बर्खे बिदामा कापी, कलम र कपडा किन्ने पैसा कमाइन्थ्यो स्कुल होस य घर उनी कसै न कसैको क्यारिकेचर गरिहाल्थे
नेत्र तामाङ
\सानोमा साथीभाईसाँग उनको राम्रो मेल थियो रे । कारण अरुको जस्तै बोली निकालेर हसाँउन सक्ने खुबी । स्कुल होस य घर उनी कसै न कसैको क्यारिकेचर गरिहाल्थे । त्यतिबेला गाउँमा गिज्याएको भन्दै कोही त उनीदेखि रिसाए छन् । आफ्नो बानी भने उनलाई छुटाउनै गाह्रो भयो । उनै ज्योति काफ्ले आजभोलि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्यसिरियल मेरी बास्सैमा नक्कली बाबुराम बनेका छन् । अभिनयले प्रसस्तै प्रसस्तै प्रशंसा पनि पाएका छन् उनले ।
चितवनको मंगलपुरमा जन्मेका ज्योति गाउँले प्रमुख बनेर अभिनय गरेदेखि चर्चाका पात्र बनेका हुन् । यस अघि उनी एबिसि टेलिभिजनमा व्यंग्यत्मक कार्यक्रम फन्नी न्युजमा भिजे थिए । काठमाडौं आउनु अघि चितवनकै सिनर्जी एफएममा ुफोटोकपीु कार्यक्रम चलाउथे । यो पनि व्यंग्यात्मक कार्यक्रम नै थियो ।
कलाकारिता जीवनमा यहाँसम्म आइपुग्दा स्कुले जीवन नै निकै रमाईलो भएको उनको अनुभव छ । मेल राम्रो भएपछि कहिलेकही रामपुर क्याम्पसको कृषि अनुसन्धान केन्द्रमा आँप चोर्न पुग्थे रे । ुस्कुलमा मिल्ने साथीभाई हुन्थे उनीहरुले आँप चोर्न जाउँ भन्थेु उनले भने पालेले भेटे झापट लाउँथे र आइन्दा यसो नगर्न चेतवानी दिन्थे ।
पछि त्यही अनुसन्धान केन्द्रमा पाले बस्ने र कोदलो खन्ने काम पनि गरे उनले । बर्खे बिदामा कापी कलम र कपडा किन्ने पैसा कमाइन्थ्योु काम गर्नुको कारण खुलाउदै उनले भने ुत्यसैले कोदालो खनियो र पाले पनि बनियो ।
घरमा सांगीतिक माहोल भएकाले उनी गिटारका सौखिन भए । गायनमा पनि उतिकै रुचि राख्ने उनले यस अवधिमा ६ एल्बम पनि निकालिसकेका छन् । यी मध्ये तीन एल्बम व्यंग्यले भरिएका छन् । विभिन्न पात्र बनेर अभिनय गरिसकेका उनलाई नक्कली बाबुराम बन्दा भने निकै फाप्यो । यही कारण प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेट्न पाएकोमा खुसी छन् उनी । ुप्रधानमन्त्रीलाई मैले चारपटक भेटिसकेु उनले भने ुउहाँले मलाई शिर देखि पुच्छरसम्म हेर्नुहुन्छ अनि ुकिन मेरै क्यरिकेचर गर्नुभएकोुभनी सोध्नुहुन्छ मैले पनि समसमायिक विषयमा यस्ता क्यारिकेचर दर्शकलाई खुराक हुने भएकोले भनिदिन्छु ।
दर्शकलाई समेत सहभागी गराई प्रहसन गर्ने उनको बानी सबैलाई मन पर्छ । दर्शक जस्तो प्रश्न सोधेपनि उनी सजिलै बाबुराम भट्टराईले झै उत्तर दिन्छन् । यसका लागि अभ्यास अति आवश्यक रहेको उनी बताउछन् ुउहाँको हाउभाउ बहेक दैनिक के बोल्नुभयो कस्तो कार्यक्रममा कस्तो प्रस्तुति दिनुहुन्छ सबै अध्ययन गर्छु ।ु यसको लागि उनी दैनिक समाचारपत्र रेडियो टेलिभिजनमा समाचारमुलक कार्यक्रम छुटाउदैनन् ।
त्यसो त केही समय अघि उनी चितवनकै एक कार्यक्रममा प्रहसन गर्न पुग्दा खतरा समेत मोल्नुपरेको सम्झना ताजै रहेछ । ुत्यतिबेला नक्कली बाबुराम बनेर भर्खरै स्टेज प्रोग्राम शुरु गरेको थिएँ बाँदरमुढे घटनाबारे धेरैले प्रश्न सोधेु उनले भने ुसुनिरहेका माओवादी कार्याकर्ताले कार्यक्रम सकेपछि मलाई धेरैले निहुँ खोजे ुकिन यस्तो बोल्यौ भन्दैु पछि पुलिसले स्कटिङ गरेर सुरक्षित ठाउँमा आइपुगे र ज्यान जोगियो ।ु
सफलता पाउन संघर्ष गर्ने पर्ने बुझाई भएका उनले गएको वर्ष मात्र ५४ भन्दा बढी जिल्लामा १५० भन्दा बढी प्रस्तुति दिए । उनको प्रहसन हेर्न विदेशमा रहेका नेपालीहरुको माग बढ्दो छ । त्यसैले त उनी कतार बहराइन प्रुान्स अष्ट्रेलिया जाने तयारी गरिरहेका छन् । घुम्न मनपराउने उनी गायन र संगीतमा पनि उतिकै रुचि राख्छन् । बाआमाको प्रेरणाले कलाकारितामा लागेर यतिको सफलता मिलेकोमा उनी सन्तुष्ट छन् ।
बेलाबेलामा आफ्नो पात्र परिवर्तन गरिरहने उनी आउदो साल पनि फरक प्रस्तुति लिएर आउने बताउँछन् । नाम र दाम कमाउनै कलाकारिता क्षेत्रमा लागेको उनले बताए । ुचलन-चल्तीु नामक हास्य सिरियलमा उनी जमिन्दारका रुपमा देखिने भएको छ । यो सिरियलको केही भाग छायाँकन भइसकेको उनले जानकारी दिए ।
Subscribe to:
Posts (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
.jpg)
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
Jamuna Gurung Ghale announcing President Candidate for NRNA in Hotel Radisson, Kathmandu, Nepal ...