरी काम गर्छ

थि्रडी स्टेरियोस्कोपिक चस्मा नौलो भने होइन । हामीलाई थाह भएकै कुरा हाम्रो दिमाग र आँखाले गर्ने काममा भिन्नता छ । कुनै दुश्य देख्नका लागि यी दुवैको आवश्यकता पर्छ । आँखाले देखेको वस्तुलाई दिमागले अनुभूति गराउँछ ।

तेस्रो आयाम अर्थात थि्रडी भनेको आँखा र दिमागको मिश्रित कार्य हो । सामान्यतः दुई आँखाको दुरी ६।५ सेन्टिमिटर हुन्छ । दुई आँखाले एउटै दृश्यलाई भिन्नाभिन्नै कोणमा हेरिरहेको हुन्छ । यही दुई कोणबाट आएका दृश्यलाई दिमागले मर्ज गरी एउटा बनाउने काम गर्छ । फरक कोणबाट आँखाले एउटा वास्तविक तस्बिर बनाउँछ ।

देब्रे र दाहिने आँखाले देखेका केही फरक दृश्यले दिमागलाई त्यो दृश्यको गहिराइ पत्ता लगाउन सघाउँछ । अनि स्टेरियोस्कोपिक दृश्य तयार हुन्छ । ठिक यसरी नै वस्तुलाई दुइटा क्यामराले खिची तयार पारिएको सामग्री थि्रडी हो । जसरी हाम्रो आँखाले देखेको वस्तुलाई दिमागले तयार पार्छ ।

थि्रडी फिल्म हेर्न थि्रडीका लागि बनेको विशेष चस्मा लगाउनैपर्छ । तीमध्ये प्रचलनमा आएको चस्मा हो- यानग्लिफ र पोलराइज्ड । यी दुवै प्रकारका चस्मा फिल्म हेर्न प्रयोग गरिन्छ । टेलिभिजन र कम्प्युटरमा हेर्न भने एक्टिभ एलसिडी सटर नामको चस्मा बनेको छ । चस्मा लगाएर फिल्म हेर्दा देखिएका वस्तु आफ्नै अगाडि भइरहेझैं लाग्छ । पर्दामा केही आए आफैंलाई छोएजस्तो लाग्छ । आफैं पात्र भएजस्तो लाग्छ ।

फिल्म हेर्नका लागि बनेका यानग्लिफ चस्मामा दुईथरि सिसा प्रयोग गरिन्छ- रातो र निलो रंगको । सन् १९५० मै यो चस्मा बजारमा आएको हो । चस्माविना फिल्म हेर्दा रातो र निलो रङ ओभरल्याप भएको देखिन्छ ।

बायाँ आँखामा रहेको रातो लेन्सले निलो रङ ब्लक गर्छ । दायाँ आँखामा रहेको लेन्सले रातो कलर ब्लक गर्छ । यी दृश्यलाई दिमागले मिश्रण गरेपछि थि्रडी बन्छ ।

अर्को चस्मा पोलराइज्ड बिनारङका लेन्सबाट थि्रडी फिल्म हेर्न सकिन्छ । यो चस्मा दुई मोडलमा उपलब्ध छ- रेखात्मक पोलराइज्ड र वृत्ताकार पोलराइज्ड । रेखात्मक चस्माको एउटा लेन्समा होरिजेन्टल फिल्टर र अर्को लेन्समा भर्टिकल फिल्टर प्रयोग गरिएको हेन्छ । वृत्तमा क्लकवाइज फिल्टर र अर्कोमा एन्टिक्लकवाइज फिल्टर ।

यसमा दुई प्रोजेक्टरबाट एकैसाथ सिल्भर स्क्रिनमा दुइटा दृश्य प्रकाशले पोलराइज्ड गरी विभिन्न अंशमा फ्याँक्छ । प्रत्येक लेन्सले दुईमध्ये एउटा दृश्य फिल्टर गर्छ । यसरी आँखाले फरक दृश्य देख्छ । यी दुई दृश्यलाई दिमागले मर्ज गरी एउटै दृश्यमा बदल्छ जुन थि्रडी हो ।

यही आयाममा पानी गन्ध बतासजस्ता अरु थप आयाम थपेर एट डी बनेको हो । फिल्म हेर्दा आफैं पात्र बनेझैं लाग्ने निकै मजा आउने र थकानसमेत लाग्ने गर्छ ।

सुटिङ क्यामरा

सुटिङ क्यामरा पनि आँखाकै कार्यअनुसार दुइटा लेन्स भएको हुन्छ । यही क्यामराले एकैचोटि खिचिन्छ । फिल्म हलमा प्रयोग गरिने प्रोजेक्सन एकैसाथ दुई लेन्सबाट खिचिएको दृश्य फाल्न सक्ने हुन्छ ।

फिल्म हल रमाइलो खालको हुन्छ । सराउन्ड साउन्ड र सिल्भर स्क्रिन भएकैले रमाइलो लाग्ने हो । वास्तविक कलर र दृश्य पर्दामा उतार्नु नै यसको विशेषता हो ।


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...