Sunday, March 18, 2012

सुमासँगै नाचिन् हिलारी


बर्दियाकी सुमा थारुको सपना थियो- राम्रोसँग पढ्ने र आफूजस्तै पीडा भोगेकाको पक्षमा लड्ने। बेला बेला गीत लेख्थिन्। स्कुलमा हुने कार्यक्रममा गाउँथिन्। उनको गीतमा आफूले भोगेका पीडाका झलक हुन्थ्यो।

यही प्रतिभाले उनलाई अमेरिकाको न्युयोर्क पुर्‍यायो। विश्वका सैयौं मानिसमाझ गीत गाउने मौका मिल्यो र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसँगै नाच्ने अवसर पनि।
'अमेरिकी मन्त्रीसँगै नाच्न पाउँदा मलाई निकै खुसी लागिरहेको छ,' सुमाले भनिन्, 'यति ठूलो मानिससँग नाच्ने अवसर कहिले मिल्ला र?'
केही महिनाअघि अमेरिकाबाट अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा प्रतिनिधित्व गराउन नेपाल आइपुगेको टोली सिधै बर्दियाका पूर्व कमलरीमाझ पुग्यो। सुमासहित चार कमलरीसँग भेट्यो। कार्यक्रममा भाग लिन छानिइन्, सुमा ।

छ वर्ष कमलरी बसेकी उनले तिनै समयमा पाएका दुःखको अनुभवलाई गीतमा उतारेकी थिइन्। 'मैले त्यही गीत गाएर सुनाएकी थिएँ अनि छानिएँ,' बुधबार नागरिकसँग उनले भनिन्, 'त्यही गीत कार्यक्रममा गाउन पाउँदा भाग्यमानी ठानेकी छु।'
उनले अन्तर्राष्ट्रिय नारी दिवस पारी 'न्युजविक' र 'द डेली बिस्ट' पत्रिकाले न्युयोर्कमा गरेको 'वुमन इन द वर्ल्ड २०१२' कार्यक्रममा भाग लिएकी थिइन्। कार्यक्रम उद्घाटन उनकै गीतबाट गरिएको थियो।
खासमा सुमा अन्तिम सहभागीका रुपमा भाग लिन पुगेकी थिइन्। वुमन इन द वर्ल्डकी संस्थापक टिना ब्राउनले भने उनकै गीतलाई पहिलो प्राथामिकता दिइन्।
थारु पहिरन लगाई थारु भाषामै गीत गाइन् उनले। मालिकले दिएको सास्ती, यातना र पीडा गीतमा समेटिएको थियो। यही प्रस्तुतिबाट उनले धेरैको ताली पाइन्। अमेरिकी विदेशमन्त्री क्लिन्टनबाट प्रशंसा, स्याबासी र प्रोत्साहन पाइन्।
'मलाई गीत गाउन नछोड्नु भन्नुभएको छ उहाँले,' सुमाले भनिन्, 'आफ्नो रुचिकै विषय भएकाले पनि यो विधालाई छाड्ने छुइनँ।'
निर्धक्क गीत प्रस्तुत गरेकामा रुम टु रिडका बालिका शिक्षा कार्यक्रमकी व्यवस्थापिका रिमा श्रेष्ठसमेत दंग परिन्। 'बालिका शिक्षा कार्यक्रममा लाइफ स्किलसम्बन्धी कक्षा लिएकाले सुमाले निर्धक्क गाउन सकेकी हुन्,' श्रेष्ठले भनिन्। श्रेष्ठ सुमासँगै दोभाषेका रुपमा अमेरिका पुगेकी थिइन्।
न्युयोर्कको कार्यक्रममा भाग लिइरहँदा आफ्ना बाआमासँगै नभएकोमा दुःख लागेको उनले बताइन्। 'विश्व प्रसिद्ध महिलामाझ गाउन पाएकोमा मलाई निकै खुसी लाग्यो, केही दुःख पनि,' उनले भनिन्, 'गीत गाइरहँदा त्यति धेरै मानिसमाझ म आफ्ना बाआमा खोजिरहेकी थिएँ।'
कार्यक्रममा अमेरिकी विदेशमन्त्री हिलारी, हलिउड अभिनेत्री एन्जिलिना जोलीलगायत विश्वभरिका १ सय ५० महिला सहभागी थिए। कार्यक्रम समापन पनि उनकै गीतबाट गरिएको थियो।
गाउँकै युवक सेकेन्डरी स्कुलमा पढेकी सुमा यसपाला एसएलसी दिँदैछिन्। परीक्षा तयारीका लागि न्युयोर्कमा पनि केही किताब साथमै लगेकी थिइन् उनले।
'मलाई रुम टु रिडले अँध्यारोबाट उज्यालोमा ल्याइदियो,' उनले भनिन्, 'धेरै दिदीबहिनी यसरी नै उज्यालोतिर अघि बढिरहेका छन्।'
अझै पढ्नुपर्ने र पिछाडिएका महिला दिदीबहिनीका पक्षमा आवाज उठाउने लक्ष्य छ उनको। विज्ञान विषय मन पराउने उनी भविष्यमा महिला अधिकारकोपक्षमा वकालत गर्न सक्षम हुने तहसम्म पढ्ने बताउँछिन्।
१९ वर्षे सुमा एकहप्ते कार्यक्रममा भाग लिई मंगलबार साँझ नेपाल फर्केकी हुन्।

Tuesday, February 28, 2012

हुँदै नभएको रोगमा १५ लाख खर्च

गिरीश गिरी, काठमाडौं, फागुन ११- 'ब्रेन हेमरेज' अर्थात् मस्तिष्कमा रक्तश्राव। यो चरणमा पुगेपछि हत्तपत्त बाँच्ने सम्भावना नरहने भएकाले नाम सुन्नेबित्तिकै मान्छे तर्सिन्छन्। केही महिनाअघि त्यसरी नै तर्सिए, परिचित अर्थशास्त्री एवं गीतकार विश्वम्भर प्याकुरेल।

उनले उपचार निम्ति डाक्टरले मागेजति पैसा तिर्न कञ्जुस्याइँ गरेनन्। राजधानीको नर्भिक अस्पतालले उपचार क्रममा १५ लाख रुपैयाँभन्दा बढीको बिल बनाएको उनी बताउँछन्। 'आउट सोर्सिङ' गरिएका चिकित्सक र सुविधाको खर्च बेग्लै थियो।
होसमा आइसकेपछि पनि झन्डै तीन साता अस्पताल बस्नुपर्दा उनको खर्च यति पुगेको थियो। उनी घर फर्के। आफ्नो स्वास्थ्य अझ राम्ररी जचाउन बैंककको बुन्रुन्ग्राड अस्पताल पुगे। त्यहाँका डाक्टरको परामर्शपछि उनी झन् ठूलो अलमलमा परेका छन्।
'मलाई आजसम्म ब्रेन हेमरेज भएकै छैन रे,' बैंककका डाक्टरहरूले दिएको रिपोर्टबारे जानकारी दिँदै उनले नागरिकसँग भने, 'त्यत्रो पैसा लिएर नर्भिकका डाक्टरले के उपचार गरे, थाहै पाउन सकिनँ।'
नर्भिकबाट बिदा भएपछि प्याकुरेल उपचार निम्ति जनवरी दोस्रो साता थाइल्यान्ड पुगेका थिए। त्यहाँका डाक्टरहरूले दुई साता लगाएर थुप्रै परीक्षण गरेको उनी सुनाउँछन्। त्यसपछि थाई चिकित्सकहरूले ठोकुवा गर्दै भनेछन्, 'तपाईंलाई आजसम्म ब्रेन हेमरेज भएको कुनै हालतले मान्नै सकिन्न। बरु तपाईंको शरीरमा हार्टबिट युनिफर्म (मुटुको गति नियमित) नहुने समस्या देखिएको छ।'
प्याकुरेलका यी भनाइ सुनेपछि नर्भिक अस्पतालसँग सम्पर्क गर्दा त्यहाँका प्रवक्ता आरपी मैनालीले 'प्राविधिक कुरा भएकाले सम्बन्धित चिकित्सकसँगै जवाफ माग्नुपर्ने' बताए। चारजना चिकित्सक टोलीले प्याकुरेलको उपचार गरेको बताउने मैनालीले अस्पतालका कार्यकारी निर्देशक डा. भरत रावतको समेत नाम लिएका थिए।
डा. रावतले 'प्याकुरेललाई ब्रेन हेमरेज भएको भनेर आफूहरूले कहिल्यै नभनेको' दाबी गरे। 'म मुटुको डाक्टर भए पनि प्याकुरेलको केस बारे भन्न चाहिँ सक्छु,' रावतले स्पष्ट पारे, 'उहाँलाई हामीले ब्रेन हेमरेज नभई स्ट्रोक भएको बताएका थियौं र त्यसैको उपचार गरेका थियौं।' उनले सबै स्ट्रोक ब्रेन हेमरेज नहुने जानकारी दिए।
नर्भिकमै प्याकुरेलको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. वसन्त पन्तले भने उनलाई ब्रेन हेमरेज नै भएको दाबी गरेका छन्।
'अरूले के भने भन्ने कुराको मलाई मतलब छैन,' पन्तको भनाइ छ, 'प्याकुरेललाई हामीले सब आर्कनोइड हेमरेज (एसएएच) कै उपचार गरेका हौं र यो ब्रेन हेमरेज नै हो।'
यस किसिमको हेमरेज सबैले बु‰ने गरेको ब्लड प्रेसर बढेर नभई कसैगरी दिमागको सतहमा रगत निस्केर हुने गरेको उनले बताए। त्यस्तो रक्तश्राव पखालिएर जाने भएकाले दाग नदेखेकै भरमा बैंककमा बेग्लै रिपोर्ट आएको हुनसक्ने उनको अनुमान छ।
उनको उपचारमा संलग्न नर्भिककै चिकित्सकहरूको राय बाझिएका बेला प्याकुरेल भने थप अलमलमा परेको सुनाउँछन्।
बैंककबाट फर्किएपछि प्याकुरेल उतैको चिकित्सकका सल्लाहअनुसार टिचिङ अस्पतालस्थित मनमोहन कार्डियाक सेन्टरमा मुटुको उपचार गराइरहेका छन्। त्यहाँ उनको उपचारमा संलग्न छन्, मुटु विशेषज्ञ डा. भगवान कोइराला।
बुधबार टिचिङ अस्पताल परिसरमै कारबाट ओर्लंदै गरेका डा. कोइरालालाई प्याकुरेल प्रकरण सुनाउन खोज्दा सुरुमै उनी मुसुक्क हाँसे। 'तपाईंले सोध्न खोज्नुभएको कुरा मैले बुझिसकेँ,' उनले भने, 'डाक्टरहरूले उपचार गर्दा एउटाको कामलाई अर्काले औंल्याउनु व्यावसायिक मर्यादाविपरीत भएकाले यस विषयमा म केही प्रतिक्रिया दिन चाहन्नँ।'
डा. कोइरालाले प्याकुरेललाई पहिले गरिएको उपचार र औषधिभन्दा बेग्लै उपचार र औषधि अहिले दिइएको स्वीकार गरे।
'मलाई ब्रेन हेमरेज भएकै रहेनछ, तर त्यसैको औषधि त्यत्रो दिन खानुपर्‍यो,' प्याकुरेल भन्छन्, 'बैंकक नगएर त्यही औषधि पछिसम्म खाएको भए झन् के हुन्थ्यो होला?'
के भएको थियो प्याकुरेललाई?
यो प्रश्न सोध्नेबित्तिकै उनले निधार तन्काउँदै भने, 'त्यो नै करोडौं रुपैयाँ पर्ने प्रश्न भएको छ।'
परिवारका सदस्य कोही नभएका बेला ओछ्यानमा अचेत प्याकुरेललाई छिमेकीले उद्धार गरेर नर्भिक अस्पताल पुर्‍याएका थिए। भेन्टिलेटरमा रहेकै बेला दुई दिनमै होस आएपछि उनलाई दिमागसँग जोडिएका प्रश्नहरू सोध्न थालिएको थियो।
'होसमा आएपछि मलाई दिमागकेन्द्रित प्रश्न गरियो, जबकि त्यसको कुनै आवश्यकता म देखिरहेको थिइनँ,' प्याकुरेल भन्छन्, 'मेरो अन्तर्चेतनाले नमाने पनि उनीहरू मलाई ब्रेन हेमरेजै भएको हो भनेर मान्न दबाब दिइरहेका थिए।'
त्यसलगत्तै प्याकुरेललाई मेसिन बिग्रेको भन्दै एन्जिओग्राम परीक्षण निम्ति सिनामंगलको काठमाडौं मेडिकल कलेज पुर्‍याइयो। त्यहाँका कार्यकारी निर्देशक डा. गोविन्द शर्मा उनका पुराना मित्र थिए। आफूले पढाउने त्रिभुवन विश्वविद्यालयकै पूर्व उपकुलपति रहेका शर्माले उनलाई अन्तरंग भएर यथास्थिति अवगत गराइदिए।
'ढुक्क भए हुन्छ,' त्यतिबेला डा. शर्माले तलैसम्म आएर आफूलाई बिदा गर्दा भनेका शब्द प्याकुरेल सम्झन्छन्, 'यहाँ गरिएको परीक्षणमा तपाईंको ब्रेन क्लियर देखिएको छ।' त्यसपछि पनि आफूलाई नर्भिक फर्काएपछि ब्रेन हेमरेजकै उपचार निरन्तर गर्दै त्यसैको औषधि चलाइएको प्याकुरेल सुनाउँछन्।
ब्रेन हेमरेज भयो भनेर भेन्टिलेटरमा राखिएका प्याकुरेललाई दुई दिनमै होस आएपछि शरीरको एउटै अंग दुखिरहेको थियो, बंगारा। करिब तीन साताको बसाइपछि उनी नर्भिकबाट डिस्चार्ज भए। त्यतिखेर पनि उनको बंगारा दुख्न छाडेको थिएन। फलोअपमा जाँदा उनले आफूलाई त्यो समस्या मात्र रहेको बताए। नर्भिकका डाक्टरहरूले दाँतको डाक्टरलाई देखाउनू भन्ने सल्लाह दिए। बिएन्डबि अस्पतालका डा. प्रशान्त श्रेष्ठलाई जचाउँदा बंगारा भाँच्चिएको ठहर भयो। उनले त्यसको शल्यक्रिया गराए। त्यस आधारमा घरमा अचेत अवस्थामै ओछ्यानमा गएर पल्टिनुअघि आफू कतै लडेको हुनुपर्छ भन्ने प्याकुरेललाई लागेको छ। त्यो सबै बेहोसीमा भएकाले उनी सम्झन चाहिँ सक्दैनन्।
नर्भिकबाट बाहिरिएपछि बैंकक पुगेर उपचार गराउँदा झन् बेग्लै रिपोर्ट देखियो। बैंककका डाक्टरहरूले उनको रोग पत्ता लगाए पनि उपचार नेपालै गएर गराउनुपर्ने सुनाएका थिए। 'उता र यताको औषधि फरक हुने भएकाले या त बैंककमै लामो समय बस्नुपर्ने हुन्थ्यो,' प्याकुरेल भन्छन्, 'या उनीहरूले रोग पत्ता लगाइदिएपछि नेपाल आएर त्यसको बेग्लै डाक्टर देखाउनुपर्ने हुन्थ्यो।' प्याकुरेलले दोस्रो बाटो रोजे र फर्केर डा. भगवान कोइरालालाई सम्पर्क गरे।
'डा.कोइराला कार्यरत मनमोहन कार्डियाक सेन्टरमै डा. ओममूर्ति अनिलले दिएको नयाँ औषधि खान थालेपछि बल्ल उचित उपचार पाएको महसुस गरिरहेको छु,' प्याकुरेल भन्छन्, 'त्यसलगत्तै अफिस पनि आउन थालेको हुँ।'
बिरामी भएका बेला राष्ट्र बैंकले उनको उपचार निम्ति तीन लाख रुपैयाँ दिएको थियो। उनी राष्ट्र बैंक बोर्डका सदस्य हुन्। त्यसबाहेक आफन्तसँग ऋण लिएर नर्भिक अस्पतालको महँगो खर्च व्यहोरेको उनी बताउँछन्।
'मलाई खर्च भएकोमा उति चिन्ता छैन,' प्याकुरेल भन्छन्, 'त्यति राम्रोसँग चिनेका डाक्टरहरूले मेरो ज्यानसँग त लापरबाही गर्छन् भने अरूको झन् के अवस्था होला भनेर हैरान छु।'(स्रोत नगरिक दैनिक)

Tuesday, February 21, 2012

तक्मे बुढा



देउराली बनेछ थुँगाको
डर केलाई मान्छौ जुँगाको
काट्देउला बरु जम्मै


यसरी मिठो लयमा गीत गाउने उनी कोटमा सधैं तक्मा भिर्छन् । यही तक्माको कथा सुनाउन हरदम तयार हुन्छन् । ुयो तक्मा भनेको क्यारेमचेस खेलेर पाउने कुरा होइन कुखरा चोरेर पाउने कुरा होइन यो भनेको वीर गथा वीर गोर्खालीले पाउने कुरा होु यसरी तक्माको कथा सुनाउँछन् उनी ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने हास्य टेलिसिरियल ुमेरी बास्सैुका पात्र तोक्मे बुढा हुन् उनी । यही नामले धेरैले चिन्छन् उनलाई ।

सिरियलमा दाह्रीजुँगा फुलिसके । कथा सुनाउँछन् पहिलो विश्वयुद्धको । तोक्मेको वास्तविक नाम हो- विल्सनविक्रम राई । उमेर २५ वर्ष । झापाको विर्तामोडमा जन्मेका उनलाई सानो छँदा नाच्न खुब मन लाग्थ्यो रे । उनको सपना थियो डान्सर बन्ने ।

विर्तामोडको लिटल फ्लावर बोर्डिङ स्कुलमा पढे । सानैदेखि दुःख झेल्दै यहाँ आइपुगेको कथा छ उनको । ुचार कक्षामा पुगेका बेला आमा बित्नुभयोु उनले भने ुत्यसपछि घरमा धेरै जिम्मेवारी मैमाथि आइलाग्यो ।ु

परिवारलाई सम्हाल्नुपर्ने बाध्यताले उनी स्टेज कार्यक्रममा नाच देखाउन थाले । ती कार्यक्रममा पुग्दा पर्दाबाहिरा आफ्नै साथीहरुलाई हसाँउथे । ुएकपटकको कार्यक्रममा डान्स गर्न रेडी भाको पाँच मिनेट ग्याप भोु नाचबाट हास्यक्षेत्रमा मोडिएको दिन सम्झन्छन् उनी ुग्यापमा जोक भन्न माचमा बोलाइयॊ त्यही बेलादेखि मलाई कमेडीको नसा लाग्यो ।ु

समूहमा नाच देखाउने उनी अब एक्लै स्टेज सो गर्न सक्ने भए । बिस्तारै विभिन्न सिरियलमा भूमिका पाए । आयो बोके दाह्री तितो-सत्य जीवनचक्र जस्ता टेलिसिरियलमा फरक-फरक भूमिकामा देखिए । ती भूमिकामा आफ्नो जातीय मौलिकता नझल्केको उनको बुझाइ छ । मेरी बास्सैमा ुतोक्मे बुढाुको रोल गरेदेखि उनलाई धेरैले मन पराए ।

आफन्तको सहयोगमा सिरियल खेल्न सक्कली तक्मा नै भिरेका छन् उनले । सेना-प्रहरीले त उनलाई फोनै गरी स्याबासी दिन्छन् रे । ुआफ्नै कथाजस्तो लाग्यो रे आर्मी-पुलिसलाईु उनले भने ुजसा्रब कसा्रब एसपीहरुले मलाई फोन गरी अभिनय मन पराएको सुनाए ।ु लाहुरेहरुले पनि फोन गरी प्रशंसा गरेको उनले बताए ।

लाहुरेको लवज र छाँटमा देखिने उनको परिवारमा कोही लाहुरे छैनन् । लाहुरेको कथा कसरी फुर् यो त

ुधेरैजसो प्रोग्राम आर्मी ब्यारेक र पुलिस क्याम्पतिर गर्थें उनीहरुको बोलीव्यवहार हेर्ने मौका पाएँ । त्यहीँबाट तोक्मे बुढा जस्तो लाहुरे पात्र तयार भयोु उनले भने ।

उतिबेला गाउँका युवा क्यारेम-चेस मात्र खेल्थे । ुक्यारेम-चेस खेलेजस्तो हुन्न जिन्दगीु भनी मावली हजुरबाले प्रेरणा दिएका दिन सम्झन्छन् उनी । हजुरबाले बोल्ने यही थेगो सिरियलमा प्रयोग गरेका रहेछन् । हजुरबाकै धेरै लवज सिरियलमा ल्याएका छन् उनले ।

उनले आफ्नो नामको अर्थ पनि बताए ुबाबाले मेरो नाम वेलसन राखिदिनुभयो । यसको अर्थ राम्रो छोरा हो ।ु लेख्दा विल्सन भयो ।

ुबाआमाको सपना थियो ठूलो मान्छे बनाउनेु उनले भने ुलाहुरे नभएपनि तक्मा नपाए पनि अभिनयले इजजत-पैसा सबै पाएको छु ।ु

ुलगाव मेहेनत र भाग्यले यहाँसम्म आइपुगेँु उनले भने ुखुबी जन्मैदेखि आएको हुने रहेछ त्यसैले अभिनय गर्न त्यति गाह्रो भएन ।ु यो ठाउँसम्म आइपुग्न भने धेरैको सहयोग पाएको सुनाए उनले । यसबाहेक उनले साथी परदेशी सम्झना न बिसे्रं तिमीलाई न पाएँ तिमीलाई दीपशिखा लगायत फिल्ममा पनि अभिनय गरे । केही समयपछि रिलिज हुने दुई फिल्म फेसबुक र सायदमा उनको मुख्य भूमिका छ ।


Wednesday, December 28, 2011

स्वस्थ रहन साल्सा


हिपहप, बि-बोइङ र साल्सा युवाको रोजाइ बन्दैछ । आजभोलि बिहेपार्टी ग्यादरिङतिर पश्चिमा संगीतमा नाच्छन् । नाच्न नजाने अप्ठेरोमा परिन्छ । जाने आकर्षणको केन्द्र र स्वस्थसमेत होइनाले यी नाच सिक्ने बढेका छन्





नेत्र तामाङ



नम्रता सापकोटा आफूलाई मिडियाको विद्यार्थीका रुपमा चिनाउन मनपराउँछिन् । देवकी बन्दनाको मन चंगा भो फूलको थुंगा भो रुपक डोटेलको मेरो बोली सुन्दा… जस्ता चर्चित गीतमा मोडलिङ गरेकी उनी दुई वर्षयता साल्सा धाउँदैछिन् । नाचमा सानैदेखि रुचि थियो रे उनको । उनले भनिन् ुमिडिया र म्युजिक भिडियोमा पनि सघाउ पुग्ला भनेर साल्सा रोजेकी हुँ ।ु



अन्य क्षेत्रमा झैं नाचमा पनि बिस्तारै पश्चिमे शैली भित्रँदैछ । बेलाबेला आयोजना हुने हिपहप ब्याटल बि-बोइङ नाचले यसको प्रतिनिधित्व गरिरहेको छ । नौलो कुरा जोसुकै सिक्न मनपराउने बताउँछिन् नम्रता साल्सा हिपहप डान्स नयाँ भएकाले यसमा युवाहरुको झुकाव बढेको हुनुपर्छ भन्छिन् ।



जोडी नाचका रुपमा चिनिने साल्सा जाँदा सुरुमा परिवारले अप्ठेरो मानेको उनको अनुभव छ । तर अहिले यस्तो अवस्था छैन सबैले सामाजिक नाचका रुपमा स्विकारिसकेको उनको बुझाइ छ । साल्साका फाइदा थुप्रै रहेको उनले पाएकी छन् । ुबडी मेन्टेन गर्न साल्सा नै कफी छु उनी भन्छिन् ुमलाई कुनै फिटनेस सेन्टर र जिम धाउनुपरेको छैन ।ु उनी काठमाडौं भाटभटेनीमा रहेको साल्सा एकेडेमीमा एड्भान्स लेभल सिक्दैछिन् ।



काठमाडौं महाराजगन्जका २८ वर्षे सन्तोष श्रेष्ठ कम्प्युटर इन्जिनियर हुन् । सन्तोष पनि आजभोलि साल्सा सिक्दैछन् । सानैदेखि नाचमा रुचि भएको बताउने उनी तीन वर्षयता साल्सा सिक्दैछन् ुसानोमा स्टेज प्रोग्राम गरिरहन्थेँ । तर नाच सिक्न पाइनँ । त्यही इच्छा पूरा गर्न अहिले साल्सा धाउँदैछु ।ु



चर्चित बन्दै गएको साल्सा निकै मनपरेको बताउँछन् सन्तोष । ुदिनभरि कम्प्युटर मनिटरमा आँखा लाइरहनुपर्ने आँखा र टाउको दुख्छु नाच मन पराउनुको कारण खुलाए उनले ुसाल्सा नाचेपछि रिप्रुेस भइन्छ ।ु



साल्सा फुस्रतलाई सदुपयोग गर्ने माध्यम पनि हो । ुकाम सकेपछि अरु ठाउँ जानुभन्दा यहीँ आउनु बेस ज्यानलाई ताजकी राख्न पनि साल्साले सहयोग गर्छु सन्तोष भन्छन् । आफू कम्प्युटर इन्जिनियर भए पनि स्वस्थ रहन साल्सालाई निरन्तरता दिने पक्षमा छन् उनी ।



पुतलीसडकका मनिष शर्मा २१ पनि साल्सा सिक्दैछन् । ुपढाइसँगै साल्सा सिक्दैछुु शर्माले भने ुदुई वर्षदेखि आउँदैछु मनोराजनकै लागि आएको ।ु आत्मविश्वास बढाउने हो भने यो नाच रोज्नु ठिक हुने उनको अनुभव छ ।



साल्साभित्रै अनेक नाच छन् । तीमध्ये चाचाचा बचाता मेिरंगे स्विङ रेगेतो सिक्दैछन् सन्तोष र मनिष । चाचाचा क्युबाबाट आएको बचाता डोमिकन रिपब्लिकबाट आएको नाच हो । यी सबै नाच जोडी नाच हुन् । रेगेतो स्विङ र मेिरंगे अमेरिकी नाच हुन् ।



हिपहप ब्याटल



हिजोआज युवाको ध्यान तानेको छ साल्साले । मौलिक नाचभन्दा फरक र शारीरिक व्यायामसमेत हुने भएकाले यसमा आकर्षण बढेको साल्सा एकेडेमीका संस्थापक विनायक श्रेष्ठको बुझाइ छ । गएको हप्ता साल्सा पश्चिमे नाच र नेपाली नाच प्रचार गर्न एकेडेमीले इन्टनरनेसनल डान्स फेस्टिबल आयोजना गरेको थियो । दोस्रो पटक आयोजित फेस्टिभलमा चार सय युवा सहभागी थिए । तीनदिने फेस्टिभलमा हिपहप ब्याटल र डान्स म्याराथन आकर्षण बने ।

ुफेस्टिबलको थकान मेटाउन विदेशबाट आएका प्रशिक्षकसित हामी रातभर नाच्यौं यसैलाई डान्स म्याराथन भनिएको होु नम्रताले जानकारी दिइन् । फेस्टिभलमा बलिउड डान्स र बि-बोइङको मज्जा बेग्लै रहेको सहभागीले बताए । फेस्टिभलमा अमेरिका भारत क्यानडा प्रुान्स नेदरल्यान्ड्सबाट प्रशिक्षक आएका थिए । नेपालमा सात वर्षअघि साल्सा प्रशिक्षण सुरु भएको साल्सा एकेडेमीका संस्थापक विनायक श्रेष्ठ बताउँछन् । उनले बबरमहल रिभिजिटेडबाट प्रशिक्षण सुरु गरी सन् २००७ मा भाटभटेनीमा एकेडेमी खोलेका हुन् । सुरुमा साल्सा धाउने कम भए पनि हरेक वर्ष चालीस प्रतिशतले बढिरहेको उनले बताए ।



बि-बोइङ बहार



बिहे होस् वा कुनै पार्टी गीत घन्किएपछि जोसुकै नाच्न मनपराउँछन् । तर राम्रो नाच्नलाई तालिम त चाहिन्छ नै । एकेडेमीमा बि-बोइङ जुम्बा कत्थक पि्रुस्टाइल बलिउडको कक्षा पनि साचालन भइरहेको छ । धेरैको आकर्षण बि-बोइङमा बढेको प्रशिक्षक गम्भीर विष्टले बताए । सन् १९६० को दशकतिर सडकमा मनोराजन दिएर पैसा माग्ने अपि्रुकी मूलका अमेरिकी युवाले प्रदर्शन गरेको नाच नै अहिले बि-बोइङका रुपमा चम्केको मानिन्छ ।



यसलाई हिपहपमा आधारित ब्रेक डान्सका रुपमा पनि लिइन्छ । संगीतको तालमा कम्मर मर्काउने हात र टाउको टेकेर उभिँदै ज्यान पि्रुज गर्ने टाउकोमा अडिएर फनन घुम्दै नाचिने नाच हो यो । जिम्न्यास्टिकबाट सुरु भएको भनिन्छ बि-बोइङलाई । रियालिटी सो छमछमीमा कोरियोग्राफर समेत रहेका विष्टले भने ुहिपहपभित्र धेरै पश्चिमा नाच पर्छन् ।ु बि-बोइङमा नाच्ने केटालाई बि-ब्वाई र केटीलाई बि-गर्ल भनिन्छ ।

एकेडेमीमा विष्ट बलिउड डान्स पनि सिकाउँछन् । ुहिन्दी फिल्मका नाच नै बलिउड डान्स हुन्ु उनले प्रस्टुए ।





फिटनेसका लागि जुम्बा



मर्निङ वाक जान अप्ठेरो लागे जिम जान वा कुनै फिटनेसमा जान गाह्रो भए जुम्बा नाच्न सकिन्छ । फिटनेसकै लागि कोलम्बियाबाट सुरु भएको यसलाई एरोबिक नाच पनि भनिन्छ । एकेडेमीमा श्रेष्ठ जुम्बा सिकाउँछन् । गीतहरु रिमिक्स गरी कहिले स्पिडमा त कहिले बिस्तारै नाचिने उनले बताए । कति जना त यहीँ नाच सिकेर प्रशिक्षकसमेत बनेका छन् ।

ुमैले यहीँ सिकेकी हुँ एकवर्ष सिकँेु प्रशिक्षक मनिषा गुरुङ १८ ले भनिन् ुदुई महिनायता सिकाउँदै पनि आएकी छु ।ु

उनी भन्छिन् ुलाइफ कलरफुल बनाएको छ जुम्बाले रिप्रुेसमेन्ट दिएको छ ।ु नियमित जुम्बा गर्दा हुने हातखुट्टा पेटको व्यायामले मोटोपन हट्ने उनले बताइन् । ुफिटनेससँगै इन्ज्वेमेन्ट र मेन्टल्ली एक्साइटमेन्ट हुन्छु उनले भनिन् ।


करोडपति जनावर



संसारमा जनावरसँग पनि प्रशस्तै सम्पत्ति हुँदो रहेछ । पैसा धन के हो चिन्नै नसक्ने जनावरले ती सम्पत्ति कसरी कमाए होलान् कसले दिए होलान् कुकुर बिराला कुखुरा ह्वेल निकै धनीका रुपमा चिनिएका छन् । गिनिज बुकमा समेत उनीहरुको नाम छ । उनीहरुसँग करोडौं सम्पत्ति छ । र रमाइलो जीवन बिताइरहेका छन् । तिनै प्रसिद्ध र करोडपति जनावरबारे बुझौं न आज !

पहिलो करोडपित

ुगन्टर चौथोु कुकुर विश्वकै सबैभन्दा धनी जनावर हो । जर्मनीकी धनाढ्य गन्टर तेस्रोले उनलाई पालेका थिए । उनी मरेपछि सबै सम्पत्ति कुकुरको नाममा आयो । अहिले गन्टरसँग १२ करोड अमेरिकी डलर सम्पत्ति छ । जर्मन सेफर्ड जातको यो कुकुर १९९३ देखि एक्लो धनीका रुपमा चिनिँदै आएको छ । सन् १९९८ मा उसलाई विश्वकै धनी भनेर गिनिज बुकले पनि लेखेको छ । सन् २००० मा उसले मियामी भिल्लामा गायिका म्याडोना सुत्ने कोठा ५० लाख अमेरिकी डलर तिरेर किन्यो । गन्टर रिफर्म ट्रस्टका मालिक पनि हो ऊ । उसको अर्को कुनै मालिक छैन । रमाइलो र फुर्तिलो कुकुरका रुपमा चिनिने गन्टरले थुप्रै तालिम पनि लिइसकेको छ । उसको सम्पत्ति इटाली जर्मनी र बहमासमा पनि छ ।

दोस्रो करोडपित

अस्ट्रेलियाको कालु नामको चिम्पान्जी दोस्रो धनी जनावर हो । अस्ट्रेलियाका पौडीबाजले कालुलाई पालेका थिए । त्यही कालु अहिले विश्वकै दोस्रो धनीमा गनिएको छ । प्रुंक ओनेल नामका ती पौडीबाज मरेपछि उनकी श्रीमतीले कालुलाई ६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति दिइन् । पछि त्यो सम्पत्ति आफूलाई दिइनुपर्छ भन्दै ओनेलकी छोरीले झगडा गरेकी थिइन् । आफू पौडी खेल्ने बेला कालुले टाउकोमा हिर्काउने जथाभावी दौडने आरोप उनले लगाएकी छन् । जे भएपनि कालु अहिलेसम्म विश्वकै दोस्रो धनी जनावरका रुपमा चिनिएकै छ ।

तेस्रो करोडपित

संसारकै तेस्रो धनी टम्मासो नामको बिरालो हो । केही वर्षअघि इटालीको रोममा भौंतारिएर हिँड्ने टम्मासो अहिले खुसीसाथ रोम सहरबाहिर बस्न थालेको छ । उसको सम्पत्ति १ करोड ३० लाख अमेरिकी डलर छ । उसकी मालिक्नी मरेपछि सबै सम्पत्ति उसले पायो । ९४ वर्षे धनाढ्य वृद्धा मरिया असुन्ताले टम्मासोलाई निकै माया गर्थिन् । उनका सन्तान थिएनन् । उनका श्रीमान पनि मरिसकेका थिए ।

उनी मर्नुअघि सबै सम्पत्ति बिरालोको हुने बताएकी थिइन् । टम्मासो अहिले ४ वर्ष पुगेको छ । टम्मासोलाई माया गर्ने स्टेफनियाले सम्पत्तिको रखवारी गर्नेछिन् । टम्मासो भर्खरै धनी भएपछि टब्बी राइम्स नामक कुकुर चौथो करोडपति भएको छ । टब्बी यसअघि तेस्रो धनी थियो । चौथोमा गिग्गो नामको भाले थियो । भालेको सम्पत्ति एक करोड थियो ।


प्यारो पुस्तकालय



नेत्र तामाङ

सात कक्षा पढ्ने अमिसा न्यौपाने सोमबार ुहाई वान होपु पुस्तकालयमा भेटिइन् । धापासिको तििलंगाटार उमावि कम्पाउन्डभित्रको पुस्तकालयमा उनी रोमियो जुलियटको कथा पढ्दैथिन् ।

ुस्कुलमा जाडो बिदा सुरु भइसक्यो । खेलेर बस्नुभन्दा पढ्नु बेसु केन्द्रीय विद्यालयकी असिमाले भनिन् ुकोस्रबाहिरको किताब पढ्दा मज्जा पनि हुनेरहेछ ।ु

उनी कथा र इतिहासका किताब पढ्न मन पराउँछिन् । घर नजिकै पुस्तकालय भएकाले बिदाभर यहीँ पढ्न आउने उनको योजना छ । फराकिलो ठाउँ र प्रसस्तै किताब भएको पुस्तकालयमा पढ्न पाएकोमा खुसी छिन् उनी ।

एक वर्षअघि खोलिएको पुस्तकालय तीन कोठमा छ । उनी पढ्दै गरेको कोठा सबैभन्दा ठूलो रहेछ । छ कक्षामाथिका विद्यार्थी र अरु जोसुकै यही कोठामा पढ्न पाउँछन् । पाँच कक्षा भन्दा तलका नानीहरुलाई अर्कै कोठा छ । ससाना मेच रंगीविरंगी किताब यस कोठमा । खेलौना पनि छन् । टेलिभिजनमा कार्टुन हेर्न पनि मिल्छ ।

तेस्रो कोठामा १० कम्प्युटर छन् । विद्यालयमा पढ्नेले पालैपालो कम्प्युटर सिक्छन् । पुस्तकालयमा किताबका अतिरिक्त पाठ्यसामग्री खोज्न इन्टरनेट पनि उपलब्ध छ ।

त्यही दिन भानुभक्त मेमोरियलको ६ कक्षाकी प्रशंसा पौडेल पनि भेटिइन् पुस्तकालयमा । परीक्षा सकेर फुस्रदमा रहेकी उनले विज्ञानका किताब पढ्दै थिइन । ुपहिले पनि आएकी थिएँ । थुप्रै किताब देखेँ । त्यसैले बानी नै लाग्योु उनले बताइन् ।

सुरुमा विद्यार्थीबाट केही रकम जम्मा गरी खोलिएको यो पुस्तकालयको सहयोगी पाएपछि रुप फेरिएको छ । ुपहिले सानो थियो किताब पनि थोरै थिएु तिलिङगटार स्कुलको दस कक्षाका गणेश भण्डारीले भने ुअहिले पुस्तकालयमा किताब पनि धेरै छन् ।ु हप्तामा चार दिन पुस्तकालय आउने उनी सामाजिक विषयका विस्तृत पाठ यहीँ भेट्ने बताउँछन् । विभिन्न देशका राजनीतिक इतिहासका किताबसमेत पढेका उनलाई फुस्रद हुनेबित्तिकै यहाँ आउन मन लाग्छ ।

पुस्तकालय कोरियन नेसनल कमिसन फर युनेस्को मिजी सेन्टर हाई वान रिसोर्ट र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोगमा बनेकॊ विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले बताए । यहाँको भौतिक संरचना पनि कोरियन नेसनल कमिसन फर युनेस्कोले नै बनाइदिएको हो ।

विद्यालयको पुस्तकालय ठूलो भएपछि विद्यार्थी पनि खुसी छन् । ुहामीलाई निकै राम्रो भएको छु तििलंगाकै नौ कक्षाकी अस्मिता महराले भनिन् ुक्विज कथाका किताब पढ्न पाएकी छु ।ु कोस्रका किताबभन्दा पुस्तकालयका किताब धेरै पढेको उनले बताइन् । संखुवासभाबाट एक वर्षअघि पढ्न आइपुगेका लाक्पा शेर्पा हप्ताको तीन दिन आइपुग्छन् यहाँ । ुएकैचोटिमा किताब पढिसकिन्नु उनले भने ुअधुरा र रहरलाग्दा कथा पढ्न फेरि आउनै पर् यो ।ु

पुस्तकालयमा सागर न्यौपाने सोनाम तामाङ रुपेश राई अर्जुन पाण्डे सविता थापामगर र अमरबहादुर कार्की पनि थिए । कक्षा सुरु नहुन्जेल रमाइला किताब पढिसिध्याउने उनीहरु बताउँछन् । कम्प्युटरको कक्षा लिन पाएको र बेलाबेला इन्टरनेट पनि चलाउन पाइने उनीहरुले बताए ।

पुस्तकालयमा विभिन्न शीर्षकका १२ हजार किताब भएको लाइबेरियन सुभद्रा वाग्लेले जानकारी दिइन् । जसमध्ये बढीजसो अंग्रेजी भाषाका छन् । बालबालिकादेखि वृद्धसम्मले मनपराउने कथा कविता उपन्यास आत्मकथा जस्ता साहित्यिक विधाका किताब छन् । ुस्कुलमा खोलिएको भए पनि यो सामुदायिक होु उनले भनिन् ुयहाँ जोसुकै आएर पढ्न सक्छन् ।ु

पुस्तकालय हरेक दिन बिहान सातदेखि साँझ पाँच बजेसम्म खुला हुन्छ । शनिबार भने १२ देखि २ बजेसम्म मात्र खुल्ने वाग्लेले जानकारी दिइन् । पचास रुपैयाँ तिरे वर्षभरि सदस्य बन्न सकिन्छ । अहिलेसम्म १ सय ५० जना समुदाय सदस्य बनिसकेको उनले बताइन् ।


कि्रसमस कहानी

नेत्र तामाङ

कि्रसमस नजिकै आइसक्यो । भोलि आइतबार यो चाड विश्वभर धुमधामसित मनाइँदैछ । हामीकहाँ पनि पसल ठूला सपिङ मल कसैकसैको त घरै कि्रसमस टि्र र झिलिमिली बत्तीले सजिइसकेका छन् । बाटोबाटोमा सन्त क्लजले उपहार बाँड्दै होलान् ।

ुसेतो दाह्रीवाल सन्त क्लजले उपहार बाँडेको देख्दा यो चाड निकै रमाइलो लाग्छु ज्वाला ढकालले भनिन् । ज्वाला ललितपुर जावलखेलमा रहेको सेन्टमेरिज स्कुलको ७ कक्षामा पढ्दैछिन् । उपहारमा चकलेट क्यान्डी खेलौना र किताब हुने उनले बताइन् । सानाका लागि यो चाड निकै रमाइलो हुन्छ । स्कुलमा जाडो बिदा सुरु भइसकेकाले उनी कि्रसमस घरैमा मनाउँदैछिन् ुसाथीहरुलाई गिफ्ट दिने सोचमा छु यो दिन ।ु

हरेक वर्षको डिसेम्बर २५ मा यो पर्व मनाइन्छ । अमेरिका बेलायत युरोपका देश रसियामा यस दिन बिदा हुन्छ । नेपालमा पनि केही वर्षयता बिदा दिन थालिएको छ ।

ुगरिब परिवारमा जन्मेर पनि धेरै मानिसको कल्याण गर्न सफल जिजस क्राइस्टको जन्मदिन पारेर यो पर्व मनाइन्छु ज्वालाले प्रस्टुइन् । शंखमुलमा रहेको केएमसी स्कुलको ४ कक्षाका आभाष थापा कि्रसमसको दिन नयाँ किताब पढ्ने योजना सुनाए । ुस्कुल बिदा छ हामी यो चाड मनाउँदैनौंु उनले भने ुयो दिन कथाका किताब पढेर बिताउँछु ।ु एलाइन्स एकेडेमीको ५ कक्षामा पढ्ने गरिमा ज्ञवाली यस पर्वबारे केही थाहा नभएको बताउँछिन् ।



विश्वमा ६।८ प्रतिशत जनसंख्यामध्ये २ अर्ब १० करोड मानिसले यो पर्व मनाउँछन् । यो पर्व मनाउने सबै कि्रस्चियन हुन् । तर आजभोलि अन्य धर्म मान्नेले पनि मनाउँछन् । धार्मिक सहिष्णुता बढ्दै गएकाले पनि यस्तो भएको हो ।

देखासिकीले यसको उमंग विश्वभरि नै छाएपछि आजभोलि गैरकि्रस्चियनले पनि यो पर्व मनाउन थालेका हुन् । पर्व सुरु हुनुभन्दा एक हप्ता अघिदेखि नै पसल सपिङ मलमा हामी सन्त क्लज देख्न सक्छांै ।

रातो कपडा लगाएका सन्त क्लज खुसी देखिन्छन् । सेतो दाह्री भएका उनले कि्रसमसको दिन उपहार पनि दिन्छन् । यस दिन सन्तलाई गाडीमा राखी सहर घुमाउने गरिन्छ । पश्चिमी देशमा ुकि्रसमस ट्रीु र बत्तीले घर सिँगारिन्छ । कोही भने सामूहिक रुपमा चर्चमै कि्रसमस मनाउँछन् ।

सन्त क्लजको कथा

सन्त क्लजको अवधारणा किुमेन्ट क्लार्क मुर नामक लेखकले सन् १८२२ मा लेखेको कविता ुअ भिजिट बाइ सेन्ट निकोलोसु बाट सुरु भएको मानिन्छ । जर्मन अमेरिकन कार्टुनिस्ट थोमस नास्टले १९८१ मा सन्त क्लजको पूर्ण आकृति दिएका थिए ।

सन्त क्लजको सुरुवात डच निवासी सन्त निकोलसले गरेका हुन् । उनी अमेरिकाको न्यु अम्सटरडममा रहेका बेला पादरी भएका थिए । सानालाई माया गर्ने र दानी भएकाले सबैले मन पराउँथे । आफू पादरी भएकै बेला उनले यो रमाइलो पर्वको थालनी गरे । कतिपय भने गरिबलाई प्रसस्त पैसा दिने गरेका उनको सम्मानमा यो पर्व मनाउन थालेको बताउँछन् ।

डिपार्टमेन्टल स्टोर र सपिङ मलमा सन्त क्लज सजाउने काम भने जेम्स एगरले थालेका हुन् । सन् १८९० मा उनले आफ्नो स्टोरमा सन्त क्लज सजाएका थिए । बालबालिकालाई उपहार बिक्री गर्नका लागि उनले सुरु गरेको यो प्रथा अहिले विश्वभरका सपिङ मल र डिपार्टमेन्टल स्टोरले अपनाएका छन् ।

अमेरिकामा सन् १९७० मा कि्रसमसमा सार्वजनिक बिदा दिन थालेको हो । कतिपय केटाकेटी कि्रसमस आउनुअघि नै मन परेको खेलौनाको सूची तयार पारी बसेका हुन्छन् ।

यो कि्रस्चियनका लागि हिन्दुको दसैंतिहार जस्तै रमाइलो चाड हो ।

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...